Blog

  • सत्यवतीमा शिक्षा सृजनाको उत्सव दम्पतिदेखि जिल्ला टपरसम्म सम्मान

    सत्यवतीमा शिक्षा सृजनाको उत्सव दम्पतिदेखि जिल्ला टपरसम्म सम्मान

    रिडी चुरामणी तिमिल्सिना  असारमा २८

    सत्यवती गाउँपालिकामा शनिबार एक भव्य समारोहका बीच शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको हो। गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शिक्षा क्षेत्रका योगदानकर्तालाई उजागर गर्नुका साथै प्रेरणाको श्रोत बन्ने कार्य गर्‍यो।

    कार्यक्रम विशाल मात्र नभई प्रेरणादायी पनि रह्यो। कार्यक्रममा पालिकाका अध्यक्ष टिकाराम पाण्डे, उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, विभिन्न वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। पत्रकारलाई विशेष आमन्त्रणसहित समाचार संकलन तथा प्रसारणका लागि निम्त्याइएको थियो।

    शिक्षा सम्बन्धी गीतमार्फत वातावरण निर्माण गर्दै कार्यक्रमको सुरुवात गरियो। त्यसपछि शिक्षा शाखाका विष्णुप्रसाद ज्ञवालीको संचालनमा औपचारिक कार्यक्रम प्रारम्भ भयो। उनले कार्यक्रमको उद्देश्य, पृष्ठभूमि र अपेक्षित परिणामबारे उल्लेखनीय विश्लेषण प्रस्तुत गरे।

    कार्यक्रममा पालिकाभित्रको शैक्षिक उन्नतिलाई मध्यनजर राखी विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक, विद्यार्थी तथा विद्यालयलाई नगद, कदरपत्र र प्रमाणपत्रद्वारा सम्मान गरियो।

    विशेष गरी शिक्षक दम्पतीहरूको सामूहिक सम्मान कार्यक्रमको आकर्षणको केन्द्र बन्यो।

    गौरीशंकर आधारभूत विद्यालयका प्रकाश ढकाल (गणित) र

    हेमन्त आधारभूत विद्यालयकी इन्दिरा ढकाल (अंग्रेजी)
    दुवैले आफ्नो विषयमा १०० प्रतिशत सफलता ल्याउन सफल भएका थिए। इन्दिरा गत वर्ष पनि सम्मानित भएकी थिइन् भने प्रकाश पहिलोपटक सम्मानित भए।

    त्यस्तै जुनिया माध्यमिक विद्यालयका सिक्षक श्रीमान–श्रीमती ओमप्रकाश विक र विष्णु विक पनि सम्मानित भए। ओमप्रकाशले शिक्षा विषयमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन थिए भने विष्णुले अर्थशास्त्र विषयमा १०० प्रतिशत नतिजा ल्याउन सफल भएकी थिइन्। यस्तो दुर्लभ सम्मान दम्पतीहरूले पाउँदा उनीहरू गदगद थिए भने कार्यक्रमस्थल तालिकै गुञ्जायमान बन्यो।

    कार्यक्रममा एसईई परीक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याउने सृजित भण्डारी र अर्जुन भण्डारी पनि सम्मानित भए। पालिकाले रु. २०,००० सहित कदरपत्र प्रदान गरी विद्यार्थीको मनोबल उच्च बनायो।

    सत्यवती गाउँपालिकाले आयोजना गरेको यो सम्मान कार्यक्रम निसन्देह प्रेरणादायी मात्र होइन, समर्पित शिक्षक र मेहेनती विद्यार्थीहरूको मनोबल अभिवृद्धिका लागि पनि महत्वपूर्ण कदम सावित भयो।

  • सत्यवती गाउँपालिकामा एक भव्य समारोहका बीच उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

    सत्यवती गाउँपालिकामा एक भव्य समारोहका बीच उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

    गुल्मी, असार २८ – चुरामणी तिमिल्सिना

    गुल्मीको सत्यवती गाउँपालिकामा एक भव्य समारोहका बीच उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पु-याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयको समग्र कार्यसम्पादन, शिक्षकको शिक्षण दक्षता तथा विद्यार्थीको उपलब्धिलाई मूल्याङ्कन गर्दै नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको हो।

    कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले गर्नुभएको थियो। उपाध्यक्ष निरमाया तरामु प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, विभिन्न वडाका अध्यक्ष, शिक्षक, अभिभावक, जनप्रतिनिधि र सरोकारवाला शिक्षाप्रेमीहरूको उपस्थिति थियो।

    विद्यार्थी तथा शिक्षक सम्मान

    पालिकाले कक्षा ३, ५, ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याउने ९ जना विद्यार्थीलाई नगद र सम्मानपत्र प्रदान गर्‍यो। त्यस्तै, सतप्रतिशत नतिजा दिने २०० जना भन्दा बढी शिक्षकलाई पनि सम्मान गरियो।
    कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षकहरूको मेहनत, पालिकाको नीतिगत सहयोग र अभिभावकको साथका कारण यस्तो उत्कृष्ट परिणाम सम्भव भएको बताएका थिए।

    विद्यालय स्तरीय नतिजा विश्लेषण

    कक्षा ३: एक्सिङ माध्यमिक विद्यालय लिम्घा र बालकल्याण आधारभूत विद्यालय जोहाङ

    कक्षा ५: नवदुर्गा आधारभूत विद्यालय, लिङ्गा — प्रथम

    कक्षा ८:

    प्रथम: नवदुर्गा आधारभूत विद्यालय, लिम्घा

    द्वितीय: जनता माध्यमिक विद्यालय, अस्लेवा

    तृतीय: रुद्रगंगा इङ्लिस बोर्डिङ स्कुल

     

    कार्यसम्पादनमा आधारित विद्यालय पुरस्कार

    पालिकाले समग्र शैक्षिक कार्यसम्पादनको आधारमा दुई विद्यालयलाई नगदसहित सम्मान गरेको छ —

    जनता माध्यमिक विद्यालय, अस्लेवा: प्रथम, नगद रु ३ लाख र सम्मानपत्र

    सत्यवती माध्यमिक विद्यालय, हँसरा: द्वितीय, नगद दुई  लाख नगद  पुरस्कारसहित सम्मानपत्र

    एसईईमा जिल्लामै उत्कृष्ट विद्यार्थी पुरस्कृत

    माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए ल्याउने दुई विद्यार्थी सिर्जित भण्डारी र अर्जुन भण्डारीलाई पालिकाले जनही रु २०,००० नगद र सम्मानपत्र प्रदान गर्‍यो। आगामी वर्षबाट यस्तो उपलब्धि हासिल गर्ने विद्यार्थीलाई रु १ लाखसहित पुरस्कृत गर्ने योजना सार्वजनिक गरिएको छ।

    शिक्षा क्षेत्रमा ऐतिहासिक प्रगति

    प्रशासकीय अधिकृत भुसालले अघिल्लो वर्षको ३३ प्रतिशत नतिजालाई बढाएर ८१ प्रतिशतभन्दा माथि पुर्‍याइएको उल्लेख गर्दै पालिकाले पहिलोपटक यस्तो व्यापक सम्मान कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो।
    अध्यक्ष पाण्डेले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैको सामूहिक प्रयासले शिक्षा क्षेत्रमा अभूतपूर्व फड्को मारेको बताउँदै आगामी वर्ष पनि शिक्षामा थप लगानी र प्रोत्साहन गरिने प्रतिबद्धता जनाउनुभयो।
    उपाध्यक्ष तरामुले पनि शिक्षकहरूको लगनशीलता, अनुशासन र समर्पणले नतिजा परिवर्तन सम्भव भएको बताउँदै आगामी दिनमा पालिकाले अझ प्रभावकारी नीति कार्यान्वयन गर्ने बताउनु भयो कार्यक्रममा स्वागत   शिक्षा शाखा प्रमुख  लोकराज गिरीले गर्नु भएको  थियो। कार्यक्रमको सञ्चालन विष्णुप्रसाद ज्ञवालीले गर्नुभएको थियो।

  • घाममा ड्युटी गरिरहेका ट्राफिक प्रहरीका लागि विद्यार्थी शिशिर गौतमद्वारा मिनरल वाटर र फ्रुटी वितरण   

    घाममा ड्युटी गरिरहेका ट्राफिक प्रहरीका लागि विद्यार्थी शिशिर गौतमद्वारा मिनरल वाटर र फ्रुटी वितरण  

    घाममा ड्युटी गरिरहेका ट्राफिक प्रहरीका लागि विद्यार्थी शिशिर गौतमद्वारा मिनरल वाटर र फ्रुटी वितरण

    चुरामणि  तिमिल्सिना  , असार २६
    “समाज परिवर्तन सोचबाट हुन्छ, उमेरले होइन” भन्ने दृढ भावनाका साथ गुल्मी क्षेत्र गाउँपालिका वडा नम्बर ३ निवासी र हाल रूपन्देहीमा अध्ययनरत शिशिर गौतमले समाजसेवामा एक प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

    बुटवलको चर्को घाममा निरन्तर सडक ड्युटीमा खटिइरहेका ट्राफिक प्रहरीलाई केही राहत मिलोस् भन्ने उदेश्यले गौतमले मिनरल वाटरका कार्टुनहरू र फ्रुटी वितरण गरेका हुन्। उनको यस कार्यले न केवल प्यास मेटाउने सहयोग पुग्यो, तर प्रहरीमाथि सम्मानको भावना पनि उजागर गर्‍यो।गौतमले भने, “सामाजिक सेवा भनेको कुनै ठूला काम मात्र होइन, सानातिना कामले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। म विद्यार्थी भए पनि समाजका लागि केही गर्न सकूँ भन्ने मेरो चाहना हो।”

    उनी बुटवलमा मात्र होइन, अन्य संघसंस्थामार्फत पनि विभिन्न सामाजिक सहयोगमा सक्रिय देखिन्छन्। शिशिरको भनाइमा, विद्यार्थीकालमै समाजप्रति जिम्मेवारी बोध हुनु जरुरी छ र यसले आगामी पुस्तालाई पनि उत्प्रेरणा दिन्छ।समाजमा सहयोग गर्ने थुप्रै व्यक्ति र संस्था छन्, तर विद्यार्थी अवस्थामा रहँदै यस्तो सक्रियता देखाउने कमै पाइन्छन्। गौतमको यो कामले अन्य युवालाई पनि सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विश्वास लिइएको छ।

  • बुटवल उपमहानगरको३ अर्ब ३६ करोडको बजेट पारित, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिमा विशेष जोड

    बुटवल उपमहानगरको३ अर्ब ३६ करोडको बजेट पारित, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिमा विशेष जोड

    बुटवल । बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो ।

    बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ । सभामा विधायन समिति, न्यायिक समिति, अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण समिति, लेखा समिति, जाँचपास तथा फरफारक समिति र सुशासन समिति प्रतिवेदन पारित भएको छ ।

    सभाको समापनका अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई समानता स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर बनाउनका लागि सबैको सहकार्य जरुरी रहेको बताए । उनले नगरलाई सफा स्वच्छ र सुन्दर नगर बनाउने उदेश्यका साथ काम गरिरहेको बताए । उनले आगामी वर्षलाई शिक्षा, स्वास्थ्यका साथसाथै पर्यटन र कृषिलाई प्राथमिकताका साथ कार्यक्रम तय गरिएको बताए । उनले बुटवललाई भौतिक पूर्वाधार विकासमा मात्रै नभई मानव संसाधनको विकासमा समेत अग्रणी शहर बनाउने गरी योजनाहरु ल्याएको बताए । आगामी आर्थिक वर्षमा करीब १० हजार भूमिहिन र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने गरी बुटवल उपमहानगरपालिकाले नापजाँचमा लगानी गरेको र सोही अनुसारको जनशक्ति परिचालन गरेको उनले बताए ।


    सभामा बोल्दै उनले बुटवलबाट प्रदेशको राजधानी सार्ने क्रममा बुटवललाई प्रदेशकै आर्थिक केन्द्र बनाउने भनिएपनि कुनै कार्यक्रम नआएकाले प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउने र बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि अगुवाई गर्ने बताए ।

    सभामा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई सबल र सम्पन्न सहर बनाउनका लागि सबै क्षेत्रको साथ आवश्यक रहेको बताइन् । उनले हालसम्म भएका उपलब्धिलाई अझ परिस्कृत गर्दै अगाडि बढ्ने बताइन् । बुटवल उपमहानगरपालिकाले असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्य अगाडि सारेको थियो ।

    प्रमुख पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई पर्यटकीय विश्राम स्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दुधर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति लिएको बताएका थिए ।

    बुटवलका गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगारकाकार्यक्रम अन्तर्गत उत्पादित वस्तुको उत्पादन र बिक्री केन्द्र (कोसेली घर) स्थापनामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    साथै, नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरूको व्यवस्थापनका लागि गाईराष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरूसँग समन्वय गरिने पनि उल्लेख छ ।

    ‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य र्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरू सञ्चालन गरिने नीतिमा उल्लेख छ । पर्यटकीय स्थलहरूको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्रीहरू निर्माण गरिनेछ ।

    असार १० गते बजेट पेश गर्दै उपप्रमुख सावित्रादेवी अर्यालले कुल बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने बताइन् । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा ९५ करोड आन्तरिक आय हुने अनुमान उनले पेस गरेकी थिइन् ।

    बजेटमा निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि एक करोड, पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउन १ करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ ।

    विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधारमा एक करोड, छात्राहरुलाई नि:शुल्क अध्ययनका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि एक करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्न ७० लाख बजेट विनियोजन भएको छ ।

    यस्तै ज्येष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रमका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट विनियोजन भएको छ ।

    झुम्सा खानेपानी बुटवलमा ल्याउन पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि दुई करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि तीन करोड, उद्यमी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न तीन करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि पाँच करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन् ।

    किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिन एक करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदान दिन ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ ।यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि एक करोड ५० लाख, पुन: नापी गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ ।

  • बर्षालागेसँगै ज्याेतिनगरवासीलाई पहिरोकै पिर,पहिरो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ : नगर प्रमुख पाण्डेय

    बर्षालागेसँगै ज्याेतिनगरवासीलाई पहिरोकै पिर,पहिरो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ : नगर प्रमुख पाण्डेय

    प्रकाश खनाल
    बुटवल,२४ असार ।
    बर्षा सुरु भएसँगै बुटवलको ज्याेतिनगरवासीकाे आँखा छिनछिनमा आकाशतर्फ हुने गर्छ ।
    कारण हो कतै आकाशमा पानी पर्ने बादल त मडारिरहेकाे छैन ? पानी परिहाल्यो भने कतै भाग्नु पर्ने पाे हो कि भन्ने त्रासले उनिहरूलाई सताइरहेकाे हुन्छ ।

    २०५५ सालमा ५७ घर परिवार बिस्थापित बनाएको बुटवल उपमहानगरपालिका वडा नं ३ ज्याेतिनगर पहिरो २३ बर्षसम्म राेकिए पनि २०७८ सालमा १४ घर पुर्ण रूपमा क्षति पुर्यायाे ।
    २०५५ सालको बिनाशकारी पहिरोकाे पिडा भुलेका ज्याेतिनगर तथा लक्ष्मीनगरवासीलाई २०७८ सालकाे पहिरो गएको हिजो अस्ति जस्तै लाग्छ ।

    पहिरो नियन्त्रणका लागि बिशेषगरि बुटवल उपमहानगरपालिका,राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायतका निकायबाट गरिएको प्रयासका कारण सामान्य क्षति बाहेक २०७८ सालपछि बिस्थापितनै हुनुपर्नेगरि पहिरो नगएको बुटवल उपमहानगरपालिका वडा नं ३ का जनप्रतिनिधि तथा बिपद ब्यवस्थापन संयोजक अमृत खड्काले बताए ।

    पहिरोबाट सम्भावित जाेखिम न्युनिकरणका लागि बुटवल उपमहानगरपालिकाले डाेजर तथा स्काभेटर तयारी अवस्थामा राखेको जानकारी गराउदै उनलेे पानी पर्नासाथ आफुहरू दिनरात नभनी पहिरोग्रस्त क्षेत्रमा खटिने गरेको बताए ।
    बर्षायाम सुरु भएसँगै ज्याेतिनगरवासीलाई पहिरोकाे चिन्ताले सताइरहने ज्याेतिनगर स्थित चेतना पासाङ टोल विकास संस्थाका अध्यक्ष प्रकाश गुरूङले बताए ।

    पहिरो नियन्त्रणका लागि स्थानीय सरकारले अग्रसरता देखाए पनि पर्याप्त नहुने भएकोले संघीय सरकारले पनि लगानी गर्नुपर्ने उनको भनाइ छ ।

    पछिल्लो समय पहिरो जान राेकिए पनि वर्षा लागेपछि स्थानीय वासिन्दा पहिरोकाे त्रासमा बस्नुपरेको मिलन टोल विकास संस्थाका अध्यक्ष शाेभाखर पाण्डेले बताए ।
    स्थानीय बिद्या उप्रेतीले आफ्नो पिडा सुनाउदै भनिन् “बर्षायाम सुरु भएसँगै ज्याेतिनगरवासी राति ढुक्कसँग निदाउन सक्ने अवस्था छैन । ठूलो पानी परिहाल्याे भने पहिरो खसेर कतै भाग्नुपर्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ ।”

    अर्की स्थानीय निर्मला काेइरालाकाे पिडा पनि उस्तै छ ।
    आकाशमा बादल लाग्दा,आकाश गर्जिदा र बिजुली चम्किदा ज्याेतिनगरवासी थप त्रसित हुने गरेको उनलेे बताइन् ।

    ज्याेतिनगर पहिरोले ज्याेतिनगरवासीलाई मात्रै नभएर बुटवल उपमहानगरपालिका वडा नं ४,५ र ६ का साथै बुटवल बजारमा पर्ने सिद्वार्थ राजमार्गमा समेत असर पार्ने भएकोले पहिरो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले करोडौं रकम खर्च गरिसकेको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

    बुटवलको ज्याेतिनगर,लक्ष्मीनगर,पाखापानीकाे पहिरो नियन्त्रण तथा तिनाउ दानव नदि नियन्त्रणका लागि स्थानीय सरकारकाे बजेटले मात्रै धान्न नसक्ने भन्दै नगर प्रमुख पाण्डेयले बिनाशकारी बाढी पहिरोकाे समस्या समाधानका लागि संघीय सरकारले लगानी गर्नुपर्ने आवश्यकता औल्याए ।

    ज्याेतिनगर पहिरो नियन्त्रणका लागि मात्रै करिब सवा अर्ब रूपयाँ खर्च लाग्ने डिपिआर तयार भएको भन्दै उनलेे त्यति ठूलो धनराशि एउटा पालिकाले खर्च गर्न सम्भव नहुने बताए ।

    आफुहरू निर्वाचित भएपछि बुटवलको ज्याेतिनगर,लक्ष्मीनगर,पाखापानीलगायका ठाउँमा पहिरो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले हरसम्भव प्रयास गरिरहेको भन्दै नगर प्रमुख पाण्डेयले दिर्घकालिन रूपमा समस्या समाधानका लागि संघीय सरकारले लगानी गर्नुपर्ने बताए ।

    त्रिभुवन विश्व विद्यालय अन्तर्गत पुल्चोक ईन्जिनियरिङ कलेजसँगकाे समन्वयमा क्याम्ब्रिज विश्व विद्यालयका प्राेफेसरसहितकाे टोलीले केही समयअघि ज्याेतिनगर स्थित पहिरोग्रस्त क्षेत्रकाे स्थलगत अवलोकन गरेर फर्किएको जानकारी गराउदै नगर प्रमुख पाण्डेयले साे टोलीले सम्भावित जाेखिम विश्लेषण गरि नियन्त्रणका उपायबारे सुझाव दिने अपेक्षा गरे ।

    अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त क्याम्ब्रिज विश्व विद्यालयका प्राेफेसरसहितको टोलीले पहिराेग्रस्त क्षेत्रकाे भाैगर्भीक अवस्था र सम्भावित जाेखिम विश्लेषणका लागि पहिरोग्रस्त क्षेत्रमा चार वटा क्यामेरा जडान गरेर गएको बुटवल उपमहानगरपालिकाका बिपद शाखाका ईन्जिनियर योगेश चापागाईंले जानकारी दिए ।

    पहिरोग्रस्त क्षेत्र र बुटवल उपमहानगरपालिकाकाे छतमा जडान गरिएको क्यामेराबाट लिइएका तस्बिरहरूकाे आधारमा साे टोलीले त्यस क्षेत्रकाे भाैगर्भीक अवस्था र सम्भावित जाेखिम बिष्लेषण गर्ने इन्जिनियर चापागाईंले बताए ।

  • गरिब तथा जेहेन्दार बिध्यार्थीहरुलाई हेफर प्रोजेक्ट नेपालको आयोजनामा शैक्षिक सामाग्री बितरण

    गरिब तथा जेहेन्दार बिध्यार्थीहरुलाई हेफर प्रोजेक्ट नेपालको आयोजनामा शैक्षिक सामाग्री बितरण

    २०८२/०३/२३

    रमेश पन्थी

    धुर्कोट ,गुल्मी ।

    गुल्मीको धुर्कोट गाउपालिका वडा ६ रजस्थल, धुरमा रहेको धुर माद्यमिक बिद्यालयमा गरिब तथा जेहेन्दार बिध्यार्थीहरु लाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।  हेफर प्रोजेक्ट नेपाल को आर्थीक सहयोग तथा धुर्कोट गाउपालिका गुल्मीको समन्वयमा गरिब तथा जेहेन्दार   ६ जना छात्रा बिध्यार्थी हरुलाइ  कार्यक्रममा बिध्यार्थी लाई कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती गुल्मीका प्रमुख दोण खत्रीले झोला, कापी, कलम, ड्रेस ,जुतामोजा, टाइ बेल्ड सहितको सामाग्री बितरण गर्नु भएको थियो ।

    कार्यक्रममा धुर माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल अध्यक्षता , यस्तै जिल्ला  समन्वय समिति गुल्मीका  प्रमुख दोर्ण ब खत्रीको प्रमुख आथित्यता रहेको थियो ।   ,यस्तै  धुर्कोट गाउपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सिता गिरी ,पूर्व धुर्कोट पालिका उपाध्यक्ष शिब ब खत्री ,धुर्कोट गाउपालिका ६ का वडा अध्यक्ष कृष्ण ब नेपाली हेफर प्रोजेक्ट नेपाल बाट बरिस्ठ कार्यक्रम अधिकृत राधाकृष्ण शर्मा र पारस बिक तथा पत्रकार को आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन परियोजना संयोजक भरत भण्डारिले गर्नु भएको थियो ।

  • पाल्पामा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण विषयमा सुझाव संकलन

    पाल्पामा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण विषयमा सुझाव संकलन

    पाल्पा प्रतिनिधि    जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको आयोजनामा सवारी व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सम्पन्न भएको छ ।भर्खरै मात्रै पाल्पा जिल्लाको लागि नयाँ ट्राफिक प्रहरी प्रमुखको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्य आएसँगै पाल्पा जिल्लामा क्रियाशील पत्रकारहरुसँग सुझाव संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको हो। ७ वर्ष अघि जिल्लाको ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक कार्यालय भवन निर्माण कार्यमा उत्कृष्ट भूमिका निर्वाह गर्नुभएका प्रमुख आचार्य पुनः पाल्पा ट्राफिकको जिम्मेवारी सम्हाल्न आउनुभएको हो ।

    आइतबार प्रमुख आचार्यले पाल्पाका पत्रकारसंग जिल्लाको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका विषयमा सुझाव संकलन गर्नुभएको छ । पाल्पाको भौगोलिक अवस्था, साँघुरा सडक, उकालो ओरालो, तथा बढ्दो सवारी चापबाट उत्पन्न हुनसक्ने समस्याहरुलाई व्यवस्थापन गर्ने समन्वय र सहकार्यको वातावरण तयार गर्नका लागि सुझाव लिइएको प्रमुख आचार्यको भनाइ छ ।


    कार्यक्रममा सहभागी पत्रकारहरुले टिपर आतंक रोक्न, ओभरलोड तथा स्पिड नियन्त्रण गर्नुपर्ने, एउटै प्रकृतिका सवारीसाधनमा समान नियमन, बजार क्षेत्रमा दिन अनुसार एकतर्फी पार्किङ व्यवस्था, नियमित सवारी चालक अनुमतिपत्र र मापसेको अनुगमन तथा चेकिङ, विद्यालय र क्याम्पसहरूमा ट्राफिक सचेतना, मिडियामा ट्राफिक नियम र दुर्घटना न्यूनीकरण सम्बन्धी सन्देश प्रवाह, चालक र पैदल यात्रुका लागि प्रशिक्षण, पार्किङ क्षेत्र निर्धारण, भिडहुने क्षेत्रमा सवारीको रुट र समय निर्धारण गर्नुपर्ने सुझाव राखेका थिए । बजार क्षेत्रमा साँघुरो सडकमा निर्माण सामग्री राख्ने र ग्यारेज संचालन गर्ने गरेकोले यस विषयको पनि व्यवस्थापन गर्नुपर्नेमा पत्रकारहरुले सुझाव दिएका थिए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पाको ट्राफिक व्यवस्थापनका निम्ति प्रमुखले पत्रकारहरु सँग सुझाव लिइएको यो नै पहिलो कार्यक्रम भएको बताउदै पाल्पाली पत्रकारहरुले सधै प्रहरीको गुण र दोषका आधारमा सघाउदै आएको बताउनुभयो । ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले प्राप्त सुझावहरुलाई आत्मसाथ गरेर जिल्लाको ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

  • विद्यार्थी तथा अभिभावकलाई सम्मान कार्यक्रम सोमरभोमर माविमा सम्पन्न

    विद्यार्थी तथा अभिभावकलाई सम्मान कार्यक्रम सोमरभोमर माविमा सम्पन्न

    रमेश पन्थी

    धुर्कोट

    २०८२/0३ /२२

    सोमर भोमर माध्यमिक बिध्यालय धुर्कोट ३ हाडहाडे गुल्मी द्वारा २०८१ सालको कक्षा १० को परिक्षा दिइ पास भएका बिध्यार्थीलाई सम्मान गरिएको छ । सोमरभोमर मावीको।सभाहल मा गरिएको कार्यक्रममा सोमरभोमर माविका बिद्यालय ब्याबस्थान समिती अध्यक्ष झग बगादुर काउछाको   सभापतित्व रहेको थियो , यस्तै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आथित्यता, धुर्कोट गाउपालिका उपाध्यक्ष सीता गीति , धुर्कोट गाउपालिका का पुर्व उपाध्यक्ष शिव केसि , नेपालि काङ्ग्रेस का नेता छ्न्द पहराइ, धुर माध्यमिक बिध्यालयका प्राध्यापक लक्ष्मी खनाल लगाएत को बिसिस्ट आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल ले पास हुने सम्पुर्णलाई बधाइ दिदै , मैन बत्ती बालेर कार्यक्रमको उत्घाटन गरि ,  कक्षा १० मा पास हुनु भएका सम्पुर्णलाई खादा ओडाएर  धन्यावात ब्यक्त गर्नु भएको थियो भने अभिभावक हरुलाइ पनि सम्मान गर्नु भएको थियो । सोमर भोमर माविमा कुल १६  जना बिध्यार्थी मा १६ जना जना नै पास भै गाउपालिकामा सत % निकाल्न सफल भएका छ्न जसमा आदिवासी जनजाति १० जना , दलित ४ जना र अन्य २ जना रहेका थिए ।

    श्री सोमर भोमर माविका सहायक प्राध्यापक खिमानन्द खनाल( बाबुराम) को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चाल्न शिक्षक नारायण पहराइले गर्नु भएको थियो।

     

  • सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न

    सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न

     

     

    सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न

     

    चुराम्णि तिमिल्सिना  असार  २२

    गुल्मीको सत्यवती गाउँपालिकामा एक दिने बालविवाह, घरेलु हिंसा, दलित तथा महिला हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कक्षा १ देखि क्याम्पस तहका विद्यार्थीहरूलाई आमन्त्रित गरी गाउँपालिकाको सभाहलमा विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

    कार्यक्रमको उद्घाटन तथा समापन सत्रको अध्यक्षता गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे रहनुभएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै गाउँघर तथा विपन्न वर्गमा अझै पनि महिला र घरेलु हिंसा जस्ता समस्या विद्यमान रहेको उल्लेख गर्दै विद्यार्थीमार्फत समाजमा चेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। साथै, यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले बालबालिकाको सशक्तिकरणका लागि थप कार्यक्रम सञ्चालन गरिने बताउँदै आत्महत्याका घटना बढिरहेकोले त्यसको न्यूनीकरणका लागि फरक धारका सचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा सैनामैना नगरपालिका, रुपन्देहीकी महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीले बालअधिकार, महिला हिंसा, बालबालिकाका कर्तव्य र घरेलु हिंसाका विषयमा प्रयोगात्मक प्रशिक्षण दिनुभयो। यस्तै, प्रशिक्षक पत्रकार अमृत अनमोलले बालबालिका भोलिका कर्णधार भएको बताउँदै उनीहरूलाई यस अवस्थामा प्रभावकारी तालिम दिएमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो।

    सत्यवती गाउँपालिका वडा नं. ६ का अध्यक्ष विष्णुप्रसाद भण्डारीले संविधानमा उल्लेखित ‘दलित’ शब्द हटाएर ‘गरिब’ भन्ने शब्द प्रयोग गर्न सुझाव दिनुभयो। उहाँको भनाइमा, ‘दलित’ शब्दले विशेष समुदायलाई मात्र प्रतिनिधित्व गरेकाले सबै वर्गको हितमा शब्द संशोधन आवश्यक रहेको तर्क गर्नुभयो।

    कार्यक्रममा सहभागी चिदिपानी माध्यमिक विद्यालयकी विद्यार्थी रेणुका शाही र ज्वाङ रन्जित प्रसाद लालचन माध्यमिक विद्यालयकी विद्यार्थी मनिषा ढकालले यस्ता कार्यक्रम विद्यालय तहसम्म पुर्‍याइनु आवश्यक रहेको र बाल क्लबमार्फत सबै विद्यार्थीलाई फाइदा हुने बताउनुभयो।

    कार्यक्रमकाअध्यक्ष तथा उपाध्यक्ष निर माया तरामुले आफ्नो धारणा राख्दै पालिकामा बाल क्लब स्थापना गरेर यस्ता रचनात्मक कार्यक्रम विद्यालयमै सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले महिला हिंसा, घरेलु हिंसा, बालविवाहजस्ता समस्या सचेतनामूलक कार्यक्रमबाट मात्रै न्यूनीकरण गर्न सकिने भन्दै आगामी दिनमा अझ व्यापक र प्रभावकारी कार्यक्रम अघि बढाइने बताउनुभयो।

    कार्यक्रमको सहजीकरण रत्न भट्टले गर्नुभएको थियो।

  • जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    चुरामणि तिमिल्सिना   असार   २१ गुल्मी, अस्लेवा — सत्यवती गाउँपालिका वडा नं. १ मा रहेको जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा निकाल्न सफल विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेको अध्यक्षता र वडा नं. १ का वडाध्यक्ष अर्जुन कनौजेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कक्षा ३ र ५ मा गाउँपालिकाले सञ्चालन गरेको स्तर मापन परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत फूलमाला र उपहार प्रदान गरिएको थियो।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्दै शतप्रतिशत नतिजाको श्रेय विद्यालय परिवार, विद्यार्थी, अभिभावक र सम्पूर्ण सहयोगीहरूको समन्वयलाई दिनुभयो।

    यस वर्ष एसईईमा ३.८९ जीपीए प्राप्त गर्न सफल समिर कुँवर र सचिन भण्डारीले आफ्नो भनाइ राख्दै गुरू, अभिभावक र विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि विद्यालयको गौरव बढाउने अठोट व्यक्त गरे।

    प्रमुख अतिथि वडाध्यक्ष कनौजेको भनाइमा विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र अभिभावक, शिक्षक र विद्यार्थीबीचको समन्वयकै कारण यस सफलताको सम्भव भएको जनाउँदै शिक्षकहरूलाई अझ मेहनत गर्न आग्रह गर्नुभयो।

    कार्यक्रममा विज्ञान शिक्षक कृष्ण चौधरीले अध्ययनमा प्रोत्साहनस्वरूप ९ जना विद्यार्थीलाई रु १४,००० नगद पुरस्कार वितरण गर्नुभएको थियो। यस्तै, युवराज पाण्डेले घोषणा गर्नुभएको रकम पनि वितरण गरिएको थियो।

    कार्यक्रममा अभिभावक दिपक पाण्डेले आगामी वर्ष विद्यालयबाट फोर जीपीए ल्याउने विद्यार्थीहरूको लागि बाजा गाजा सहितको र्यालीको सम्पूर्ण खर्च बेहोर्ने घोषणा गर्नुभयो।

    समारोहमा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, शिक्षाप्रेमी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले गर्नुभएको थियो।