स्याङ्जा प्रतिनिधि फागुन १ गते
देशकै उत्कृष्ट चारमा र गण्डकी प्रदेशकै उत्कृष्ट बन्यो कालिगण्डकी ।
स्याङजाको कालिगण्डकी गाउपालिका कार्यसम्पादनको मुल्यांकनको आधारमा गण्डकी प्रदेशमा पहिलो र देशभरिमै उत्कृष्ट चौथो हुन सफल भएको छ! यस्तै स्याङजाका ३ गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । कालिगण्डकी गाउपालिका, आधी खोला गाउपालिका र फेदीखोला गाउपालिका क्रमश: पहिलो, दोश्रो र तेश्रो बन्न सफल भएका छन! ११ स्थानीय तह रहेको जिल्लाको ३ वटा गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट प्रथम, द्धितिय र तृतिय भएका हुन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्य सम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरी अंक प्रदान गर्दा यहाँको कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंक सहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्धितिय र फेदिखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतिय भएका हुन् । उत्कृष्ट काम गरेर चर्चा कमाएका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाको यो दोश्रो कार्यकाल हो ।
स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका रहेका छन ! ५ नगरपालिका मध्ये वालिङले ७३.७ अंक प्राप्त गरेको छ भने भीरकोटले ६५.७, पुतलीबजारले ७१.७ गल्याङ ले ६६.१ र चापाकोटले ६२.६ अंक प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ विरुवाले ७४.३, हरिनासले ५४.२, अर्जुनचौपारीले ६४.९ अंक प्राप्त गरेका छन् । गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका ७५३ वटा स्थानीय तहमध्ये चौँथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाचौँ बनेको छ।