रमेश पन्थी
धुर्कोट
२०८२/0३
/२२
सोमर भोमर माध्यमिक बिध्यालय धुर्कोट ३ हाडहाडे गुल्मी द्वारा २०८१ सालको कक्षा १० को परिक्षा दिइ पास भएका बिध्यार्थीलाई सम्मान गरिएको छ । सोमरभोमर मावीको।सभाहल मा गरिएको कार्यक्रममा सोमरभोमर माविका बिद्यालय ब्याबस्थान समिती अध्यक्ष झग बगादुर काउछाको सभापतित्व रहेको थियो , यस्तै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आथित्यता, धुर्कोट गाउपालिका उपाध्यक्ष सीता गीति , धुर्कोट गाउपालिका का पुर्व उपाध्यक्ष शिव केसि , नेपालि काङ्ग्रेस का नेता छ्न्द पहराइ, धुर माध्यमिक बिध्यालयका प्राध्यापक लक्ष्मी खनाल लगाएत को बिसिस्ट आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल ले पास हुने सम्पुर्णलाई बधाइ दिदै , मैन बत्ती बालेर कार्यक्रमको उत्घाटन गरि , कक्षा १० मा पास हुनु भएका सम्पुर्णलाई खादा ओडाएर धन्यावात ब्यक्त गर्नु भएको थियो भने अभिभावक हरुलाइ पनि सम्मान गर्नु भएको थियो । सोमर भोमर माविमा कुल १६ जना बिध्यार्थी मा १६ जना जना नै पास भै गाउपालिकामा सत % निकाल्न सफल भएका छ्न जसमा आदिवासी जनजाति १० जना , दलित ४ जना र अन्य २ जना रहेका थिए ।
श्री सोमर भोमर माविका सहायक प्राध्यापक खिमानन्द खनाल( बाबुराम) को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चाल्न शिक्षक नारायण पहराइले गर्नु भएको थियो।



