रुरु गौसेवा आश्रममको पाचौं साधारण सभा सम्पन्न

चुरामणि तिमिल्सिना  रिडी पुस २१

रुरु गौ सेवा आश्रम तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको पाँचौं वार्षिक साधारण सभा शनिबार गौ आश्रममा सम्पन्न भएको हो। आश्रम व्यवस्थापन समितिका अध्यक्ष राजु मल्लको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीज्यूको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै कार्यक्रममा जग्गा तथा दानवीरदाताको विशिष्ट आथित्य्ता रहेको थियो। संस्थाका उपाध्यक्ष सीता ज्ञवाली ज्यूले कार्यक्रममा स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो।

व्यवस्थापन समितिका कोषाध्यक्ष जीवन कुमार कसजु र संस्थाका संरक्षक शंकर गिरीज्यूले आर्थिक वर्ष ८१ ८२ मा भए गरेका गतिविधि महायज्ञको खर्च सार्वजनिक यस्तै हालसम्म गौशालाले गरेका उपलब्धिहरुलाई चर्चा भाबि आश्रमका योजना समेत प्रस्तुत गर्नुभएको थियो।

झण्डै ११५ वटा गाईहरू रहेको यस आश्रम सञ्चालन गर्न निकै कठिनाइ भएकोले स्थानीय स्तरबाट घाँस पराल दाउरा गाई आहार मात्रै सञ्चालन गर्न समस्या भएकोले केन्द्रीय सरकार नै यसका लागि लाग्न अत्यन्तै आवश्यक भएको कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले बताउनुभयो। गाउँघरमा छाडिएका गाईहरू तथा बगरमा दुःख पाएका गाईहरूलाई एकत्रित गरी गौशालाको निर्माण गरी सञ्चालन गर्न त्यति सजिलो नभएको र थप अन्यत्र देशमा लैजान लागेका गाईहरुलाई समेत चुनौतीका साथ फर्काई यस आश्रममा सेवा समेत भइरहेको कार्यक्रमका वक्ताहरुले बताउनुभयो।

छिमेकी स्थानीय निकायहरू र स्थानीय सरकारले आफ्नो पहल र प्रयास आफ्नो कदमीले दिन सक्ने आर्थिक सहयोग समेत यहाँ गरिरहेकोले यो गौवा यहाँसम्म आइपुगेको कार्यक्रमका अध्यक्ष राजु मल्लले जानकारी दिनुभयो स्थानीय सरकार यदि नरहने हो भने यो आश्रम सञ्चालन गर्न नसकिने बताउनुभयो छिमेकी वडा र पालिका का बस्तीमा समेत यहाँका दुध दिने गाईहरु लैजाने गरेको र गोबरहरु समेत बिक्री हुँदा केही आम्दानी समेत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। स्वर्गीय पशुपति प्रसाद अमात्य ज्यूले गायत्री आश्रमलाई प्रदान गरिएको जग्गामा अहिले रुरु गौ सेवा आश्रम सञ्चालन भएको छ।

अमात्यप्रति कार्यक्रमका वक्ताहरुले श्रद्धा सुमन व्यक्त समेत गर्नुभएको थियो। गाईबाट उत्पादन हुने दुध दही घिउ यस्तै गहुत र गोबरबाट विभिन्न महत्वपूर्ण सामग्री निर्माण हुने हुँदा यसका निम्ति यस आश्रममा पानीकै अभावको कारणले यी सामग्री उत्पादन गर्न नसक्दा आश्रमलाई आम्दानी नभएको संस्थाका संरक्षक तथा गौ अभियान्ता गिरीले बताउनुभयो। कार्यक्रममा योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव त्रैलोक्य न्यौपाले गर्नुभएको थियो कार्यक्रममा गौ प्रेमी भक्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1103