चुरामणि तिमिल्सिना रिडी पुस ११
साना किसान कृषि सहकारी सस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १५ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी सस्था लिमिटेडका अध्यक्ष नारायणध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराईको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष भट्टराईले सहकारी सस्थाहरु सन्चालन गर्न चुनौतीहरु आउने हुँदा चुनौती लाई पार गर्न सस्थाका सियर सद्स्यहरु सन्चालक समिति लेखा समिति र बिमा समितिले गरेका आर्थिक क्रियाकलाप पार्दशी भएमा सहकारीले सफलता प्राप्त गर्ने बताउदै सहकारी ले लिने ब्याजमा चर्को भएकोले न्यून गर्न समेत आग्रह गर्नु भयो।
यस्तै कार्यक्रममा साना किसान लघुबित्तीय सहकारी सस्था लिमिटेड केन्द्रिय कार्यालय काठमाडौका कार्यकारी निर्देशक शिवराम प्रसाद कोइराला , बुटवलका वरिष्ठ अधिकृत शेर बहादुर चौधरी, निरन्जन निसाद रहनु भएको थियो। कार्यक्रममा भनाइ राख्दै कोइरालाले सहकारीका बिधान ब्याज तालिम शिक्षा आम्दानीका श्रोत तथा हाल बैंकको अवस्था , यसका उद्देश्य बैंक सन्चालन गर्ने तौर तरिकाका बारेमा प्रष्ट पार्नु भएको थियो।
सन्चालक समिति उपाध्यक्ष चन्द्रकला खनालले स्वागत मन्तव्य राख्दै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो। समारोहमा सस्थाका अध्यक्ष नारायण ध्वज राना र प्रबन्धक सागर गैरेले वार्सिक प्रतिबेदन र तोयनारायण पाण्डे ले बिमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
आर्थिक वर्ष ८० /८०१ को वार्सिक प्रतिबेदन प्रस्तुत गर्दै प्रबन्धक गैरेले १ करोड २८ लाख २६ हजार ३ सय ५४ बराबरको कारोबार गर्दै २४ लाख ९५ हजार ४ सय ९३ रुपियाँ नाफा गर्दै सियर सदस्यहरुलाई १३ प्रतिशतका दरले लाभान्स बितरण गर्ने सभामा जानकारी समेत गराउनु भयो।
यस्तै कार्यक्रममा दुर्गा दत्त रेग्मी , कमल राना ले प्रतिनिधि मुलक रुपमा शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बितिय सस्थाका प्रमुखहरु, सहकारी सस्थाका प्रतिनिधिहरु ,बिद्यालयलका प्रधानाध्यापक हरु ,पत्रकार महिला समुह सुरक्षा निकाय तथा सियर सद्स्य हरुको आथित्यता रहेको थियो। कार्यक्रममा लामो समय सम्म सहकारीमा सेवा गरे पापत मधु कुवर र सिता पाण्डे लाई सम्मान पत्र दोसल्ला पाल्पाली करुवाले सम्मान गरिएको थियो।
कार्यक्रमको ब्यबस्थापन मधु गैरेले गर्नु भएको थियो। कार्यक्रम को सन्चालन लिलामणि शर्माले गर्नु भएको थियो। यस्तै आज सहकारी सस्थामा कमल रानाको अध्यक्षमा नयाँ समिति निर्माण भएको छ जस्को उपाध्यक्षमा लिलामणि खनाल , सदस्यहरुमा रन्जना पाण्डे आनन्द परियार , लिला न्यौपाने ,बुद्दिनाथ घिमिरे , द्रौपदा बास्तोला, टिका खाम्चा रहनु भएको छ ।यस्तै लेखा समितिमा बिष्णु प्रसाद गैरे, रमेश न्यौपाने रभुपति गैरे रह्नु भएको छ ।



