असार १० चुरामणि तिमिल्सिना सत्यवती गाउँपालिकाको १७औं गाउँसभा गाउँपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच सुरु भएको छ। गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा सुरु भएको सभामा उपाध्यक्ष निरमाया तरामु र प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव कमलप्रसाद भुसालले सभाको सहजीकरण गर्नु भएको थियो।

सभाको प्रारम्भिक चरणमा पालिकाले आर्थिक वर्षभित्र सम्पन्न गरेका गतिविधिहरू, तिनको प्रगति र कार्य सम्पादन विवरणबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। सभामा कृषि, पर्यटन, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, दिगो विकास, न्याय सम्पादन लगायतका विविध कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

सभा अवधिभर विभिन्न समितिका संयोजकहरूले आ-आफ्नो जिम्मेवारीअनुसारको प्रतिवेदन प्रस्तुत गर्न थालेका छन्। बैठक निरन्तर रूपमा सञ्चालन भइरहेको छ। यस अधिवेशनमार्फत आगामी वर्षको नीति तथा कार्यक्रम, बजेट तथा स्थानीय आवश्यकता पहिचानमा समेत गहिरो छलफल समेत अगाडी बढिरहेको छ ।



