सत्यवती लिम्घाका चिरञ्जीवी क्षेत्रीलाई सिमी टिप्न भ्याइ नभ्याई

चुरामणि तिमिल्सिना   जेष्ठ   २२ रिडी

गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घाका मेहनती अगुवा कृषकको रुपमा परिचित चिरञ्जीवी क्षेत्री यो समयमा कृषि कार्यमा निकै व्यस्त हुनुहुन्छ। आफ्नो गाउँ र आफ्नो भूमिमा केही न केहि गर्नुपर्छ ,आफ्नो माटोलाई माया गर्नुपर्छ र आफ्नो जन्म दिने स्थानलाई परिचित गराउनुपर्छ भन्ने मुख्य आधार बनाई कृषि पेशा अगाल्दै आउनुभएको छ। हिजोआज आफ्नै घर अगाडि रहेको बारीमा इटालियन जातको सिमी यस्तै काँक्रा उत्पादन गरिरहनुभएको छ।

सामाजिक सञ्जालमा चर्चा र परिचर्चा कमाउँदै समय अगाडि बढेको छ। दैनिक सिमि टिप्न, पोको पार्न र बजारीकरण गर्नका निम्ति उहाँ र उहाँको धर्मपत्नी मिना क्षेत्रीलाई भ्याइ नभ्याई भएको छ। केही दिन अगाडि मात्रै टिप्न थालिएको सिमिले अहिले बजारमा पुर्याइ नसक्नु भएको छ।

स्थानीय बासीहरु घरमै पुगी माग गरेर लैजाने गर्दछन् धेरै उत्पादन भएपछि स्थानीयमा मात्र खपत नभई बजारीकरणका लागि बुटवल पठाउँदै आएको चिरञ्जीवीको भनाइ छ। सत्यवती गाउँपालिका कृषि शाखाबाट ३ केजी यो उन्नत जातको इटालियन बिउ प्राप्त गरेको र त्यही बिउले उत्पादन राम्रो दिन सफल भएको उहाँले बताउनुभयो। झन्डै ७०देखि ८० रुपियाँ पर्ने प्रति केजीलाई व्यापारीहरूले बिक्री गर्दा रामो फाइदा समेत लिने गरेको यातायात चालक तथा स्थानीय गणेश भट्टराईले जानकारी दिनु भयो। यो सिजनमा उहाँले यो सिमि बाट मात्रै १ लाख ९० हजार बराबरको कारोबार गर्ने लक्ष्य राखिएको बताउनुभयो। लक्ष्य मात्र नभई कारोबार समेत हुने बताउनुभयो।

सामान्य कृषि पेशाबाट अगाडि बढेका आफ्ना छोराछोरीलाई उच्च शिक्षाका निम्ति कृषि पेशाले मद्दत पुर्याएको छ। छोराछोरीको सुन्दर भविष्यका निम्ति यो कृषि गरेको समेत उहाँको भनाइ छ। स्थानीय गाउँ सरकारले पनि आफूले चाहे अनुसारको सहयोग दिइरहेको र विभिन्न स्थानमा पुगेर भन्ने कुरामा पनि बाँकी नराखेकाले पनि आफ्नो योजना सफल भएको भन्दै स्थानीय सरकारलाई हृदय बाट नै धन्यवाद व्यक्त गरिरहेका छन्।

केही समय अगाडि चिरंजीवीले काउली खेती समेत बाट मनज्ञ आम्दानी लिन थाल्नुभएको थियो। काउली खेती उत्पादनले आफ्नो परिवारको आयस्रोत वृद्धिसँगै आफ्ना बाल बच्चाहरु लाई उच्च शिक्षामा माथिल्लो तहमा पुर्याउनका निम्ति ठूलो सहयोग गरेको बताउनुभयो। सिजनमा बन्द र काउलीबाट पटकपटक गरी झण्डै ४ लाखको समेत व्यापार गरेको बताउनुभयो। गाउँको नमुनाका कृषकका रुपमा छनोट हुनुभएका चिरंजीवी यस्तै खेतीले अगाडि बढ्नुभएको छ। स्थानीय सरकारले थप सेवा र सुविधा एवं प्रविधि सँगै उत्पादन भएको सामग्री जिम्मा लिने हो भने आफूलाई थप मनोबल बन्ने र काम गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो। यता गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले गाउँका कुनाकुना कोप्चेरा ग्रामीण भेग बजारी क्षेत्र तथा हरेक क्षेत्रमा कृषि क्रान्तिमा अगाडि बढ्ने युवा कृषक तथा कृषि प्रेमी महानुभावहरुलाई पालिकाले हरेक तर्फबाट सम्झिने र कृषक उत्पादन गरेका सामग्रीहरु बजारीकरण पुर्याउनका निम्ति पालिकाले यस क्षेत्रमा कृषि एमुलेन्स समेत कृषकका घरदैलोमा पुर्‍याएको बताउनुभयो।

कृषकले चाहे अनुसारको माग गर्ने र उत्पादन त्यही अनुसारको गर्ने हो भने समृद्धि सत्यवती गाउँपालिका बन्न समय नलाग्ने बताउनुभयो उहाँले थप्दै भन्नुभयो आगामी बजेटमा पनि कृषि क्षेत्रमा आवश्यकता अनुसारको बजेट विनियोजन गर्ने, पलायन भएका युवाहरुलाई कृषिमा स्वरोजगार बनाउने, कृषि उपकरणमा सहज गर्ने, कृषकहरुलाई आत्मनिर्भरका निम्ति अथवा उत्पादनमा विभिन्न किसिमका तालिमहरु प्रदान गर्ने लगायतका कुरामा बजेटको व्यवस्था गर्ने बताउनु भयो। यसरी गाउँपालिकालाई समृद्धि बनाउनका निम्ति सबैजना लाग्नको निम्ति समेत आग्रह गर्नुभयो।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *