पाल्पाको अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता भाद्र ६ गते आयोजना हुँदै

अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता २०८२ भाद्र ६ गते हुने

चुरामणि तिमिल्सिना भाद्र २ रिडी

तानसेन नगरपालिका–१४ अर्गालीस्थित शैलोच्य इङ्गलिश बोडिङ स्कुलले महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि मौलिक तीज गीत प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी भाद्र ६ गते विद्यालय परिसरमा हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीले जानकारी दिनुभयो।

गाउँ–टोलमा लुकेर रहेका मौलिक परम्परा, संस्कृति र कला उजागर गर्ने उद्देश्यले विद्यालयले विगतका वर्षहरूदेखि निरन्तर रुपमा यस्तो प्रतियोगिता गर्दै आएको छ। प्रतियोगिताले दिदीबहिनीलाई एकै स्थानमा भेला गराई दुःख–सुख साटासाट गर्ने अवसर समेत प्रदान गर्ने भएकोले यसको महत्व झनै बढेको विद्यालयका प्रिन्सिपल त्रैलोक्य न्यौपानेले बताउनुभयो।

कार्यक्रममा विजेता समूहलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *