गुल्मीको भार्सेमा सात दिवसीय होमइस्टे तालिमको शुभारम्भ

चुरामणि तिमिल्सिना  माघ  १४ रिडी

गुल्मीको सत्यवती गाउँपालिका वडा न ८ रानिबन होमस्टे भार्सेमा आइतबार देखी सात दिने होम स्टे तालिमको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार उधोग, पर्यटन तथा यातायात मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा कार्यक्रम गरिएको हो। उत्घाटन सत्रमा सत्यवती गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल प्रमुख अतिथि रहनु भएको थियो। उत्घाटन सत्रमा डिभिजन कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख नेत्र प्रसाद भुसालको अध्यक्षता रहेको थियो। यस्तै वडा न ८ का वडा अध्यक्ष होम बहादुर राना मगरको विशिष्ट आतिथ्यता रहेको थियो।

सात दिन सम्म संचालन हुने तालिममा २१ जनाको सहभागीता रहेको छ। उत्घाटन सत्रलाइ सम्बोधन गर्दै अधिकृत भुसालले यो क्षेत्रमा धेरै मात्रमा पर्यटक लाई बासबसाउन सके मात्र पनि यहाँका दिदिबैनि ,समुह र समुदाय को जिवन स्तरमा सकारात्मक प्रभाव पर्नु का साथै आयआर्जन्मा ठुलो टेवा पुग्नेमा कुनै सन्देह नभएको बताउनु भयो। उहाँले हिजो आज सहरीय खाना भन्दा पर्यटकले ग्रामीण भेगका अर्गानिक खाना रुचाउने फरक शैलि र फरक भेषभुसा रुचाउने हुने हुदा यस कार्यक्रम लाई अगाडी बढाउन पालिकाले बजेट नै बिनियोजन गरिरहेको र थप सहयोग समेत गर्ने प्रतिबद्धता जायर गर्नु भयो। तालिममा सुरज बास्तोला, रमणि डुम्रे ,मनिषा श्रेष्ठले अतिथि सत्कार, खाना ब्यवस्थापन, मनोरञ्जन ,सरसफाइ पर्यटनलाई आकर्षण गर्ने तरिका, अर्गानिक खाना बनाउने शैलि, जस्ता विषयबस्तुहरु लाई सहजीकरण गराउने कार्यक्रम केन्द्र बिन्दु रहने छ । कार्यक्रम उत्घाटन समापन सत्रमा आफ्ना भनाइ राख्दै भुसालले तालिम महत्त्वपूर्ण भएकोले आनन्द पुर्वक सहभागी भएर प्रयोगात्मक रुपमा अभ्यास गरी अगाडी बढ्न आग्रह गदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो। तालिम १९ गते सम्म संचालन हुने छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 952

Leave a Reply

Your email address will not be published. Required fields are marked *