सत्यवती गाउँपालिका–१ अश्लेवा गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न, राम माध्यमिक विद्यालय प्रथम

सत्यवती गाउँपालिका–१ अश्लेवा गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न, राम माध्यमिक विद्यालय प्रथम

चुरामणि  तिमिल्सिना  भदौ    ७ रिडी

महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसर पारेर सत्यवती गाउँपालिका वडा नम्बर १ अश्लेवा, गुल्मीमा साविक वडा स्तरीय तीज गीत प्रतियोगिता–२०८२ शुक्रबार भव्यतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा १० समूहको सहभागिता रहेको थियो। तीमध्ये राम माध्यमिक विद्यालय, सत्यवती–१, अश्लेवाले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी जनता माध्यमिक विद्यालय, अश्लेवा द्वितीय, नयाँ बस्ती आमा समूह तृतीय र समाजसेवी आमा समूहले सान्त्वना स्थान हासिल गरेका थिए। विजयी समूहलाई नगद पुरस्कार तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। साथै, प्रतियोगितामा सीता पाण्डेलाई उत्कृष्ट नृत्यको रुपमा घोषणा गरिएको थियो।

कार्यक्रमको अध्यक्षता वडा नम्बर १ का वडाध्यक्ष अर्जुन कनौजेले गर्नुभएको थियो भने गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे प्रमुख अतिथि र उपाध्यक्ष निरमाया तरामु विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, महिला समूहका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रमुख अतिथि अध्यक्ष पाण्डेले सत्यवती गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र संस्कृतिको संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा यस्ता मौलिक कार्यक्रमहरूलाई गाउँ–गाउँमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, विशिष्ट अतिथि उपाध्यक्ष तरामुले महिलाहरू गाउँपालिकाको विकासमा महत्वपूर्ण आधार भएको भन्दै रोजगारी र उद्यमशीलतासँग जोडिने कार्यक्रमहरूमा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष वडाध्यक्ष कनौजेलाई भने वडा नम्बर १ लाई नमुना वडा बनाउन निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्दै आगामी दिनमा पनि महिलामुखी कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिनुभयको कुरा रिडी बाट सहकर्मी चुरामणि तिमिल्सिना ले समाचार पठाउनु भएको छ ।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *