गुल्मी प्रतिनिधि भदौ ८
गुल्मी, रुरुक्षेत्र–४ बलेगुल्मीका टक्सारका समाजसेवी इन्जिनियर झबिन्द्र ज्ञवाली लाई रेसुङ्गा संरक्षण समितिले भव्य रुपमा सम्मान गरेको छ।
इन्जिनियर ज्ञवालीले गुल्मीको गोशाला विकास, रेसुङ्गा क्षेत्रको रामकुवा जल बोतलिङ परियोजना, र स्थानिय लक्ष्मी थरका गाईको गहुँत निर्माणमा प्राविधिक र आर्थिक सहयोग पुर्याउँदै निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
उहाँको योगदानले केवल स्थानिय समुदायमा विकासको मार्ग प्रशस्त गरेको छ, तर नेपालका अन्य क्षेत्रहरूमा पनि सामाजिक र आर्थिक प्रगतिका प्रेरणा प्रदान गरेको छ।
रेसुङ्गा संरक्षण समितिका पदाधिकारीहरूले उहाँलाई सम्मान गर्दै भने, “झबिन्द्र ज्ञवालीको योगदानले हाम्रो समाज र समुदायमा अमूल्य प्रभाव पारेको छ। उहाँको लगनशीलता र समर्पण सधैं प्रेरणादायी हुनेछ।”



