Blog

  • गुल्मीको  भट्कुवामा  सभाहल  बन्दै गर्दा जनश्रम दान गर्न भिड

    गुल्मीको भट्कुवामा सभाहल बन्दै गर्दा जनश्रम दान गर्न भिड

    चुरामणि तिमिल्सिना   जेष्ठ  २३

    गाउँको बिकासमा  यति खेर रुरु १ भटकुवामा जन सहभागीता गर्न भिड नै लागेको छ ।गाउँका कुना कुनामा खासै बिकास गर्न पर्दैन खासै भैतिक संरचना  आवस्यक पर्दैन भन्ने लाई भटकुवा बासिले दरिलो उदा्हण दिएका छन । रुरु क्षेत्र गाउँपालिका वडा न १ बाट आर्थिक वर्षमै सम्पन्न हुने भट्कुवा सभाहलको निम्ति रुरु क्षेत्र गाउँ पालिका वडा न १ बाट ४ लाख बिनियोजित भएको थियो उक्त रकम बाट गाउँका कार्यक्रम सम्पादन गर्न यो कार्यक्रम सम्पन गर्न लागीएको वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो ।

    साबिकका ३ वडा मिलेर यो यो सुन्दर क्षेत्र भट्कुवा बनेको छ । गाउँका सामाजिक कार्यक्रम बैठक सचेतना कार्यक्रम तालिम जस्ता कार्यक्रम गर्न अहिले सम्म सभाहल नभएको भट्कुवा बासिको अनुरोधमा यसरि कार्यक्रम आयको वडा सदस्य सुशील श्रेष्ठले जानकारी दिनुभयो ।  भट्कुवामा  पछिल्लो समयमा   बिकासका पुर्ववधार निर्माण  गर्न  खानेपानी  सडक बिस्तार  जस्ता कार्यक्रमलाई   पनि हरेक क्षेत्रमा बजेट बिनियोजन गर्न पालिका निरन्तर  लाग्ने रुरु क्षेत्र  गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले  प्रतिबद्धता  समेत जायर गर्नु भएको छ ।

  • छत्रकोटमा जनचेतना  जगाउन अभिमुखिकरण कार्यक्रम

    छत्रकोटमा जनचेतना जगाउन अभिमुखिकरण कार्यक्रम

    जेष्ठ  २२

    अन्तराष्ट्रिय वातावरण दिवसको  अवसरमा छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाले छत्रकोट २ हुँगामा वातावरणीय स्वास्थ्य तथा जनचेतना कार्यक्रमको वडा स्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा पुर्व गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी स्थानीय जनप्रतिनिधी,पुर्व जनप्रतिधी,राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,शिक्षक प्र.अ. ,खानेपानी सरसफाइ प्रतिनिधि लगायतको उपस्थिति थियो।

    कार्यक्रममा सहजीकरण  स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेल र पोषण तथा सरसफाइ बिज्ञ लिलबहादुर नेपाली ले गर्नु भएको थियो। कार्यक्रम वडाअध्यक्ष धनश्याम न्यौपानेको अध्यक्षतामा  संचालन  भएको  थियो।

    कार्यक्रमको संचालन सि.अ.हे.व. सपना टण्डनले गर्नुभएको थियो वडालाई पूर्ण सरसफाइ युक्त वडा घोषणाका लागि सबै सुचक पुरा गर्न बिशेष कार्ययोजना तयार गरी हस्ताक्षर गरिएको छ ।

  • गुल्मी दरबार  गाउँपालिकामा  हाजिरी जवाफ प्रतियोगिता  सम्पन्न

    गुल्मी दरबार गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    नबिन कार्की   जेष्ठ  २२

    चारपाला रुपन्देही सम्पर्क समाज द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना”

    गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना र इश्वरी माध्यमिक बिधालयको व्यवस्थापनमा गुल्मीदरबार गाउँपालिका बडा न.७ मा रहेको ईश्वरी माध्यमिक बिधालयको प्रङ्गणमा प्रथम रनिङ शिल्ड अन्तर बिधालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी प्रमुख अतिथि  रहनु भएको थियो।कार्यक्रममा विशिष्ट अतिथि गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी रहनु भएको थियो !

    कार्यक्रमलाई लाई सम्बोधन गर्दै प्रमुख अतिथि मरासिनीले आफू हरु जन्म ठाँउ बाट टाढा रहे पनि आफनो जन्मेको ठाँउमा सधैं रचनात्मक कार्य गर्दै आएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज बाट जन्मभुमि प्रतिको लगाब कस्तो हुनुपर्दो रहेछ भन्ने कुरा आफुहरुले सिक्न पाएको बताउदै बिद्यार्थीको क्षमताम समेत फाइदा  पुग्ने बताउदै  यस्तै रचनात्मक कार्यक्रमहरु   सन्चालन गर्न आग्रह  समेत  गर्नु  प्रतियोगितामा शारदा माध्यमिक बिधालयले प्रथम स्थान हासिल   गरेको  हो। यस्तै ईश्वरी माध्यमिक बिधालय र ठुलापोखरा माध्यमिक बिधालय क्रमश द्वितीय र तृतिय भएका थिए।


    संस्थाकी अध्यक्ष उषा खत्रीको अध्यक्षता रहेको कार्यक्रमको हाजिरीजवाफ प्रतियोगिता तर्फको
    संचालन मिरा ट्रस्टका महासचिव रामचन्द्र पौडेल र समग्र कार्यक्रमको संचालन संस्थाका सचीव बिकास टन्ड्नले गर्नु भएको थियो ।

  • ट्राफिक प्रहरीले यातायात चालक लाई आँखा चेक देखि स्वास्थ चेक जाच गर्दै

    ट्राफिक प्रहरीले यातायात चालक लाई आँखा चेक देखि स्वास्थ चेक जाच गर्दै

    जेष्ठ  २१

    रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले स्थित  जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रनानि कृष्ण प्रसाद आचार्य समेतको टोलिले तम्घास-सिमलटारी सडक खण्डमा बिहान ७:३० बजेदेखि १०:३० बजेसम्मको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्ली र गुल्मी यातायात प्रालि को आयोजना र नेपाल नेत्रज्योति संघ गुल्मी, गुल्मी मोडल हस्पिटल प्रालि गुल्मी   नेपाल पत्रकार महासंघ गुल्मीको सहयोगमा कार्यक्रम गरिएको हो

    । सडक  खण्डमा संचालित ८५ (पन्चासी) वटा साना-ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण एवंम स्वास्थ्य परीक्षण कार्यका साथै उक्त सवारी साधनहरुको दक्ष प्राविधिकद्वारा यान्त्रीक परीक्षण कार्य सम्पन्न गरिएको, उक्त परीक्षणवाट ६ जना चालकहरुमा उक्त रक्तचापको समस्या तथा ५ जना चालकहरुमा आँखामा समस्या (Colour Defect) देखिएको तथा सवारीहरुमा समेत समय-समयमा मर्मत सम्भार, समिसिङ्ग, टाइराइड, टायर लगायतको समस्या देखिएकोमा उक्त समस्या तत्काल सुधार गर्न र समय समयमा आँखा, स्वास्थ्य एवंम सवारी परीक्षण गरी “आफू बाँचौ र अरुलाई पनि वचाऔं” भन्ने मुल मर्मलाई सदैव ध्यानमा राखी सवारी चलाउन सुझाव दिईएको छ ।

    । पछील्लो समयमा जिल्ला  ट्राफिक  प्रहरी  कार्यालयले  सडकमा चेक जाच   सुचना  प्रवाहा  यात्रु लाई  ट्राफिक  सचेतना  जगाउने  प्रशिक्षण कार्यक्रम लाई  निरन्तरता दिदै  आयको छ ।

  • पाल्पामा जिप दुर्घटना  ३ जनाको  मृत्यु  ११ जना  घाइते

    पाल्पामा जिप दुर्घटना ३ जनाको मृत्यु ११ जना घाइते

    पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन ।
    सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीय दिलबहादुर गाहाले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई जंगल र भीरबाट सडकसम्म ल्याएर अस्पताल पठाउने कार्य भइरहेको छ ।

    रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्ढेङगढी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए । बल्ढेङगढी चौकीबाट दुर्घटनास्थल टाढा र एकान्तमा पर्ने भएकाले स्थानीयले नै उद्धार थालेका थिए । दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको छ ।

  • गुल्मीको तम्घासमा संयुक्त रुपमा अनुगमन

    जेष्ठ २१

    यस घरेलु तथा साना उद्योग कार्यालय गुल्मी तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, करदाता सेवा कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका गुल्मी तथा जिल्ला प्रहरी कार्यालय तम्घासको संयुक्त टोलिबाट रेसुङ्गा नगरपालिका ९ र १० को संगम देउरालीमा संयुक्त बजार अनुगमन गरिएको छ ।

    अनुगमनको क्रममा भेटिएका म्याद नाघेका अखाद्य वस्तु बरामद गरि कर्मचारी तथा सुरक्षाकर्मीको रोहबरमा नष्ट गरिएको छ ।

    पसलमा देखिएको समस्याको बारेमा मौखिक मात्रै नभई लिखित जानकारी दिइएको छ । साथै अर्कोपटक सुधार नगरे कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

    अनुगमनको क्रममा: पसलको साइन बोर्ड नभएको,मुल्य सूचि नराखेको,दर्ता तथा नविकरण नगरेको र मिश्रीत ढंगले पसल सञ्चालन गरेको पाईएकोमा तत्काल सुधार गर्न निर्देशन दिइएको छ।

    साथै अनुगमनले उपभोक्ता मात्रै होइन स्वयंम पसले पनि ठगिएको पुष्टि भएको छ । अन्यत्र बाट पसल- पसलमा समान पुराउने निहुँमा सोझा,इमानदार व्यवसायीलाई म्याद नाघेको वा म्याद नाघ्नै लागेको समान दिने गरेको पाईए पछि पसल व्यवसायीलाई समेत सचेत गराइएको छ ।

  • गुल्मीको  सत्वतीमा  प्राबिधिक कक्षाका लागि छलफल

    गुल्मीको सत्वतीमा प्राबिधिक कक्षाका लागि छलफल

    महत्त्वपूर्ण_भेटघाट
    गुल्मी जिल्लाको सत्यवती गाउँपालिका र तुराङ बहुप्राबिधिक शिक्षालय बिच महत्त्वपूर्ण बिषयमा छलफल तथा भेटघाट सम्पन्न भएको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष श्री टिकाराम पाण्डे र शिक्षालयका तर्फबाट शिक्षालय प्रमुख प्रदिप राज पाण्डे बिच आगामी शैक्षिकसत्र २०८०/०८१ देखि सत्यवती गाउँपालिकाका ८ वार्ड बाट १/१ जना विद्यार्थीलाई कृषि तथा भेटेरिनरी प्राबिधिक अध्ययन गर्ने ब्यबस्था मिलाउने बिषयमा छलफल भएको हो । सो कार्यक्रमको लागि आगामी पालिका स्तरीय नीति तथा कार्यक्रममा योजना प्रस्तुत गर्ने र आगामी बर्षको शैक्षिकसत्र देखि नै लागू गर्ने तयारी भएको हो । स्थानीय युबाहरुलाइ सिपमुलक प्राबिधिक बिषय अध्ययन गर्न प्रोत्साहित गर्ने र उद्यमशिलताको बिकास गर्ने उद्देश्य राखेर यस्तो अभ्यास गर्न थालिएको छ । Turang Polytechnic Institute- Gulmi ले शैक्षिकसत्र २०७८/०७९ देखि कृषि बिषयको ३ बर्षे बाली बिज्ञान कार्यक्रम पठनपाठन गराउदै आएकोमा शैक्षिकसत्र २०८०/०८१ देखि पशु बिज्ञान कार्यक्रम पनि संचालन गर्न लागेको छ । सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरेर प्रत्येक वार्डको प्रतिनिधित्व गराउन खोजेको र विद्यार्थीहरुले शिक्षालयमा संचालित २ कार्यक्रम मध्ये आफुलाइ मनपर्ने बिषय छनौट गरि अध्ययन गर्न पाउनेछन । सो छलफलका क्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे , कृषि शाखा प्रमुख उपकार भण्डारी र शिक्षालयका तर्फबाट कृषि प्रशिक्षक सुमित भुसाल तथा शिक्षालय प्रमुख प्रदिप राज पाण्डेको उपस्थिति रहेको थियो ।

     

  • रुरु क्षेत्रमा  ५ दिने  तालिम सम्पन्न

    रुरु क्षेत्रमा ५ दिने तालिम सम्पन्न

    चुरामणि तिमिल्सिना  जेष्ठ  २१

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको औपचारिक कार्यक्रम समापन भएको छ । गाउँपालिका कि उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षतामा संचालित कार्यक्रममा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो। शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम गरिएको हो। समापन सत्रमा बोल्दै उपाध्यक्ष गौतमले हरेक शिक्षकहरु अव प्राविधिक ज्ञानसहित अगाडी बढने समय आयकोले नयाँ नया कुहारुको दैनिक जानकारी लिनु पर्ने , आफ्नो बिद्यालयका हरेक गतिविधि सिस्टममा राख्न प्राबिधिक जान्नै पर्ने , अरुको भरमा तल्ला लेवलका बिद्यालयल बस्न नहुने अनि आफै कम्प्युटरमा प्रबिस्ट गर्दा ठिक तथ्यांक हुने भएकोले यसरी तालिम चलाउन आवस्यक रहेको बताउनु भयो।

    । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले कम्प्युटरमा प्रबिस्ट गर्दा ठिक तरिकाले डाटालाई प्रबिस्ट गर्नु पर्ने ,सुचना सहि राख्नु पर्ने ,धेरै जनाको भर्दा अलमल हुने हुँदा सम्बन्धित बिद्यालय नै काम आफैले गर्दा सुचना ठिक हुने हुँदा प्राबिधिक ज्ञान सहित सहभागी लाई यो ज्ञान समेत हासिल गरेको बताउनु भयो। उहाँले कम्प्युटर ईन्टरनेट जस्ता विषय लाई तत्कालै आवस्यक रहेको बिद्यालयमा पठाउने र विद्युत पनि नभएको स्थानमा विद्युत पनि जडान गरिने बताउनु भयो। समापन सत्रमा शिक्षा शाखा प्रमुख झविलाल बिकले सहि तरिकाले पालिकाले दिएका विषय लाई फारम नतिजा विभिन्न प्रतिबेदन जस्ता विषय लाई बेवस्ता नगरी कार्यालयले तोकेको समयमा उपलब्ध गराउन आग्रह गर्नु भयो। तालिममा प्रशिक्षक हरि बहादुर बिस्ट,यादव बिस्ट,भिम श्रेष्ठले सहजीकरण गर्नु भएको थियो।

    कार्यक्रममा सहभागी लाई प्रमाणपत्र प्रदान गरिएको थियो। तालिम पछी भनाइ राख्दै तालिममा सिकेका कुराहरु लाई ब्यबहारिक जिवनमा उतार्ने प्रतिबद्धता समेत जायर गर्नु भयो कार्यक्रम को सन्चालन शिक्षाका प्राबिधिक तेज बहादुर कुमालले गर्नु भएको थियो।

  • तामनगरको दुर्घटनामा गुल्मीका २  युवाको मृत्यु

    तामनगरको दुर्घटनामा गुल्मीका २ युवाको मृत्यु

    बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

    तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक भएको दुर्घटनामा परि गुल्मी मालिका गाउँपालिका अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

  • रुरु क्षेत्रमा योगअभ्यासअभिमुखिकरण  कार्यक्रम   सम्पन्न

    रुरु क्षेत्रमा योगअभ्यासअभिमुखिकरण कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना जेष्ठ  २० रुरु क्षेत्र गाउँपालिकामा १ दिने योगअभ्यास सम्बन्धि अभिमुखिकरण कार्यक्रम बलेट्क्सारको कभडहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यदुज्ञवालीको अध्यक्षतामा सन्चालित कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल वडा ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ उघोग बाणिज्य संघ बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवाली जनप्रतिनिधि तथा स्थानीयको सहभागीता रहेको थियो।

    कार्यक्रममा बलेटक्सार आयुर्वेद औषाधालयका प्रमुख कबिराज निरीक्षक नन्द बहादुर गेलाङलले कार्यक्रममा स्वागत गर्दै कार्यक्रम माथि प्रकास पार्नु भएको थियो। ४५ जनाको सहभागीता रहेको कार्यक्रमा जिल्ला आयुर्वेद औषाधालयका वरिष्ठ कबिराज निरीक्षक माधव प्रसाद बस्याल र रिडी आयुर्वेदकी कबिराज निरीक्षक दिक्षा भण्डारीले प्रयोगात्मक रुपमा विभिन्न प्रकारका योग्का चरणहरु प्रशिक्षण गर्नु भएको थियो। कार्यक्रममा अध्यक्ष ज्ञवालीले यो अभ्यास अव पालिकाले रुरुको रिडी र बलेटक्सारमा सन्चालन गर्न आफ्नो टिम निरन्तर लाग्ने प्रतिबद्धता जायर गर्नु भयो।