कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ।
बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ।
सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ।
कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।
काग अत्यन्त चलाख पक्षी हो। अन्नबालीमा लाग्ने किरा-फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो।
वैदिक सनातन परम्परामा कार्तिक कृष्ण त्रयोदशीका दिन मात्र नभई हरेक दिन आफूले बिहानको भोजन गर्नुअघि काग र कुकुरलाई खाना खुवाउनुपर्ने नियम छ।
यमदीप दान पनि बुधबार नै
कार्तिक कृष्ण त्रयोदशीका साँझ गरिने यमदीपदान पनि बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ। यद्यपि बुधबार १ बजेर ५ मिनेटदेखि नै चतुर्दशी तिथि लागिसकेको हुनेछ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनु भयो।



भजन प्रतियोगितामा प्रथम हुनेलाई १४ हजार र प्रमाणपत्र ,द्धितिय हुनेलाई ९ हजार र प्रमाणपत्र, तृतीय हुनेलाई ६ हजार र प्रमाण पत्र र सान्त्वना हुनेलाई २ हजार र प्रमाणपत्र प्रदान गरिने छ । साथै सहभागी प्रतियोगीलाई १ हजार र प्रमाणपत्र समेत दिइने जनाइएको छ । यस्तै शंख बजाउने प्रतियोगितामा प्रथम हुनेलाई २ हजार र प्रमाणपत्र द्धितिय हुनेलाई १ हजार ५००र प्रमाणपत्र , तृतीय हुनेलाई १ हजार र प्रमाणपत्र, सान्त्वना हुने २ जनालाई ५ सयका दरले प्रदान गरिने छ ।
महोत्वसको प्रचारप्रसार गर्न मर्यादित बनाउन पत्रचार गर्न , विभिन्न स्थानमा पुगेर कार्यहरु पनि अगाडी बढेको रुरु अनलाईन सञ्चार प्रालिका प्रधान सम्पादक विष्णु प्रसाद पाण्डेले जानकारी दिए । महोत्वस अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भण्डाराको समेत व्यवस्थासँगै सम्पूर्ण पितृहरुको सम्झना गर्दै शिव महापुरण पाठपारायण, चौरासी पुजा, बेद पाठ, चण्डी पाठ, शिवजिको पुजा,ग्रहशान्ती पनि गरिने छ । कार्यक्रममा १ हजार भन्दा माथि दान गर्ने दातालाई सम्मान गरिने समेत सम्पादक पाण्डेले जानकारी दिए । कार्यक्रम रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने पनि प्रालिका खेमराज ज्ञवालीले बताए ।













सामाग्री नष्ट गर्दै उपाध्यक्ष मिना देवि गौतमले बिगतका दिन्हरुमा भन्दा अहिले बजार क्षेत्र निकै सुधार भएको ब्यापारी सचेत भएको , लेभल राखेर समागृ बिक्रि बितरण गरिएको , साथै गुण र पानीको मुल्यमा पनि एकरुपता हुँदै आयको देख्दा खुशी व्यक्त गर्नु भयो।












