रुरुक्षेत्र गाउँपालिका बिभिन्न चार स्वास्थ्य सेवा युक्त पालिका घोषणा, स्वास्थ्य मन्त्रीले थाईराइड जाँच उपकरण उपलब्ध गराउने

असार १४

गाउँपालिका गुल्मीलाई पूर्ण खोप दिगोपना सुनिश्र्चित, पूर्ण खोप मैत्री स्वास्थ्य संस्था युक्त, पूर्ण संस्थागत प्रसुती युक्त र पोषण मैत्री गाउँपालिका घोषणा गरिएको छ ।

आज एक समारोहका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र बहादुर पुन मगर, सांसद चिन्तामणी पाण्डेय, जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री पूर्व सांसद कमलराज श्रेष्ठलगायतका सरोकारवालाको सहभागितामा बिभिन्न स्वास्थ्य सेवा युक्त पालिका घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री पुन मगरले उल्यखित कार्यक्रमको दिगोपना प्रभाबकारिताको लागि पहाडी भुगोलमा सचेतना बढे पनि तराईका जिल्लामा सचेतना बढाउन र यस्ता कार्यक्रमको सुचाङ्क पुरा गर्न कठिन भएको बताउनु भयो । उहाले रुरुक्षेत्र गाउँपालिकाले गरेको भौतिक बिकासको प्रसंसा गर्दै सामाजिक बिकासमा स्वास्थ्य क्षेत्रमा पनि राम्रो काम गरेको बताउनु भयो । उहाले थाईराइड जाँचको लागि आवस्यक उपकरण रुरुक्षेत्र गाउँपालिकालाई उपलब्ध गराउने घोषणा गर्नु भयो ।

लुम्बिनी प्रदेशका सांसद चिन्तामणी पाण्डेयले जिल्लाका १२ पालिकामा सबैभन्दा धेरै रुरुक्षेत्र गाउँपालिकाले भौतिक बिकास गरेको बताउनु भयो ।

जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले भौतिक बिकास संगै सामाजिक बिकासमा जोड दिनु पर्ने आजको आवस्यकता रहेको बताउनु भयो ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले गाउँपालिका गुल्मीलाई पूर्ण खोप दिगोपना सुनिश्र्चित, पूर्ण खोप मैत्री स्वास्थ्य संस्था युक्त, पूर्ण संस्थागत प्रसुती युक्त गाउँपालिका घोषणाका तथ्याङ्क सहितको प्रतिबेदन सर्वजनिक गर्नु भएको थियो ।

प्रस्तुत प्रतिबेदनमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिका स्वास्थ्यकर्मी पालिकाभरि खटाई नियमित खोप पाउने बिभिन्न उमेर समूहका ७५८ जना बालबालिबाले खोप पाएको, बालबालिबाले खोप लागि आवस्यक तयारी प्रयाप्त रहेको, स्वास्थ्यकर्मी तथा संरचना हाललाई प्रयाप्त रहेको, रुरु प्राथकि स्वास्थ्यकेन्द्र, थानपती स्वास्थ्य चौकी, बलेटक्सार स्वास्थ्य चौकीमा ३ वटा बर्थिङ्गसेन्टर बाट गुणस्तरिय सेवा प्रवाह भएको, पछिल्लो समयमा ४८ जनाले स्थानिय बर्थिङ्गसेन्टरबाट सेवा लिएको र बाहिरका स्वास्थ्य संस्था बाट १०७ जनाले सेवा लिई पूर्ण संस्थागत प्रसुती युक्त गाउँपालिका भएको र पोषको लागि बिभिन्न कार्यक्र गर्दै सिकान्तकृत बोटे माझी र गन्दर्भ बस्तीलाई नमुना बस्तीको रुपमा छनौट भएको, बालबालिबाको नियमित तौल मुआक लिईएको र यसको लागि महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिका स्वास्थ्यकमी आमा समुह प्रभाबकारी रुपमा परिचालन भएको उल्यख गरिको छ ।

कार्यक्रम एवं गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कार्यक्रमको दिगोपना प्रभाबकारिताको लागि पालिका सधै सचेतताका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै, यस उपलब्धी र घोषणाको लागि लागिपर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्षमण पाण्डेयले कार्यक्रममा स्वागत गर्दै स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले गरेका नीतिगत कार्यक्रम र समग्र पालिकाको उपलब्धी बताउनु भएको थियो ।
कार्यक्र दामोदर ज्ञवालीले संचालन गर्नु भएको थियो । कार्यक्रमा स्वास्थ्यकर्मी महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिकाले बिभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *