रुरु क्षेत्र गाउँपालिका गुल्मीको २०औँ गाउँसभा सुरु, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

चुरामणि तिमिल्सिना  रिडी असार ५

रुरु क्षेत्र गाउँपालिका गुल्मीको २०औँ गाउँसभा सुरु, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
रुरु क्षेत्र गाउँपालिकाको२० औँ गाउँसभाको पहिलो बैठक आज सुरु भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । गाउँसभाका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आर्थिक वर्ष ८३/८४ को लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको हो ८३/८४ को बजेट प्रस्तुत गर्नभन्दा पूर्व विगत वर्षमा गाउँपालिकाले सम्पादन गरेका कामको समेत समीक्षा गर्दै यस वर्ष थप नयाँ कार्यक्रमका साथ गाउँपालिका अगाडि बढ्ने जानकारी दिनुभयो

। सभामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका निम्ति डिजिटल शिक्षाको विस्तार माथिल्लो तहका विद्यार्थीलाई होस्टेलको सुविधा राख्ने नीति ल्याइएको बताउनुभयो। म बनाउँछु मेरो विद्यालय अभियान पनि यसै वर्षबाट सुरुवात गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ। युवाहरूको सिप क्षमता र प्रतिस्पर्धात्मक दक्षता अभिवृद्धि गर्दै सरकारी सेवा तथा अन्य व्यवसायिक क्षेत्रमा पहुँच विस्तार गर्न लोकसेवा शिक्षक सेवा बैङ्किङ सेवा लगायतका तयारी कक्षाहरू समेत निःशुल्क सञ्चालन गरिने नीति ल्याइएको हो। यस्तै पछिल्लो समयमा युवाहरू क्रिकेट प्रेमी भएकोले क्रिकेट बन्द प्रशिक्षण समेत यसै वर्ष सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ। पालिकामा भएका खेलमैदानलाई थप व्यवस्थित र आकर्षक बनाउनका लागि पहल र प्रयास गरिने समेत कार्यक्रम उल्लेख गरिएको छ। दीर्घ रोगी तथा अति विपन्न नागरिकहरूलाई लक्षित गर्दै घरदैलो स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि सारिने, १५ शैया को आधारभूत अस्पताललाई छिटै सञ्चालन गर्ने महिला तथा अति विपन्न नागरिकहरूका निम्ति स्थानीय कला संस्कृति परम्परालाई पर्यटनमा जोड्दै अगाडि लाने कार्यक्रममा उल्लेख गरिएको छ यस्तै नीति कार्यक्रममा स्थानीय भाषा संस्कृति भेषभुषा मौलिक पहिचान जात्रा तथा सांस्कृतिक सम्पदाको संरक्षण समवर्धन पुस्ता हस्तान्तरण समेत गरिने कार्यक्रममा उल्लेख गरिएको छ एक घर १धारा अभियानलाई पूर्णता दिने कार्यक्रम अगाडि सारिएको छ।

यस्तै किसानलाई भाडामा अनुदान बैंक ऋणबाट खेती गर्ने किसानलाई ब्याजमा सहुलियत कृषकलाई कृषिमा आकर्षित गर्न थप व्यवसायिक मुलक कार्यक्रमहरू र माटो परीक्षण एवं सुधारात्मक कार्यक्रमलाई निरन्तरता दिने नीति कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै नीतिमा महामारी रोगको नियन्त्रणका लागि खोप अभियान तथा प्राविधिक परामर्श सेवाको विस्तार समेत गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै एक वडा उत्पादनलाई प्रभावकारी रूपमा पकेट क्षेत्रको रुपमा र विशिष्ट कृषि उत्पादनलाई प्राथमिकता राखेर अगाडि गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ। कृषि तथा पशुपालन क्षेत्रको आधुनिकरण व्यवसायीकरण मार्फत आत्मनिर्भरता हासिल गर्न रिमुवा फाटलाई स्मार्ट कृषि प्रवर्धन क्षेत्रका रुपमा विकास गरिने र पशुपालनको प्रचुर सम्भावना भएको ग्वादी भट्कुवा क्षेत्रलाई पकेट क्षेत्रको रुपमा समेत प्रवर्द्धन गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई ज्ञानसिप र पुञ्जीलाई उपयोग गर्न प्रविधि हस्तान्तरण प्रवर्धन कार्यक्रममा सञ्चालन गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ। उत्पादन र व्यापारका महिलाको सरोकार भन्ने मर्मलाई स्थापित गर्दै महिला आत्मनिर्भर बनाउनका लागि विभिन्न विकासका कार्यक्रमहरू सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ। पर्यटकीय पूर्वाधार क्षेत्रको सौन्दर्यकरण सूचना तथा संकेत प्रणाली धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धनलाई एकीकृत रुपमा अगाडि बढाउँदै स्थानीय कला विशिष्ट पहिचानलाई उजागार गरिने , यस्तै श्रृंगेश्वर धाम बम्घाकोट पर्यटकीय विकास आयोजनालाई बहुवर्षीय योजनाको रूपमा लैजानको लागि स्रोत सुनिश्चितका लागि पहल समेत गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै पालिकाभरि सञ्चालन भएका सहकारी लाई व्यवस्थित गर्नका निम्ति सहकारीसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने त्यस्तै बजारको गुणस्तरीय खाद्यवस्तुको व्यवस्थित उचित व्यवस्थापन गर्नका निम्ति अनुगमन पटकपटक गर्ने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ रुरु क्षेत्रको ऐतिहासिक तीन मुख्य पुललाई आकर्षक बत्ती राख्नका निम्ति तानसेन नगरपालिका , कालीगण्डकी गाउँपालिका शीत सहकार्य गरिने नितिमा उल्लेख गरिएको छ ।

शून्य बेरुजु वर्षको रूपमा लैजाने नीति कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै मदन भण्डारी राजमार्गको सडक भित्तामा रङ्गन गरी आकर्षक पर्यटकीय क्षेत्र कलात्मक क्षेत्र बनाउने यसै चालु आर्थिक वर्षमा सम्पन्न समेत गर्ने उल्लेख गरिएको छ। यस्तै नेपालको चार धाम मध्यको एक धाम रुरु क्षेत्रमा यस वर्ष माघेसंक्रान्ति मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न र प्रचारप्रसारका निम्ति माघ महिनाभरि अर्थात् माघ महिनालाई महास्नान महिनाको रूपमा मनाउने व्यवस्था समेत गरिने नीतिमा उल्लेख गरिएको छ । यस्तै यस क्षेत्रमा सङ्ग्रहालयको रुपमा पनि केही सामग्रीहरू जुटेको कारणले पालिकाले थप व्यवस्थितका साथ यसलाई सञ्चालन गर्ने नीति समेत उल्लेख गरेको छ। आगामी वर्ष कम्तीमा पनि १० किलोमिटर सडक कालेपत्रे गर्ने लक्ष्य राखिएको छ। खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्नका निम्ति वडाध्यक्ष कप तथा पालिका अध्यक्ष कप समेत सञ्चालन गरिने महिलाको क्षमता र सीप विकासका निम्ति विभिन्न तालिमहरू समेत प्रदान गर्ने कार्यक्रममा उल्लेख गरिएको छ। विपन्न महामारी आउन नदिनेका निम्ति पूर्व तयारी समेत गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै तीन सन्तान जन्माउने परिवारलाई प्रोत्साहन समेत गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै नीति कार्यक्रम प्रस्तुत पश्चात् गाउँसभाका सदस्यहरूले उठाएका जिज्ञासाहरूको जवाफ गाउँसभाका अध्यक्ष यदु ज्ञवालीले दिनुभएको थियो।
आगामी दोस्रो बैठक असार १० गते बस्ने गरी तय भएको छ।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *