Category: समाचार

  • सत्यवती गाउँपालिकाको १७औं गाउँसभा प्रारम्भ, वार्षिक कार्य सम्पादनमाथि छलफल

    सत्यवती गाउँपालिकाको १७औं गाउँसभा प्रारम्भ, वार्षिक कार्य सम्पादनमाथि छलफल

    असार १० चुरामणि तिमिल्सिना   सत्यवती गाउँपालिकाको १७औं गाउँसभा गाउँपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच सुरु भएको छ। गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा सुरु भएको सभामा उपाध्यक्ष निरमाया तरामु र प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव कमलप्रसाद भुसालले सभाको सहजीकरण गर्नु भएको थियो।

    सभाको प्रारम्भिक चरणमा पालिकाले आर्थिक वर्षभित्र सम्पन्न गरेका गतिविधिहरू, तिनको प्रगति र कार्य सम्पादन विवरणबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। सभामा कृषि, पर्यटन, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, दिगो विकास, न्याय सम्पादन लगायतका विविध कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

    सभा अवधिभर विभिन्न समितिका संयोजकहरूले आ-आफ्नो जिम्मेवारीअनुसारको प्रतिवेदन प्रस्तुत गर्न थालेका छन्। बैठक निरन्तर रूपमा सञ्चालन भइरहेको छ। यस अधिवेशनमार्फत आगामी वर्षको नीति तथा कार्यक्रम, बजेट तथा स्थानीय आवश्यकता पहिचानमा समेत गहिरो छलफल समेत अगाडी  बढिरहेको  छ ।

  • कालीगण्डकी गाउँपालिका १७औँ गाउँसभा: प्रदेशस्तरीय पदक विजेता खेलाडी, कोच तथा उत्कृष्ट कर्मचारीलाई सम्मान

    कालीगण्डकी गाउँपालिका १७औँ गाउँसभा: प्रदेशस्तरीय पदक विजेता खेलाडी, कोच तथा उत्कृष्ट कर्मचारीलाई सम्मान

     

    असार  १०  चुरामणि तिमिल्सिना  रिडी

    कालीगण्डकी गाउँपालिकाको स्याङ्जा को १७औँ गाउँसभा अधिवेशन विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। अधिवेशनको अवसरमा प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरू, तिनका कोचहरू तथा खेलकुद क्षेत्रसँग सम्वन्धित कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरिएको छ।

    गाउँपालिकाले खेलकुद क्षेत्रको विकास तथा प्रतिस्पर्धी क्षमताको अभिवृद्धि गर्न योगदान दिने व्यक्तित्वहरूको उच्च मनोबलका लागि यो सम्मान कार्यक्रम सञ्चालन गरेको हो। पदक विजेताहरूको उपलब्धि गाउँपालिका मात्र नभई सम्पूर्ण जिल्लाको गर्वको विषय भएको भन्दै सभामा उनीहरूलाई प्रमाणपत्र, दोसल्ला र पुरस्कारसहित सम्मान गरिएको थियो।

    त्यसैगरी, कार्यसम्पादन मूल्याङ्कनको आधारमा उत्कृष्ट सेवा पुर्‍याउने गाउँपालिकाका कर्मचारीहरूलाई समेत सम्मान गरिएको छ। गाउँपालिकाले पारदर्शी मूल्याङ्कन प्रक्रिया अपनाउँदै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूको छनोट गरी सम्मान गर्दा सेवा प्रवाहमा थप उत्तरदायित्व र गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरेको छ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

    स्थानीय तहले खेलकुद तथा कर्मचारी सेवा विकासको क्षेत्रमा दिएको प्राथमिकता र सम्मानबाट आगामी दिनमा अझ प्रेरणादायी वातावरण सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।

  • बुटवलले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

    बुटवलले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

    बुटवल,०९ असार । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ।

    सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत रहने अनुमान रहने बताइन्।बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरेको छ।

    बुटवललाई आगामी आर्थिक वर्षमा शिक्षा स्वास्थ्य,रोजगार ,पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ।

    कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं भन्ने उदेश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ। जसका लागि ५० लाख रुपैयाँ ब्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन्।

    यस्तै बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

    बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्नका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ।

    विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तरगत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि १ करोड, छात्राहरुलाई निशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाउँ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ।

    यस्तै जेष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ।

    यस्तै गरी, नगरलाई सफा र स्वच्छ राख्न मेरो टोल म सफा गर्छु भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्ममी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन्।

    किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिनका लागि ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ।

    यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुन नापी गर्नका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ। बुटवलले यसअघि शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खेलराज पाण्डेयले शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति बनाएको बताएका थिए। उनले जनशक्ति उत्पादन र खपतमा जोड दिदै पढाइसँगै रोजगार कार्यक्रम र ४० जना छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गर्ने कार्यक्रम सञ्चालन गर्ने बताए।

    उनले परम्परागत सीपलाई प्रवर्द्धन गर्नका लागि सीप विकास केन्द्र सञ्चालन गर्ने बताए। बुटवलका गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम अन्तरगत उत्पादित वस्तुको उत्पादन र विक्री केन्द्र (कोशेली घर) स्थापनामा जोड दिइने बताए।

    ‘घुमौं बुटवल’ भन्ने अभियान अन्तरगत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरु सञ्चालन गर्ने प्रमुख पाण्डेयले बताए।

    शिवनगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल १२ चारपाला सामुदायिक वनमा बहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिने उनले बताए।

  • रामनदी धाम संस्कृत गुरुकुल: संस्कृत शिक्षाको उज्यालो भविष्यतर्फको पाइला

    रामनदी धाम संस्कृत गुरुकुल: संस्कृत शिक्षाको उज्यालो भविष्यतर्फको पाइला

    राम नदी धाम संस्कृत गुरुकुल: संस्कृत शिक्षाको उज्यालो भविष्यतर्फको पाइला

    चुरामणि तिमिल्सिना  रिडी असार ९

    पाल्पा र स्याङ्जाको संगमस्थल राम नदी धाममा रहेको राम नदी धाम संस्कृत गुरुकुल वि.सं. २०७६ सालदेखि सञ्चालनमा आएको हो। कक्षा ६ देखि कक्षा १० सम्म गुरुकुलमार्फत शिक्षण सिकाइ हुँदै आएको छ।अब यशलाई कक्षा वृद्धि समेत हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु देवानन्द सरस्वती महाराजले जान्कारी दिनु भयो । उहाँका अनुसार यहाँ संस्कृत शिक्षासँगै अंग्रेजी, विज्ञान, कम्प्युटर, भाषा, वेद, कर्मकाण्ड, र दैनिक कौमुदी जस्ता विषयहरूको समेत अध्ययन–अभ्यास गराइन्छ।

    गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालका अनुसार बटुकहरूका लागि सुविधा सम्पन्न छात्रावास, पाकशाला, शुद्ध खानेपानी, आवश्यक पुस्तकालयजस्ता आधारभूत पूर्वाधारको कुनै कमी छैन। पाल्पा, गुल्मी, स्याङ्जा, कपिलवस्तु पर्वत नवलपरासी लगायतका जिल्लाबाट आएका ११७ जना बटुकहरू यहाँ आवासीय रूपमा रही अध्ययनरत छन्।

    गुरुकुलका आवासीय शिक्षक दीपक गैरेका अनुसार पहिलेको तुलनामा अहिलेका युवा अभिभावकहरूले संस्कृत शिक्षाको महत्व बुझेका छन् र आफ्ना बालबालिकालाई गुरुकुलमा पठाउन थालेका छन्। यहाँ अध्ययन गर्ने बटुकहरूलाई व्यवहारिक अभ्यास गराउने कामसमेत हुँदै आएको छ। विज्ञान विषय लिने बटुकहरूका लागि विज्ञान प्रयोगशालाको समेत स्थापना गरिएको छ। गुरुकुल बिदा भएको समयमा बटुकहरू गाउँघरमा हुने पूजापाठ तथा कर्मकाण्डमा व्यवहारिक अभ्यासका लागि जान्छन्।

    गल्याङ नगरपालिकाले गुरुकुलको सञ्चालनमा आर्थिक तथा आवश्यक सहयोग पुर्‍याइरहेको छ। नगरप्रमुख गुरुप्रसाद भट्टराईले यो गुरुकुललाई गल्याङ नगरपालिकाको गहनाको रूपमा उल्लेख गर्दै यसलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    नगर प्रमुख भट्टराईले भन्नुभयो, “गाउँघरमा कर्मकाण्ड हराउँदै गएको अवस्थामा यो गुरुकुलको स्थापना भयो, जसले गाउँको मुहार नै परिवर्तन गरिदिएको छ। कलिला बटुकहरूद्वारा गरिने शुद्ध उच्चारण, लययुक्त भाषा प्रयोग तथा विधिपूर्वक गरिने पूजापाठले सबैलाई प्रभावित पारिरहेको छ।”

    त्यस्तै, नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने तिमल्सिनाले समय–समयमा गुरुकुलको अनुगमन गर्दा आफूलाई आनन्दको अनुभूति हुने गरेको बताउँदै यहाँ अध्ययन गरेका बटुकहरूको अनुशासन र संस्कारले स्थानीय समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। उनले कार्यपालिका टिममार्फत अभिभावकहरूलाई आफ्ना केही बालबालिका गुरुकुलमा पठाउन प्रेरित गर्ने अभियान पनि सञ्चालन भइरहेको जानकारी दिनुभयो। “खाना, आवास र अध्ययनको लागि सरकारले गरेको सहयोग हाम्रो लागि सौभाग्य बनिरहेको छ,” उपप्रमुख न्यौपानेले भन्नुभयो।

    राम नदी धाम संस्कृत गुरुकुलले परम्परागत संस्कृत शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै संस्कार, विज्ञान र प्रविधिमार्फत नयाँ पुस्ताको निर्माण गरिरहेको छ। यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारको सहयोग र अभिभावकहरूको चासोले भविष्यमा यसलाई अझ मजबुत र उदाहरणीय गुरुकुल बनाउने सम्भावना उजागर भएको छ।यस गुरुकुलमा महर्षि फाउण्डेसन अन्तर्गत दैनिक रूपमा रुद्राभिषेक कर्म, योग व्यायाम, संगीत शिक्षा लगायतका शारीरिक, मानसिक र आत्मिक अभ्यासहरू सञ्चालन हुँदै आएका छन्। साथै, कालीगण्डकी नदीमा विशेष पर्व, तिथि र उत्सवका अवसरमा सायं कालीन गण्डकी आरती समेत गुरुकुलद्वारा नियमित रूपमा सम्पन्न गरिन्छ, जसले धार्मिक र सांस्कृतिक चेतनाको विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

    गुरुकुलमा अध्ययनरत बटुकहरूले अध्ययनसँगै व्यवहारिक र आध्यात्मिक गतिविधिमा पनि सक्रिय सहभागिता जनाउँदै आएका छन्। यहाँ धार्मिक भण्डारा प्रायः विभिन्न व्यक्तित्वहरूले आफ्ना जन्मोत्सव, शैक्षिक सफलता वा अन्य विशेष अवसरहरूमा आयोजना गर्ने चलन रहेको छ, जसले समाजमा दान, धर्म र सहकार्यको भावना बढाएको छ।

    शैक्षिक गुणस्तरको दृष्टिकोणले पनि यस गुरुकुल अन्य विद्यालयभन्दा कुनै हिसाबले पछाडि छैन। विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूमा सहभागी हुँदा यहाँका बटुकहरूले उत्कृष्ट अङ्क प्राप्त गर्ने गरेको प्रमाणित भएको छ। संस्कृत शिक्षाको मूल प्रवाहमा आधुनिक विषयवस्तुहरूको समेत समावेश गरेर दिइने शिक्षाले बटुकहरूलाई बहुआयामिक व्यक्तित्व निर्माणतर्फ उन्मुख गराएको छ।

    यसरी शारीरिक, मानसिक, बौद्धिक र धार्मिक चारै पक्षमा समन्वय गरी प्रदान गरिने शिक्षण–शिक्षा प्रणालीका कारण, आज राम नदी धाम संस्कृत गुरुकुल एक नमुना संस्थाको रूपमा उभिन सफल भएको देखिन्छ। यसले केवल संस्कृत शिक्षाको संरक्षण मात्र होइन, नवप्रवर्तनशील दृष्टिकोणको समेत विकास गरिरहेको छ, जसले गर्दा यो गुरुकुल हेर्न लायक र अनुकरणीय शिक्षालयको रूपमा चिनिँदै गएको छ।

  • संघर्ष र सेवाका भावले भरिएको सुवेदीवाको कथा

    संघर्ष र सेवाका भावले भरिएको सुवेदीवाको कथा

    चुरामणि तिमिल्सिना  असार  ७ गते रिडी

    गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम अमराइका ५८ वर्षीय तिलकराम सुवेदीले सवारी चलाउँदै गरेको ३३ वर्ष पुगेछ। ३३ वर्षदेखि निरन्तर रुपमा यातायातमा रम्दै आएका सुबेदिलाई कहिल्यै थकाइ लागेन ।उनी घरमा बस्न भन्दा यात्रा गर्न र गराउनमा खुसी हुन्छन्। सानैदेखि यातायात चलाउने रहर गरेका सुबेदि सडकमा रम्न रुचाउने गर्दछन्।

    सुन्दा पनि अचम्म परिवारले भो बाबा अब त घरमै बसेर आनन्द लिनुहोस भनेर बारम्बार आग्रह गर्छन्। श्रीमती लक्ष्मी कुमारी सुवेदीले पनि अब धेरै कति चलाउनुहुन्छ गाडी अरुलाई र आफू यात्रा गर्दागर्दै जिन्दगी नै सकिन लाग्यो।भो अब त घरमै बसौँ। आनन्द लिगौ भनेर भन्थिन् केही महिना विश्राम लिन मन भो तर मनले मानेन पुनः यात्रामै फर्किए। गुल्मीको छत्रकोटदेखि बुटवलसम्म दैनिक कालो प्लेटमा यात्रा गराउन सफल भएका सुवेदी बा यसैमा खुशी हुनुहुन्छ ।उहाँले बन्द बोडि बोलेरो चलाउँदै यात्रा गर्नुहुन्छ।

    सडकमा प्रहरी पोस्ट प्रशस्त रहेका छन श्रीङ्गा, रिडी ,यस्तै हार्थोक तानसेन, बर्तुङ, दोभान र बुटवल यी यातायातका चेकिङ हुने प्रमुख क्षेत्र हुन्। तर अहिलेसम्म तिलकरामलाई प्रहरीले चेकिङ गरेन न त कहिल्यै सोधपुछ गर्यो न त लाइसेन्स नै खोज्यो। गाडीमा ढाका टोपी लगाएर ज्वारीकोट लगाएर हिँडेका सुवेदी बा पुलिसले नबोलाउँदै पुलिसलाई नमस्कार गर्ने बानी बसालेका कारणले आज सुवेदी लाई प्रहरीले कहिले कहिले पनि चेकजाँच गरेन बाको इमान्दारिता निकै रहेछ। बासँग रिडीदेखि बुटवलसम्म यात्राको क्रममा दुःख सुखका र रमाइला गफ गर्दै पुगियो। बाका गफ सुन्दै प्रहरीलाई गर्ने सम्मान यात्रीलाई ओलार्ने र झराल्ने बेलामा गरेको त्यो सम्मान र त्यो विदाईले सुबेदिको गाडीमा नचण्डने यात्री बिरलै भेटिए ।

    न घाम न पानी न जाडो जुनसुकै समयमा पनि सुवेदी बा अमराइबाट निस्किनछन। सुवेदी बाले अहिलेसम्म बिट मार्ने योजना बनाएनन् न त बाको गाडी सानो छ न त ठूलो क्षमता भएको छ नौवटा सिट क्षमता भएको गाडीमा आएको पनि लामो समय भएछ। बाले थप्दै भनुभयो सम्मान गर्ने तरिकाले आज प्रहरीले कहिलै सोधपुछ गरेन झन्डै गाडीको सबै खर्च कटाएर ४०-४५ हजार आफूले बचत गर्न सफल भएको बताउनु भयो ।

    आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिएर छोरीलाई विवाह गराएर पठाए र छोराले पनि राम्रो शिक्षा अध्ययन गरिरहेको छ। यो मेरो कमाईबाट हो। कोही मान्छे नभए पनि बाटोमा भेटि हाल्छ कि कतै मेरो सुवेदी एक्सप्रेस त कुरेका छैनन् भन्ने पनि लाग्न थाल्यो। तेहि कारणले पनि आज यो गाडीले मलाई दैनिक बुटवल पुर्याएको छ। म कसैसँग दुश्मन हुन चाहन्न । मेरो सवारीमा आइदिए हुन्थ्यो नि भन्ने भावना कहिल्यै मनमा लागेन । यसैमा सन्तुष्टि लागेको छ। हुन त मेरो त्यस्तो केही मोहित पार्ने क्षमता छैन तर पनि यात्रीहरु आउने गर्दछन्। किनकि मेरो एउटा बानी छ सिट क्षमताभन्दा कुनै पनि यात्रीहरुलाई यात्रा नगराउने , समयमा निश्चित स्थानमा पुग्न सकिने र यात्रीहरू पनि गन्तव्य स्थानमा सजिलै पुग्ने हुँदा आज यात्रीहरु सुवेदी नै रोजेको देखिन्छ । ३३ वर्षसम्म यातायात चलाए तर अहिलेसम्म कुनै पनि दिन सवारी दुर्घटना हुन परेन सायद घरबाट निस्किने क्रममा पत्नी लक्ष्मीले बालेको दियो तुलसीको मठको आशीर्वाद र भगवानको कृपाले आजसम्म मलाई राम्रै हुन पुगेको छ। र भोलिका दिनमा पनि कुनै अप्रिय घटनाहरु नघटुन भन्ने आशा र अपेक्षा लिँदै आएको आउनुभयो। बालाई सम्मान चाहिएको छैन ।

    यात्री सम्बन्धित निश्चित ठाउँमा पुग्न चाहेका छन् । नजिकै पर्ने गाउँ र टोलमा भने बाले घर आँगनमै पुर्‍याएको कारणले आज यात्रीहरू सन्तुष्टि देखिन्छन् र दैनिक सम्पर्कमा रहने गर्छन् । तर बालाई फोन गर्नेको लर्को लाग्ने रहेछ। अझ अचम्मको कुरा के छ भने यो जमानामा पनि सबै यातायातका साधनामा प्राय गरी गीत बज्ने र बजाउने चर्को आवाज दिने खालका म्युजिकहरू बज्ने गर्छन्। तर बाले यस विषयलाई विशेष केन्द्रबिन्दु नबाइ यात्रा गराउनु हुन्छ छ। किनकि आफूले यसरी ठूलो मोबाइल गीत बज्ने मोबाइल यात्रामा प्रयोग नगरेको बताए । यसले गीत बजाउँदै गर्दा दुर्घटना समेत हुन सक्ने सम्भावना भएकाले कुनै गीत बजाउने र मोबाइल बोक्ने रहर गर्नुभएन। जतिखेर यात्राबाट काम सकेर घर फर्किएपछि पत्नी लक्ष्मी कुमारी संगै सामाजिक सञ्जाल प्रयोग गरी दिनभरि के के भए छ भनेर खवर हेर्न मन पराउनुहुन्छ । त्यसैले सुवेदी बा अहिलेसम्म यात्रा गराउदै रम्नु भएको छ

  • संघर्ष र सेवाका भावले भरिएको सुवेदीवाको कथा

    संघर्ष र सेवाका भावले भरिएको सुवेदीवाको कथा

    चुरामणि  तिमिल्सिना  असार ७ रिडी

    गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम अमराइका ५८ वर्षीय तिलकराम सुवेदीले सवारी चलाउँदै गरेको ३३ वर्ष पुगेछ। ३३ वर्षदेखि निरन्तर रुपमा यातायातमा रम्दै आएका सुबेदिलाई कहिल्यै थकाइ लागेन ।उनी घरमा बस्न भन्दा यात्रा गर्न र गराउनमा खुसी हुन्छन्। सानैदेखि यातायात चलाउने रहर गरेका सुबेदि सडकमा रम्न रुचाउने गर्दछन्।

    सुन्दा पनि अचम्म परिवारले भो बाबा अब त घरमै बसेर आनन्द लिनुहोस भनेर बारम्बार आग्रह गर्छन्। श्रीमती लक्ष्मी कुमारी सुवेदीले पनि अब धेरै कति चलाउनुहुन्छ गाडी अरुलाई र आफू यात्रा गर्दागर्दै जिन्दगी नै सकिन लाग्यो।भो अब त घरमै बसौँ। आनन्द लिगौ भनेर भन्थिन् केही महिना विश्राम लिन मन भो तर मनले मानेन पुनः यात्रामै फर्किए। गुल्मीको छत्रकोटदेखि बुटवलसम्म दैनिक कालो प्लेटमा यात्रा गराउन सफल भएका सुवेदी बा यसैमा खुशी हुनुहुन्छ ।उहाँले बन्द बोडि बोलेरो चलाउँदै यात्रा गर्नुहुन्छ।

    सडकमा प्रहरी पोस्ट प्रशस्त रहेका छन श्रीङ्गा, रिडी ,यस्तै हार्थोक तानसेन, बर्तुङ, दोभान र बुटवल यी यातायातका चेकिङ हुने प्रमुख क्षेत्र हुन्। तर अहिलेसम्म तिलकरामलाई प्रहरीले चेकिङ गरेन न त कहिल्यै सोधपुछ गर्यो न त लाइसेन्स नै खोज्यो। गाडीमा ढाका टोपी लगाएर ज्वारीकोट लगाएर हिँडेका सुवेदी बा पुलिसले नबोलाउँदै पुलिसलाई नमस्कार गर्ने बानी बसालेका कारणले आज सुवेदी लाई प्रहरीले कहिले कहिले पनि चेकजाँच गरेन बाको इमान्दारिता निकै रहेछ। बासँग रिडीदेखि बुटवलसम्म यात्राको क्रममा दुःख सुखका र रमाइला गफ गर्दै पुगियो। बाका गफ सुन्दै प्रहरीलाई गर्ने सम्मान यात्रीलाई ओलार्ने र झराल्ने बेलामा गरेको त्यो सम्मान र त्यो विदाईले सुबेदिको गाडीमा नचण्डने यात्री बिरलै भेटिए ।

    न घाम न पानी न जाडो जुनसुकै समयमा पनि सुवेदी बा अमराइबाट निस्किनछन। सुवेदी बाले अहिलेसम्म बिट मार्ने योजना बनाएनन् न त बाको गाडी सानो छ न त ठूलो क्षमता भएको छ नौवटा सिट क्षमता भएको गाडीमा आएको पनि लामो समय भएछ। बाले थप्दै भनुभयो सम्मान गर्ने तरिकाले आज प्रहरीले कहिलै सोधपुछ गरेन झन्डै गाडीको सबै खर्च कटाएर ४०-४५ हजार आफूले बचत गर्न सफल भएको बताउनु भयो ।
    आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिएर छोरीलाई विवाह गराएर पठाए र छोराले पनि राम्रो शिक्षा अध्ययन गरिरहेको छ। यो मेरो कमाईबाट हो। कोही मान्छे नभए पनि बाटोमा भेटि हाल्छ कि कतै मेरो सुवेदी एक्सप्रेस त कुरेका छैनन् भन्ने पनि लाग्न थाल्यो। तेहि कारणले पनि आज यो गाडीले मलाई दैनिक बुटवल पुर्याएको छ। म कसैसँग दुश्मन हुन चाहन्न । मेरो सवारीमा आइदिए हुन्थ्यो नि भन्ने भावना कहिल्यै मनमा लागेन । यसैमा सन्तुष्टि लागेको छ। हुन त मेरो त्यस्तो केही मोहित पार्ने क्षमता छैन तर पनि यात्रीहरु आउने गर्दछन्। किनकि मेरो एउटा बानी छ सिट क्षमताभन्दा कुनै पनि यात्रीहरुलाई यात्रा नगराउने , समयमा निश्चित स्थानमा पुग्न सकिने र यात्रीहरू पनि गन्तव्य स्थानमा सजिलै पुग्ने हुँदा आज यात्रीहरु सुवेदी नै रोजेको देखिन्छ । ३३ वर्षसम्म यातायात चलाए तर अहिलेसम्म कुनै पनि दिन सवारी दुर्घटना हुन परेन सायद घरबाट निस्किने क्रममा पत्नी लक्ष्मीले बालेको दियो तुलसीको मठको आशीर्वाद र भगवानको कृपाले आजसम्म मलाई राम्रै हुन पुगेको छ। र भोलिका दिनमा पनि कुनै अप्रिय घटनाहरु नघटुन भन्ने आशा र अपेक्षा लिँदै आएको आउनुभयो। बालाई सम्मान चाहिएको छैन । यात्री सम्बन्धित निश्चित ठाउँमा पुग्न चाहेका छन् । नजिकै पर्ने गाउँ र टोलमा भने बाले घर आँगनमै पुर्‍याएको कारणले आज यात्रीहरू सन्तुष्टि देखिन्छन् र दैनिक सम्पर्कमा रहने गर्छन् । तर बालाई फोन गर्नेको लर्को लाग्ने रहेछ। अझ अचम्मको कुरा के छ भने यो जमानामा पनि सबै यातायातका साधनामा प्राय गरी गीत बज्ने र बजाउने चर्को आवाज दिने खालका म्युजिकहरू बज्ने गर्छन्। तर बाले यस विषयलाई विशेष केन्द्रबिन्दु नबाइ यात्रा गराउनु हुन्छ छ। किनकि आफूले यसरी ठूलो मोबाइल गीत बज्ने मोबाइल यात्रामा प्रयोग नगरेको बताए । यसले गीत बजाउँदै गर्दा दुर्घटना समेत हुन सक्ने सम्भावना भएकाले कुनै गीत बजाउने र मोबाइल बोक्ने रहर गर्नुभएन। जतिखेर यात्राबाट काम सकेर घर फर्किएपछि पत्नी लक्ष्मी कुमारी संगै सामाजिक सञ्जाल प्रयोग गरी दिनभरि के के भए छ भनेर खवर हेर्न मन पराउनुहुन्छ । त्यसैले सुवेदी बा अहिलेसम्म यात्रा गराउदै रम्नु भएको छ

  • धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
    २०८२/०३/०५

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको क्रममा स्थानीय जनताले उठाएका गुनासा, सुझाव र जिज्ञासाहरूको सम्बन्धित सरोकारवालाले प्रत्यक्ष जवाफ दिएका थिए ।

    गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल उपाध्यक्ष सिता गिरी, वडा अध्यक्ष पदम बहादुर बिस्ट, हाडहाडे स्वास्थ चौकी प्रमुख बाबुराम पोख्रेल , सोमर भोमर माबिका प्रधानाध्यापक कृष्ण काउछा , निन्यु माध्यमिक विद्यालयका बिध्यार्थी र वडा सचिव नारायण पन्थिले ले जनताले राखेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

    कार्यक्रममा जनताले विद्यालयको समस्या, स्वास्थ्य सेवाको असन्तुलन, कृषिमा प्रविधिको अभाव, विकास निर्माणमा ढिलाई लगायत विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

    गाउँपालिका अध्यक्ष भुपाल पोखेल ले भन्नुभयो, “हामी प्रत्यक्ष जनतामाझ आएर उहाँहरूको समस्या सुन्न अनि समाधानको लागि जवाफदेही हुन यो कार्यक्रम गरेका हौँ । तपाईँहरूले गुनासो राख्न पाउनुभयो, हामीले जवाफ दिन पायौँ – यो नै लोकतन्त्रको सुन्दर अभ्यास हो।”

    वडा अध्यक्ष पदम बिस्टले वडाले चालु आर्थिक वर्षमा गरेका काम, आगामी योजना, बजेटको विषयमा जानकारी गराउनुभयो । साथै, नागरिकको चासोअनुसार प्राथमिकता तय गरिने कुरा पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा टोल विकास समितिका अध्यक्ष, प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालय व्यवस्थापन समिति, महिला समूह, कृषक समूह, जनप्रतिनिधि, विद्यार्थी, स्थानिय क्लब र युवा लगायतको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको सन्चालन हुमाकान्त पोखेलले गर्नु भएको थियो

  • धुर्कोट गाउँपालिका–६ रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    धुर्कोट गाउँपालिका–६ रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    धुर्कोट गाउँपालिका–६ रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
    २०८२/०३/०३

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको क्रममा स्थानीय जनताले उठाएका गुनासा, सुझाव र जिज्ञासाहरूको सम्बन्धित सरोकारवालाले प्रत्यक्ष जवाफ दिएका थिए ।

    गाउँपालिका उपाध्यक्ष सिता गिरी, वडा अध्यक्ष कृष्ण बहादुर नेपाली, धुर्कोट आधारभूत अस्पतालका डाक्टर लाल बहादुर थापा, धुर माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल, इन्दिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर केसी र वडा सचिव मिनबहादुर घर्ती ले जनताले राखेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

    कार्यक्रममा जनताले विद्यालयको समस्या, स्वास्थ्य सेवाको असन्तुलन, कृषिमा प्रविधिको अभाव, विकास निर्माणमा ढिलाई लगायत विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

    गाउँपालिका उपाध्यक्ष सिता गिरीले भन्नुभयो, “हामी प्रत्यक्ष जनतामाझ आएर उहाँहरूको समस्या सुन्न अनि समाधानको लागि जवाफदेही हुन यो कार्यक्रम गरेका हौँ । तपाईँहरूले गुनासो राख्न पाउनुभयो, हामीले जवाफ दिन पायौँ – यो नै लोकतन्त्रको सुन्दर अभ्यास हो।”

    वडा अध्यक्ष कृष्ण बहादुर नेपालीले वडाले चालु आर्थिक वर्षमा गरेका काम, आगामी योजना, बजेटको विषयमा जानकारी गराउनुभयो । साथै, नागरिकको चासोअनुसार प्राथमिकता तय गरिने कुरा पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा टोल विकास समितिका अध्यक्ष, प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालय व्यवस्थापन समिति, महिला समूह, कृषक समूह, जनप्रतिनिधि, विद्यार्थी, स्थानिय क्लब र युवा लगायतको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार रमेश पन्थी ले गर्नुभएको थियो भने संचालन बासुदेव पोखरेल ले गर्नुभएको थियो । साथै कार्यक्रममा वडा सचिव मीन बहादुर जिसिले गाउपालिका बाट परेका योजना छनोटको प्रक्रिया , स्थानीय बालमैत्री कार्यक्रम र यसको प्रभावकारिता काम भएका योजना तथा नभएका योजनाको बारेमा जानकारी दिनु भएको थियो जसमा यो आर्थिक बर्षमा ७७ वटा योजना परेकोमा ६७ वटा सम्पन्न भएको , ७ वटा भुक्तानी हुन बाकी , ३ वटा काम नभएको बताउनु भयो । यस्तै वडा स्तरमा ४ वटा सप्टोयर , ८ वटा बाल क्लब दर्ता रहेको पनि उहाले बताउनु भयो ।धुर्कोट गाउपालिका वडा न ६ मा यश आर्थिक बर्षमा १ करोड ८७ लाख २८ हजार ३२”रुपैया सामाजिक सुरक्षा तर्फ बितरण गरि भने ५५३ जनाले लाभ लिनु भएको छ यस्तै राजस्व तर्फ यो आर्थिक बर्षमा ४ लाख उठाउने लक्ष्य रहेता पनि ३लाख ६० हजार राजस्व उठाइएको उहाले छ । भने अर्को बर्ष मा ५ लाख उठाउने लक्ष्य रहेको सचिव घर्तीले बताउनु भएको छ । धुर्कोट गाउपालिका वडा न ६ मा यो बर्ष १९ परिवार बसाइँ सराइ गरेको बताउनु भयो ।

  • गुल्मीको मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल बजारमा

    गुल्मीको मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल बजारमा

    गुल्मी जिल्लामा उत्पादित धानको चामल बजारमा आएको छ धुर्कोट गाँउपालिकाका किसानले उत्पादन गरेको धानलाई ब्यबसायी रुपमा बजारीकरण गर्न धुर्कोटे चामल नामाकरण गरीएको हो धुर्कोट गाउँपालिका वडा नम्बर ६ सिस्तुङका किसान मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामललाई नै ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको हो ।

    स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी बजारमा पठाइएको हो । २५ किलोग्रामको बोरामा प्याक गरिएको चामललाई धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्यक्रमकाबीच चामल प्याकेजिङ कार्यको शुभारम्भ गरेसंगै बजारीकरण शुरु भएको छ । धुर्कोट गाउँपालिकाको सहयोगमा हेफर नेपालको प्राविधिक साथ रहेको बताइएको छ । २५ किलाको बोरालाई २ हजार ५ सयमा बेच्ने गरी मूल्य तयार पारीएको छ । गत सालको मंसिर महिनामा किसान अर्यालले पहिलोपटक उत्पादन गरेको ४ सय मुरी धानको निक्कै चर्चामा आएको थियो ।

  • लुम्बिनीको बजेट आज :कृषि , पुर्वाधार  र रोजगारीलाई प्राथमिकता

    लुम्बिनीको बजेट आज :कृषि , पुर्वाधार र रोजगारीलाई प्राथमिकता

    दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज (आइतबार) बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिएका छन् ।

    बजेटसँगै मन्त्री कार्कीले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पनि प्रदेश सभामा पेश गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रमको आधारमा तयार गरिएको यो बजेटले लुम्बिनी प्रदेशको समृद्धि, सुशासन र सामाजिक न्यायलाई सन्तुलितरूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

    लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेटमा कृषि, रोजगारी, पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, वातावरण, सूचना प्रविधि र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्ने तयारी गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले बार्षिक नीति तथा कार्यक्रमको जगमा उभिएर सरकारले बजेट ल्याउन थालेको बताएका छन् । प्रदेशको समृद्धि र विकासलाई लयमा हिडाउनेगरी सरकारले बजेटका प्राथमिकताहरु तय गरेको मुख्यमन्त्री आचार्यले स्पष्ट पारेका छन् ।‘प्रदेशबासीको विकास प्रतिको तिब्र चाहनालाई बजेटले प्राथमिकतामा राखेको छ’ आचार्यले भने,‘कृषि, पर्यटन, उद्योग लगायतलाई समृद्धिको आधारको रुपमा मानेका छौं ।’ मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याइने स्पष्ट पार्दै, यस बजेटले लुम्बिनी प्रदेशको समग्र समृद्धि र जनताको जीवनस्तर उकास्न सघाउने विश्वास व्यक्त गरेका छन् । उनले बजेटले प्रदेशको सामाजिक र आर्थिक रूपान्तरणमा टेवा पु¥याउने समेत बताए ।

    चालू आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेशले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि बजेटको आकार केही घटाएर ल्याउने तयारी सरकारको रहेको छ । स्रोत परिचालनमा देखिएको चुनौती, खर्चको प्रभावकारिता र प्राथमिकताका पुनःनिर्धारणका आधारमा बजेटको आकार सन्तुलित बनाइने जनाइएको छ । सरकारले ल्याउन लागेको बजेटले समावेशी, जनउत्तरदायी र परिणाममुखी नीति र कार्यक्रममार्फत लुम्बिनी प्रदेशको समृद्धि यात्रालाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

    कृषि र रोजगारीलाई प्राथमिकता
    प्रदेश सरकारले कृषिमा यान्त्रीकरण, बीउ तथा मलको सहज आपूर्ति, सिंचाइको पहुँच विस्तार, कृषि बजार व्यवस्थापन, अनुसन्धान तथा प्रविधिको हस्तान्तरण, किसानलाई सहुलियतपूर्ण ऋण तथा बीमा जस्ता कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखेको छ । कृषि उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्र सशक्त बनाउने उद्देश्य सरकारले लिएको छ । युवाहरूलाई उद्यमशीलता र सीपमूलक तालिममार्फत रोजगारीमा जोड्ने, स्वरोजगार कार्यक्रम विस्तार गर्ने, घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम पनि बजेटको केन्द्रमा हुने छन् । रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई लक्षित बजेट निर्माणमा सरकार केन्द्रीत भएको जनाइएको छ ।

    पूर्वाधार र विकास निर्माणमा जोड
    पूर्वाधार निर्माणलाई गतिशील बनाउन सडक, पुल, सिंचाइ, खानेपानी, ऊर्जा, आवास तथा डिजिटल पूर्वाधारको विकासमा ठूला बजेट विनियोजन गरिने सरकारको तयारी छ । प्रदेश राजमार्ग विस्तार, ग्रामीण सडक स्तरोन्नति, नदी नियन्त्रण, र स्थानीय पूर्वाधारमा लगानी वृद्धि गरिदैछ । त्यस्तै, पर्यटन प्रवद्र्धनका लागि बौद्ध दर्शन मार्गको विकास, लुम्बिनी र आसपासका क्षेत्रको संरचना सुधार, आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक गन्तव्यको रूपमा उभ्याउने रणनीति बजेटमा समेटिनेछ ।

    शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा
    शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवाह, विद्यालय सुधार योजना, प्रविधिमैत्री शिक्षा कार्यक्रम, तालिम केन्द्र स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवद्र्धन जस्ता कार्यक्रमहरू बजेटमा प्राथमिकतामा परेका छन् । स्वास्थ्य सेवाको पहुँच विस्तार, सुविधा अभावमा रहेका अस्पतालको स्तरोन्नति, विशेष उपचार सेवाको विकास, सुरक्षित मातृत्व कार्यक्रम तथा दूरदराज क्षेत्रका स्वास्थ्य संस्थामा जनशक्ति तथा औषधि सुनिश्चिततामा बजेट केन्द्रित गरिने छ । अपांगता भएका व्यक्तिहरूको संरक्षण, बालबालिका र ज्येष्ठ नागरिकका लागि लक्षित कार्यक्रम, महिला सशक्तिकरणका कार्यक्रम पनि बजेटमा समावेश गरिने तयारी भएको छ ।