चुरामणि तिमिल्सिना रिडी भदौ २८
गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटमा बडा दशैंको अवसर पारेर सम्बत इतिहासमै पहिलोपटक धजा महोत्सव आयोजना हुने भएको छ। धार्मिक तथा पौराणिक दृष्टिले महत्त्वपूर्ण महालक्ष्मी देवी देउराली मन्दिर परिसरमा १ लाख धजा अर्पण गर्ने विशेष कार्यक्रमको तयारी तीव्र पारिएको छ।
‘एक धजा आस्था , एक लाख धजा एकता’ भन्ने मूल नाराका साथ आयोजना हुन गै इरहेको महोत्सवलाई सफल बनाउन सामाजिक सञ्जालमार्फत सहयोग र बधाई सन्देश सङ्कलनको क्रम जारी छ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार न्यौपानेका अनुसार, यस अभियानले समाजमा शान्ति–सद्भाव फैलाउने उद्देश्य लिएको छ। प्रतिपदादेखि दशैंको टिकासम्म भक्तजनले धजा अर्पण गर्नसक्ने व्यवस्था गरिएको समितिका सचिव यज्ञमूर्ति भण्डारीले जानकारी दिनुभयो।
धजा महोत्सवसँगै श्रीमद् देवीभागवत महापुराण पारायण, कथा–प्रवचन, यज्ञ, भजन–कीर्तन लगायतका धार्मिक कार्यक्रमहरू पनि आयोजना हुने छन्। हालसम्म झण्डै ६० हजारभन्दा बढी धजा सङ्कलन भइसकेको समितिले जनाएको छ।
इतिहासमै पहिलोपटक आयोजना हुन लागेको यो विशेष कार्यक्रमप्रति स्थानीयवासी उत्साहित छन्। महोत्सवलाई सफल बनाउन देश–विदेशमा रहेका सम्पूर्ण भक्तजनलाई आयोजकले सहयोग र सहभागिताका लागि अपिल गरेको छ।


१२ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा जनता माध्यमिक विद्यालय अस्लेवा प्रथम स्थान हासिल गर्न सफल भएको छ। यस्तै सत्यवती माध्यमिक विद्यालय हँसरा दोस्रो, सरस्वती माध्यमिक विद्यालय लिम्घा तेस्रो तथा राम माध्यमिक विद्यालय अस्लेवा सान्त्वना स्थानमा परेका छन्।





कार्यक्रमका अध्यक्ष जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे रहनु भएको थियो।
जेष्ठ नागरिक सरस्वती देवी चालिसीले संस्थाले घरदैलोमै सेवा पुर्याएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता कार्य निरन्तर हुने विश्वास व्यक्त गर्नु भयो। त्यस्तै, मन्दिर व्यवस्थापन समितिका सदस्य प्रकाशलाल श्रेष्ठले कार्यक्रमप्रति शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्दै धन्यवाद दिनु भयो।







कार्यक्रममा प्रधानाध्यापक दीपक गौतमले शैक्षिक तथा भौतिक पक्षका उपलब्धि र सुधार गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभयो। त्यस्तै, लेखापाल युवराज पौडेलले विद्यालयको आर्थिक कारोबारको विवरण प्रस्तुत गर्नुभयो।
विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, जनप्रतिनिधि, पूर्व पदाधिकारी, सम्पूर्ण शिक्षक–कर्मचारी र कक्षा ९ देखि १२ सम्मका विद्यार्थी प्रतिनिधिहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमले आगामी शैक्षिक सत्रलाई प्रभावकारी बनाउन प्रधानाध्यापक र शिक्षकबीच करार सम्झौता गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने, गृहकार्यमा अभिभावकको सक्रिय सहयोग सुनिश्चित गर्ने, होमवर्क डायरी कार्यान्वयन गर्ने, विद्यार्थीको उपस्थिति बढाउने, अभिभावक र सरोकारवालाले अनुगमन गर्ने तथा भौतिक सुधारका लागि योजना माग गर्ने निर्णय गरेको छ।
सहायक प्रधानाध्यापक बलराम पाण्डेको स्वागत, प्रधानाध्यापक गौतमको सहजीकरण, लेखापाल पौडेलको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।













