Author: रुरु संचार मिडिया प्रा.लि

  • इम्बोस नम्बरको विरोध अर्घाखाँचीमा

    इम्बोस नम्बरको विरोध अर्घाखाँचीमा

    अर्घाखाँची   गुरुदेव खनाल  भदौ ९

    सोमबार   ईम्बुस नम्बर प्लेट प्रणालीको विरोध अर्घाखाँची जिल्लामा गरिएको छ सोही जिल्लाको सन्धिखर्क नगरपालिका २ भक्तिटोला चोकमा स्वतन्त्र युवा नागरिक हरूको साेतह स्पुत आयोजनामा इम्बोस् नम्बर सिस्टम चाहिँदैन। नागरिक लुट्न पाइँदैन इम्बोस सिस्टम खारेज गर नेपाली भाषा मेट्न पाइँदैन। लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहितको नारा जुलुस कार्यक्रम कोण सभा सम्पन्न भएको छ ।
    स्वतन्त्र पत्रकार अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनालको आयोजना सँगै सञ्चालन गरेका थिए स्वतन्त्र तथा समाजसेवी नागरिक हेमराज भुसालले इम्बोस नम्बर सिस्टमको विरोध गर्न पर्ने अवस्था र यसले नागरिकलाई पर्न गएको असरको बारेमा सम्बोधन गरेका थिए। विरोध प्रदर्शनमा निकै बाक्लो उपस्थिति देखिएको थियो ।

  • तीजको दर खान घरतर्फ यात्रुहरूको भीड

    तीजको दर खान घरतर्फ यात्रुहरूको भीड

    –

    चुरामणि तिमिल्सिना  रिडी  भदौ  ९

    तीज पर्व नजिकिँदै गर्दा अघिल्लो दिन अर्थात् दर खाने दिन देशभरका सडक तथा यातायात सेवामा यात्रुको चाप असामान्य रूपमा बढ्ने गरेको छ। आज पनि विभिन्न स्थानमा घर फर्किने यात्रुहरूको भीड देखिएको छ।

    घर पुग्न गाडी छुट्ने डरले लामो समयदेखि बसपार्कमा प्रतीक्षा गरिरहेका यात्रुहरू आफ्ना परिवारसँग दर खाने उत्साहका साथ घरतर्फ लागेका छन्। तीमध्ये केही यात्रुले भने, “दर खानकै लागि विशेष गरी आज अनिवार्य रूपमा घर पुग्नुपर्ने भएकाले बस कुर्दै छौँ,” भन्ने बताएका छन्।

    यातायात व्यावसायीहरूका अनुसार तीजकै दिनभन्दा अघिल्लो दिन धेरै यात्रुहरूको भीड हुने भएकाले चापलाई व्यवस्थापन गर्न अतिरिक्त बस सञ्चालन गरिने जानकारी दिएका छन्।

  • जोगीथुम को कालिका आधारभूत विद्यालयमा दर खान पाउँदा विद्यार्थी उत्साहित

    जोगीथुम को कालिका आधारभूत विद्यालयमा दर खान पाउँदा विद्यार्थी उत्साहित

    चुरामणि तिमिल्सिना   भदौ ८ रिडी

    कालिका आधारभूत विद्यालयमा हरितालिका तीज-२०८२का अवसरमा दरखाने तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।
    पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं.-१ जोगिथुम्बा अवस्थित उक्त विद्यालयले आज विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि तीजको शुभकामना आदानप्रदान तथा दरखुवाउने कार्यक्रम गरेको हो। जहाँ अधिकांश विद्यार्थी हरू कुमाल समुदायका रहेका छन्। दिवा खाजा कार्यक्रमले विद्यार्थीको आकर्षण बढेपछि विद्यालयमा रौनकता थपिएको छ।

    यस विद्यालयले विद्यार्थीलाई बडा दशैंमा टिका जम्रा लगाइदिने कृष्ण जन्माष्टमीमा कृष्ण र राधा बनाउने यस्तै तीज पर्वमा दर खुवाउने गर्दा पनि विद्यार्थीमा थप आकर्षण बन्दै गएको विद्यालयका प्रधानाध्यापक सुरेश कुमाल बताउनुहुन्छ

  • टक्सारका समाजसेवी इन्जिनियर झबिन्द्र ज्ञवाली सम्मानित

    टक्सारका समाजसेवी इन्जिनियर झबिन्द्र ज्ञवाली सम्मानित

     

    गुल्मी  प्रतिनिधि  भदौ ८

    गुल्मी, रुरुक्षेत्र–४ बलेगुल्मीका टक्सारका समाजसेवी इन्जिनियर झबिन्द्र ज्ञवाली लाई रेसुङ्गा संरक्षण समितिले भव्य रुपमा सम्मान गरेको छ।

    इन्जिनियर ज्ञवालीले गुल्मीको गोशाला विकास, रेसुङ्गा क्षेत्रको रामकुवा जल बोतलिङ परियोजना, र स्थानिय लक्ष्मी थरका गाईको गहुँत निर्माणमा प्राविधिक र आर्थिक सहयोग पुर्याउँदै निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

    उहाँको योगदानले केवल स्थानिय समुदायमा विकासको मार्ग प्रशस्त गरेको छ, तर नेपालका अन्य क्षेत्रहरूमा पनि सामाजिक र आर्थिक प्रगतिका प्रेरणा प्रदान गरेको छ।

    रेसुङ्गा संरक्षण समितिका पदाधिकारीहरूले उहाँलाई सम्मान गर्दै भने, “झबिन्द्र ज्ञवालीको योगदानले हाम्रो समाज र समुदायमा अमूल्य प्रभाव पारेको छ। उहाँको लगनशीलता र समर्पण सधैं प्रेरणादायी हुनेछ।”

  • NRNA जापान , क्षेत्रीय समिति कुस्युले खुवायो अपाङ्ग आश्रममा तिजको दर

    NRNA जापान , क्षेत्रीय समिति कुस्युले खुवायो अपाङ्ग आश्रममा तिजको दर

    NRNA जापान , क्षेत्रीय समिति कुस्युले खुवायो अपाङ्ग आश्रममा तिजको दर

    जापन प्रतिनिधि भदौ   ८

    गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्युस्यु क्षेत्रिय समितिले देविनगरस्थित नेपाल अपाङ आश्रमका आश्रितलाई तीजको दर खुवाएको छ ।

    एनआरएन जापानका क्युस्यु क्षेत्रीय सचिब सुर्य कुवँरको पहलमा बुटवलको देविनगरमा आश्रितहरुलाई तीजको दर खुवाएको हो । जापानमा बसोबास गर्दै आएका बुटवलका कुवँरबाट भएको पहल र बुटवलका युवा अगुवा किशन थापाको समन्वयमा अपाङ्ग आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको हो । सबैको घरदैलोमा चाड आउदा आश्रममा बसोबास गरेका दिदीबैनीहरुलाई पनि एक छाक मिठोमसिनो खुवाउने गरि कार्यक्रम गरिएको थापाले बताए ।

    कार्यक्रममा बुटवल युवाहरु गोबिन्द गुरुङ, बारिस राना, सुनिल गुरुङ, बिराट भट्टचन, सुबिन श्रेष्ठ, प्रताप ठकुरी, केशव थापाले खाना खुवाउन सहजिकरण गरेका थिए । आश्रममा हाल ५९ जना आश्रित रहेका छन । उनिहरु पुजामा उपयोगी अगरबत्ती तथा घरेलु सरसफाईका सामग्रीहरु लगायत दैनिक उपयोगी सामनहरु उत्पादन गर्दै आएका छन ।

  • सत्यवती गाउँपालिका–१ अश्लेवा गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न, राम माध्यमिक विद्यालय प्रथम

    सत्यवती गाउँपालिका–१ अश्लेवा गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न, राम माध्यमिक विद्यालय प्रथम

    सत्यवती गाउँपालिका–१ अश्लेवा गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न, राम माध्यमिक विद्यालय प्रथम

    चुरामणि  तिमिल्सिना  भदौ    ७ रिडी

    महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसर पारेर सत्यवती गाउँपालिका वडा नम्बर १ अश्लेवा, गुल्मीमा साविक वडा स्तरीय तीज गीत प्रतियोगिता–२०८२ शुक्रबार भव्यतापूर्वक सम्पन्न भएको छ।

    प्रतियोगितामा १० समूहको सहभागिता रहेको थियो। तीमध्ये राम माध्यमिक विद्यालय, सत्यवती–१, अश्लेवाले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी जनता माध्यमिक विद्यालय, अश्लेवा द्वितीय, नयाँ बस्ती आमा समूह तृतीय र समाजसेवी आमा समूहले सान्त्वना स्थान हासिल गरेका थिए। विजयी समूहलाई नगद पुरस्कार तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। साथै, प्रतियोगितामा सीता पाण्डेलाई उत्कृष्ट नृत्यको रुपमा घोषणा गरिएको थियो।

    कार्यक्रमको अध्यक्षता वडा नम्बर १ का वडाध्यक्ष अर्जुन कनौजेले गर्नुभएको थियो भने गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे प्रमुख अतिथि र उपाध्यक्ष निरमाया तरामु विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, महिला समूहका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    प्रमुख अतिथि अध्यक्ष पाण्डेले सत्यवती गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र संस्कृतिको संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा यस्ता मौलिक कार्यक्रमहरूलाई गाउँ–गाउँमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    त्यस्तै, विशिष्ट अतिथि उपाध्यक्ष तरामुले महिलाहरू गाउँपालिकाको विकासमा महत्वपूर्ण आधार भएको भन्दै रोजगारी र उद्यमशीलतासँग जोडिने कार्यक्रमहरूमा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमका अध्यक्ष वडाध्यक्ष कनौजेलाई भने वडा नम्बर १ लाई नमुना वडा बनाउन निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्दै आगामी दिनमा पनि महिलामुखी कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिनुभयको कुरा रिडी बाट सहकर्मी चुरामणि तिमिल्सिना ले समाचार पठाउनु भएको छ ।

  • पाल्पाको अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता भाद्र ६ गते आयोजना हुँदै

    पाल्पाको अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता भाद्र ६ गते आयोजना हुँदै

    अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता २०८२ भाद्र ६ गते हुने

    चुरामणि तिमिल्सिना भाद्र २ रिडी

    तानसेन नगरपालिका–१४ अर्गालीस्थित शैलोच्य इङ्गलिश बोडिङ स्कुलले महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि मौलिक तीज गीत प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी भाद्र ६ गते विद्यालय परिसरमा हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीले जानकारी दिनुभयो।

    गाउँ–टोलमा लुकेर रहेका मौलिक परम्परा, संस्कृति र कला उजागर गर्ने उद्देश्यले विद्यालयले विगतका वर्षहरूदेखि निरन्तर रुपमा यस्तो प्रतियोगिता गर्दै आएको छ। प्रतियोगिताले दिदीबहिनीलाई एकै स्थानमा भेला गराई दुःख–सुख साटासाट गर्ने अवसर समेत प्रदान गर्ने भएकोले यसको महत्व झनै बढेको विद्यालयका प्रिन्सिपल त्रैलोक्य न्यौपानेले बताउनुभयो।

    कार्यक्रममा विजेता समूहलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

  • स्याङ्जाको द्वारभञ्ज्याङमा१३ वर्षीय बालक मृत फेला 

    स्याङ्जाको द्वारभञ्ज्याङमा१३ वर्षीय बालक मृत फेला 

    स्याङ्जाको द्वारभञ्ज्याङमा१३ वर्षीय बालक मृत फेला
    प्रेस दैनिक
    सुशील सुवेदी
    २ भाद्र १२:१०

    स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५, द्वारभञ्ज्याङमा १३ वर्षीय एक बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन् । मृतक बालक निशान थापा स्थानीय श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत थिए ।

    विद्यालयमा परीक्षा सकेर घर फर्किएका निशान घरमै बहिनीको साथमा थिए । सो समयमा घरमा उनकी आमा भने छिमेकीको मेलामा गएकी थिइन् । दिउँसोको समयमा वर्षा भइरहेका बेला निशान घरको माथिल्लो तलातर्फ गएको बुझिएको छ । त्यसपछि उनी एक्कासी हराएपछि परिवार र छिमेकीहरूले खोजी गरेका थिए ।

    केही समयको खोजीपछि घरकै आटीमा रहेको बाकसभित्र निशानको शव फेला परेको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि गएरति करिब ९ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको छ ।

    वालिङ–५ का वडाध्यक्ष छवि आलेका अनुसार घटनास्थललाई शिलबन्दी गर्दै प्रहरीको निगरानीमा राखिएको छ । हाल वडा प्रहरी कार्यालय वालिङले घटनाको सूक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्र निशानको मृत्युको कारण स्पष्ट हुने बताइएको छ ।

  • रिब्दिकोटमा अकबरे खुर्सानीको धमाका : बारीभरि राताम्य, करोडौंको कारोबार”

    रिब्दिकोटमा अकबरे खुर्सानीको धमाका : बारीभरि राताम्य, करोडौंको कारोबार”

     

     

    चुरामणि तिमिल्सिना रिडी   भदौ  २

    पाल्पाको रिब्दिकोट गाउँपालिकाका किसानहरू अहिले अकबरे खुर्सानी टिपेर संकलन केन्द्रसम्म पुर्‍याउन भ्याइनभ्याइ व्यस्त भएका छन्। आर्थिक वर्ष २०७६ सालदेखि शुरु गरिएको “अकबरे खुर्सानी कार्यक्रम” अहिले गाउँपालिकाभरि सफल बनेको छ।

    गाउँपालिकालाई ‘खुर्सानीको हब’ बनाउने उद्देश्यका साथ तत्कालीन अध्यक्ष नारायणबहादुर जिसीको नेतृत्वमा २०० रोपनीबाट सुरु भएको यो कार्यक्रम अहिले बढेर करिब १३०० रोपनीमा फैलिएको छ। पूर्व अध्यक्ष जिसीका अनुसार विगतमा ५ करोडभन्दा बढीको कारोबार भएको यो खुर्सानी व्यवसायले यस वर्ष करिब ८ करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने अनुमान गरिएको छ।

    साना किसानलाई समेत तालिम, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराएर सुरु गरिएको यो अभियानले अहिले बस्तीबस्ती, टोलटोल र बजारछेउछेउमा समेत उत्पादन बढाएको छ। खुर्सानी टिपेर बिक्री गरेका किसानहरू दैनिक घरायसी खर्च धान्न सफल भएका छन्।

    हाल पाल्पा, बुटवल, स्याङ्जा, भैरहवा, चितवनका साथै केही विदेशी बजारसम्म समेत रिब्दिकोटको खुर्सानी आपूर्ति भइरहेको छ। ठूला चाउचाउ उद्योगदेखि मसलाको पाउडर उत्पादन गर्ने कम्पनीहरूले समेत यहाँको अकबरे खुर्सानीलाई प्राथमिकता दिँदै आएका छन्।

    संकलन केन्द्र हार्थोकमा स्थापना गरिएको छ भने त्यहाँबाट यातायात मार्फत विभिन्न स्थानमा पठाइने गरिएको छ। उद्योगहरूको अत्यधिक मागका कारण किसानहरूले उत्पादन धान्नै नसक्ने अवस्थामा पुगेको स्थानीय व्यापारीहरूको भनाइ छ।

    “खुर्सानीबाट पनि ठूलो आम्दानी गर्न सकिन्छ भन्ने कुरा किसानहरूले अहिले मात्र व्यवहारमै अनुभव गरेका छन्। यसले रिब्दिकोटलाई खुर्सानी उत्पादनको केन्द्रका रूपमा स्थापित गरिदिएको छ,” पूर्व अध्यक्ष जिसीले भन्नुभयो।यता, वर्तमान अध्यक्ष नारायणबहादुर कार्कीले समेत किसानका कार्यक्रमलाई निरन्तरता दिँदै, उत्पादन र बजार व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिनुभएको छ।

  • ठाडा बाटामा अवस्थित राधाकृष्ण मन्दिरको उद्घाटन हुँदै

    ठाडा बाटामा अवस्थित राधाकृष्ण मन्दिरको उद्घाटन हुँदै

    चुरामणि तिमिल्सिना   श्रावण ३१

    रुरु क्षेत्र–१ ठाडाबाटमा राधाकृष्ण मन्दिरको उत्घाटन आज हुदै

    गुल्मी, रुरु क्षेत्र गाउँपालिका–१ ठाडाबाटमा निर्माण गरिएको राधाकृष्ण मन्दिरकोआज कृष्ण जन्माष्टमीको दिन, भव्य समारोहका बीच विधिवत् रूपमा उद्घाटन हुने भएको छ।

    स्थानीय बासिन्दा, देश–विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू, र स्थानीय सरकारको आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर क्षेत्रीले जानकारी दिनुभयो। मनकामना आधारभूत विद्यालयको खाली जग्गामा यो मन्दिर निर्माण गरिएको हो। विद्यार्थी संख्या अत्यन्त कम भएपछि विद्यालयलाई अन्यत्र स्थानान्तरण गरी उक्त परिसरमा मन्दिर निर्माण गरिएको हो।

    व्यवस्थापन समितिका सचिव गोविन्द ज्ञवालीका अनुसार बिहान भगवान श्रीकृष्णलाई विधिसम्मत रूपमा कालीगण्डकी स्नान मन्दिरमा प्रतिष्ठापना गरी बाजागाजा, भजन–कीर्तन र पाठ–पारायणसहित उद्घाटन गरिनेछ।

    कोषाध्यक्ष बिन्दु सुवेदीका अनुसार गाउँमा विभिन्न मन्दिर भए पनि राधाकृष्णको मन्दिर नहुँदा यस्ता धार्मिक पर्वमा टाढासम्म दर्शन गर्न जानुपर्ने बाध्यता हटाउन यो मन्दिर निर्माण गरिएको हो। स्थानीयको दाबीअनुसार यस आसपासमा राधाकृष्णको यो मात्र मन्दिर हो।

    व्यवस्थापन समितिले उद्घाटन पछी प्रमुख आर्थिक सहयोगी, जिन्सी सामाग्री दाताहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत तय गरेको छ। मन्दिर निर्माण गर्ने कार्यक्रम २०७४ सालमा भएपनि आर्थिक अभावकै कारणले मन्दिर पूर्ण हुन नसकेकोले अहिले आर्थिक सहयोग जुटाएर निर्माण कार्य सम्पन्न गरिएको हो। आज दिनभरि पन्चेबाजा यस्तै थोर्गेलि भजन किर्तनको टिम लगायतको टोलीले प्रस्तुति प्रस्तुत रहने छ ।