होमस्टे समितिको अध्यक्षमा पाल्पाका बस्याल निर्बाचित

पाल्पा   श्रावण   २९

तानसेन होमस्टे समिति पाल्पा (Homestay Association of Tansen – HAT) को अध्यक्ष पदमा तानसेन–३ का धनिश्वर बश्याल निर्वाचित हुनुभएको छ ।

बश्यालले २०६७ सालदेखि तानसेनमा होराइजन होमस्टे मार्फत पाल्पाको पर्यटन प्रवर्धनमा बिशेष टेवा पु¥याउँदै आउनुभएको छ ।

उहाँले सेवा सुरू गरेको ४ वर्ष पछि नेपालका उत्कृष्ट २५ सेवा प्रदायक होटल तथा होमस्टेको सुचीमा दोश्रो उपाधि सहित अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको थियो ।

सो उपलब्धि पश्चात बश्यालले गुणस्तरीय सेवामा विश्वास राख्नुहुन्छ । बश्याल होमस्टे महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष विदेश विभाग प्रमुख तथा लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारीमा समेत रहनुभएको छ । तानसेनको पर्यटक प्रवर्धनमा बस्यालले खेल्नुभएकोे भूमिका उल्लेखनीय रहेको उच्च मुल्यांकन सहित तानसेन नगर प्रज्ञा प्रतिष्ठानले तानसेनका उत्कृष्ट २५ उद्यमीका रूपमा बस्याललाई सम्मान गरेको थियो ।

२०७६ सालमा स्थापित HAT को नेतृत्व तेश्रो अधिवेशनसम्म होमस्टे व्यवसायी मनमोहन श्रेष्ठले गर्नुभएको थियो । २०६७ सालमा नेपाल सरकारले होमस्टे अवधारणा ल्याएको थियो । वर्तमान अवस्थामा पर्यटकहरू का माझ होमस्टे अवधारणा लोकप्रिय हुँदै गएको छ भने यो अवधारणाले आफैमा स्वरोजगारी प्रदान तथा नेपालका हरेक भूभागमा पर्यटनको पहुँच पुगेको बश्यालको भनाई
छ ।

उहाँ होमस्टे प्रवद्र्धनमा देशका विभिन्न स्थानमा तालिम सहजकर्ताको रूपमा सक्रिय छन। तानसेनको भगवतीतटोलमा विगत १५ वर्ष देखि संचालित होमस्टेको कारणले तानसेनमा आन्तरिक तथा बाह्य पर्यटक को आगमनमा वृद्धि भएको तानसेनका पर्यटन जानकारहरु बताउँछन् ।

नयाँ जिम्मेवारीले आफूलाई थप जिम्मेवारीबोधका साथै आगामी समयमा थप परिणाम डेलिभरी गर्नुपर्ने उत्तरदायित्व आफ्नो काँधमा आएको महसुस भएको साथै आफ्ना केन्द्रिय जिम्मेवारी हरुका सबै नेटवर्कलाई तानसेनको पर्यटन सँग जोड्ने योजना रहेको अध्यक्ष बस्यालले बताउनुभयो ।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *