असार १८ चुरामणि तिमिल्सिना रिडी
नेपालमा केही रोजगारी छैन र केही गर्न सकिँदैन भन्नेहरूका लागि गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका–७, रुपाकोटका कमल सुनार प्रेरणादायी उदाहरण बनेका छन्।
हजुरबुबा पूर्णबहादुर सुनार सुनचाँदीको गहना बनाउने पेशामा संलग्न हुनुहुन्थ्यो। सानै उमेरदेखि टकटक गर्ने ध्वनि र त्यसबाट निस्कने टल्किने वस्तुले प्रभावित भएका कमलमा यही पेशाप्रति गहिरो मोह पलाएको थियो। बुवाले भने यो पेसालाई निरन्तरता दिनुभएन। तर कमलले भने बाल्यकालदेखि मनमा बसेको रहरलाई कर्ममा बदल्ने संकल्प गरे।
सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका कमल सुनार आज सफल व्यवसायी हुन्। मजुवा, शान्तिपुर, अस्लेवा, रुपाकोट हुँदै हाल रुपन्देहीको मणिग्राममा सुनचाँदी पसल सञ्चालन गरिरहेका छन्। अहिले उनले आफ्नै व्यवसायबाट छ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। श्रीमती सम्झना सुनार समेत दिनभरि पसलमा साथ दिँदै छिन्।
कमल आफैं पनि दक्ष कारीगर (कालीगढ) हुन्। प्रशिक्षित जनशक्तिका साथ व्यवसायलाई विस्तार गरिरहेका उनले आफूजस्तै अन्यलाई पनि दक्ष बनाउँदै आइरहेका छन्।
व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय कमल रामकोट आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।
उनी स्थानीय तह निर्वाचन २०७३ चन्द्रकोट गाउँपालिका शान्तिपुर गुल्मीका संस्थापक कार्यपालिका सदस्य समेत हुन्। यस्तै समाजसेवा युवा क्लब रुपाकोटका अध्यक्ष समेत हुन्। समाजलाई केही न केही गर्नुपर्छ। समाजलाई अगाडि बढाउनुपर्छ। चाहे धार्मिक क्षेत्र होस् चाहे शिक्षा क्षेत्र होस् चाहे सांस्कृतिक क्षेत्र होस् जे जसरी भएपनि समाजलाई अगाडि बढाउनुपर्छ भन्ने उद्देश्य मनमा राखेका कमल उद्देश्य अनुसार नै समाजमा परिचित भएको देख्न र हेर्न सकिन्छ। कमलले
विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामग्री जे सकिन्छ त्यही आफ्नै खर्चमा उपलब्ध गराउने, आर्थिक अभावमा परेकालाई सहयोग पुर्याउने, धार्मिक तथा सामाजिक संस्थाहरूमा सक्रिय सहभागिता जनाउने काम उनले गर्दै आएका छन्।
पाँच दाजुभाइमध्ये तीन जना यो पेशामा संलग्न छन्। व्यवसायबाट सन्तोषजनक आम्दानी भइरहेकाले घरभाडा तिरेर पसल सञ्चालन गर्दै आएको भए पनि दम्पत्ति सन्तुष्ट छन्। कमल भन्छन्, “धेरैले नेपालमा केही हुँदैन, बचत गर्न सकिन्न भन्छन्। तर मलाई लाग्छ, आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने सोच भयो भने नेपालमै धेरै सम्भव छ।”

छोराले भने विदेश जाने योजना बनाएको भए पनि आफू रहुन्जेल यो पेसालाई कहिल्यै नछाड्ने दृढ अठोट कमलको छ। हरेक शाखामा १५ दिन वा एक सातामा पुगेर सेवा, गुणस्तर र स्थिति अनुगमन गर्दै बुटवल फर्किने गरेका कमल अहिले आफूजस्तै अन्य युवाहरूलाई पनि यहीँ केही गर्न प्रेरणा दिइरहेका छन्। आफ्नो पसलबाट राम्रो गुणस्तर र आकर्षक ग्राहकले रोजे अनुसारको सामग्री दिँदा ग्राहकहरू सन्तुष्टि भएर आफ्नो पसलमा आएर हेरेर सामान खरिद गरेको धर्मपत्नी सम्झना बताउँछिन्।
अन्य पसलमा प्रायगरी मेला र उत्सवमा भिडभाड हुने गर्दछ भने यो पसल मा अर्थात हाम्रो पसलमा सदाबार खरिद बिक्री हुने गरेको कमल बताउँछन् अहिले पसलबाट आम्दानी हुन थालेपछि आफ्नो परिवारका लागि सानै भएपनि मणिग्राम चोकमा एक निवास बनाउने योजनाका साथ लागिरहेका छन् न त न त हाम्रो पसलको कुनै विज्ञापन नै गर्नुपर्छ। न त आउनुहोस् आउनुहोस् भनेर ग्राहकलाई भन्नुपर्छ।
हाम्रा पुराना ग्राहक भएको कारणले हाम्रो पसल का विभिन्न शाखामा सदावर व्यापार भइरहन्छ। यसैको कारणले गर्दा हाम्रो परिवारको जिन्दगी चलिरहेको छ। सिद्धबाबा सुनचादी पसलको नामाकरणबाट अगाडि बढेका कमल सधैभरि यही पेशालाई अगाल्ने अगाल्ने बताउँछन्। कमल सुन चाँदी व्यवसाय सङ्घ तम्घास गुल्मीका उपाध्यक्ष समेत रहेका छन्।



