Category: समाचार

  • सत्यवती गाउँपालिकाको १८औँ गाउँसभाको पहिलो बैठक सुरु

    सत्यवती गाउँपालिकाको १८औँ गाउँसभाको पहिलो बैठक सुरु

    चुरामणि तिमिल्सिना  रिडी

    सत्यवती गाउँपालिका, गुल्मीको गाउँसभाको १८औँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ। बैठक गाउँसभाका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो।पहिलो बैठकमा विभिन्न विषयगत समितिका संयोजकहरूले आ–आफ्ना कार्यक्षेत्रअन्तर्गत गरेका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा कृषि क्षेत्रमा फड्को मारेका भौतिक संरचना निर्माण, सडकतर्फका अधुरा योजनाहरू सम्पन्न गर्दै सडकलाई स्तरीय बनाउने कार्य, सडकबत्ती विस्तार, पूर्वाधार निर्माण, क्षमता विकास कार्यक्रम, स्वास्थ्य सेवामा पहुँच, सरसफाइ तथा आयआर्जनमूलक कार्यक्रमलगायतका विषय समेटिएका थिए।


    बैठकमा गाउँपालिका उपाध्यक्ष निर्माया तरामुले बजेट रकमान्तरसम्बन्धी विषयमा स्पष्ट पार्दै न्यायिक क्षेत्रमा पालिकाले गरेका गतिविधिहरूको विवरण प्रस्तुत गर्नुभयो।

    सभाको सहजीकरण गर्दै गाउँसभाका अध्यक्ष पाण्डेले बैठकका क्रममा सदस्यहरूले उठाएका जिज्ञासाहरूको उत्तर दिँदै पालिकाको पहिलो प्राथमिकता बेरुजु शून्यमा झार्ने उपाय अवलम्बन गर्नु, कृषकलाई प्रोत्साहन गर्दै उद्यमी निर्माण गर्नु, शैक्षिक सुधार, पूर्वाधारलाई व्यवस्थित बनाउनु तथा कृषि क्षेत्रबाट मनग्य आम्दानी गर्ने वातावरण सिर्जना गर्नु रहेको बताउनुभयो।

    बैठकको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले गर्नुभएको थियो।

  • रुरु  गौसेवा आश्रममको पाचौं  साधारण सभा  सम्पन्न

    रुरु गौसेवा आश्रममको पाचौं साधारण सभा सम्पन्न

    चुरामणि तिमिल्सिना  रिडी पुस २१

    रुरु गौ सेवा आश्रम तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको पाँचौं वार्षिक साधारण सभा शनिबार गौ आश्रममा सम्पन्न भएको हो। आश्रम व्यवस्थापन समितिका अध्यक्ष राजु मल्लको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीज्यूको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै कार्यक्रममा जग्गा तथा दानवीरदाताको विशिष्ट आथित्य्ता रहेको थियो। संस्थाका उपाध्यक्ष सीता ज्ञवाली ज्यूले कार्यक्रममा स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो।

    व्यवस्थापन समितिका कोषाध्यक्ष जीवन कुमार कसजु र संस्थाका संरक्षक शंकर गिरीज्यूले आर्थिक वर्ष ८१ ८२ मा भए गरेका गतिविधि महायज्ञको खर्च सार्वजनिक यस्तै हालसम्म गौशालाले गरेका उपलब्धिहरुलाई चर्चा भाबि आश्रमका योजना समेत प्रस्तुत गर्नुभएको थियो।

    झण्डै ११५ वटा गाईहरू रहेको यस आश्रम सञ्चालन गर्न निकै कठिनाइ भएकोले स्थानीय स्तरबाट घाँस पराल दाउरा गाई आहार मात्रै सञ्चालन गर्न समस्या भएकोले केन्द्रीय सरकार नै यसका लागि लाग्न अत्यन्तै आवश्यक भएको कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले बताउनुभयो। गाउँघरमा छाडिएका गाईहरू तथा बगरमा दुःख पाएका गाईहरूलाई एकत्रित गरी गौशालाको निर्माण गरी सञ्चालन गर्न त्यति सजिलो नभएको र थप अन्यत्र देशमा लैजान लागेका गाईहरुलाई समेत चुनौतीका साथ फर्काई यस आश्रममा सेवा समेत भइरहेको कार्यक्रमका वक्ताहरुले बताउनुभयो।

    छिमेकी स्थानीय निकायहरू र स्थानीय सरकारले आफ्नो पहल र प्रयास आफ्नो कदमीले दिन सक्ने आर्थिक सहयोग समेत यहाँ गरिरहेकोले यो गौवा यहाँसम्म आइपुगेको कार्यक्रमका अध्यक्ष राजु मल्लले जानकारी दिनुभयो स्थानीय सरकार यदि नरहने हो भने यो आश्रम सञ्चालन गर्न नसकिने बताउनुभयो छिमेकी वडा र पालिका का बस्तीमा समेत यहाँका दुध दिने गाईहरु लैजाने गरेको र गोबरहरु समेत बिक्री हुँदा केही आम्दानी समेत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। स्वर्गीय पशुपति प्रसाद अमात्य ज्यूले गायत्री आश्रमलाई प्रदान गरिएको जग्गामा अहिले रुरु गौ सेवा आश्रम सञ्चालन भएको छ।

    अमात्यप्रति कार्यक्रमका वक्ताहरुले श्रद्धा सुमन व्यक्त समेत गर्नुभएको थियो। गाईबाट उत्पादन हुने दुध दही घिउ यस्तै गहुत र गोबरबाट विभिन्न महत्वपूर्ण सामग्री निर्माण हुने हुँदा यसका निम्ति यस आश्रममा पानीकै अभावको कारणले यी सामग्री उत्पादन गर्न नसक्दा आश्रमलाई आम्दानी नभएको संस्थाका संरक्षक तथा गौ अभियान्ता गिरीले बताउनुभयो। कार्यक्रममा योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव त्रैलोक्य न्यौपाले गर्नुभएको थियो कार्यक्रममा गौ प्रेमी भक्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • ३० वर्षपछि दिदी–भाइको पुनर्मिलन : भाइटिकाको भावनाले गदगद परिवार

    ३० वर्षपछि दिदी–भाइको पुनर्मिलन : भाइटिकाको भावनाले गदगद परिवार

    ३० वर्षपछि दिदी–भाइको पुनर्मिलन : भाइटिकाको भावनाले गदगद परिवार

    पाल्पा चुरामणि तिमिल्सिना   कार्तिक  ६

    आज शुभ दीपावली अर्थात् भाइटिका लगाउने पवित्र दिन। परम्पराअनुसार दिदीबहिनीहरू टाढा भए पनि भाइटीका नजिकिँदै गर्दा महिनौँअघिदेखि नै माइत आउने तयारी थाल्ने चलन रहँदै आएको छ। यही परम्पराको सुन्दर झल्को पाल्पा जिल्लाको रिद्धिकोट गाउँपालिका–१ ख्याहामा देखिएको छ।

    त्यहाँका नारायण न्यौपानेले आफ्नी जेठी दिदी सुमित्रा भण्डारीसँग ३० वर्षपछि भाइटिका लगाउने अवसर पाएका छन्। लामो समयपछि भेटघाट भएको यो क्षणले नारायण मात्र होइन, उनका बुबाआमा र सम्पूर्ण परिवारलाई खुसीले गदगद बनाएको छ। सामूहिक रूपमा टिका लगाएर तस्बिर खिच्ने क्रममा परिवारका सदस्यहरूमा उत्साह झल्किन्थ्यो।

    दिल्लीबाट विशेष तयारीसहित आएकी सुमित्रा भण्डारीले भनिन्,

    “आज भाइसँग ३० वर्षपछि भाइटिका लगाउँदा असाध्यै मन खुसीले गदगद भयो। यति लामो समय कसैलाई नपरोस् भन्ने मेरो कामना छ।”

     

    उनीसँग अन्य दुई दिदीबहिनीहरूले पनि पालैपालो भाइलाई टिका लगाइन्। टिका लगाइसकेपछि दाजुभाइ, बुबाआमा र दिदीबहिनीहरूले आँगनमै भैलो खेल्दै रमाइलो गरे।

    यसरी लामो समयपछि भेटघाट र माया साटासाटका साथ मनाइएको न्यौपाने परिवारको दीपावली, प्रेम, पारिवारिक एकता र संस्कृतिको गहिरो अभिव्यक्ति बनेको छ।

  • रुरुधाम रिडीमा मंसिर ९ गते एघारौँ भजन महोत्सव तथा दोहोरो शंख प्रतियोगिता हुने

    रुरुधाम रिडीमा मंसिर ९ गते एघारौँ भजन महोत्सव तथा दोहोरो शंख प्रतियोगिता हुने

    रुरुधाम रिडीमा मंसिर ९ गते एघारौँ भजन महोत्सव तथा दोहोरो शंख प्रतियोगिता हुने

    पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरुधाम रिडीमा आगामी मंसिर ९ गते एघारौँ भजन महोत्सव तथा दोहोरो शंख प्रतियोगिता हुने भएको छ। रुरु धार्मिक सेवा सञ्चार प्रालिको आयोजनामा हुन लागेको सो कार्यक्रम विवाह पञ्चमीको अवसर पारेर आयोजना गर्न लागिएको हो।

    प्रालिका अध्यक्ष चुरामणि तिमिल्सिनाका अनुसार पछिल्ला वर्षहरूमा लोप हुँदै गएका लोक भजनहरूको संरक्षण गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो। उनले भने, “सनातन हिन्दू धर्म, संस्कार र संस्कृतिका रूपमा रहेका लोक भजनहरूको संरक्षणका लागि हामी निरन्तर अग्रसर छौँ। महोत्सव र प्रतियोगितामार्फत् भजन प्रवर्द्धन गर्न विगत १० वर्षदेखि सक्रिय छौं।”

    उनका अनुसार युवा पुस्ता विदेश पलायन र पुस्तान्तरण नहुँदा लोक भजनको परम्परा संकटमा परेकाले यस किसिमका कार्यक्रम अत्यावश्यक भएका हुन्। महोत्सवमा विगतका वर्षझैँ दोहोरो शंख प्रतियोगिता, कालीगण्डकी दीप प्रज्वलन, पत्रकार, उत्कृष्ट कृषक तथा दानदातालाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ। साथै विभिन्न पाठ, चौरासी पुजा, तुलादान, पारायण तथा विविध धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्।

    भजन प्रतियोगितामा प्रथम हुनेले रु १५,००० र प्रमाणपत्र, द्वितीयले रु १०,००० र प्रमाणपत्र, तृतीयले रु ७,००० र प्रमाणपत्र, सान्त्वना हुनेले रु ३,००० र प्रमाणपत्र पाउनेछन्। सहभागी सबैलाई रु १,५०० र प्रमाणपत्र दिइनेछ।

    शंख बजाउने प्रतियोगितामा भने प्रथमले रु २,०००, द्वितीयले रु १,५००, तृतीयले रु १,००० र दुई सान्त्वना विजेताले रु ५०० का दरले पुरस्कार प्राप्त गर्नेछन्।

    महोत्सवको प्रचारप्रसार मर्यादित र प्रभावकारी बनाउन पत्रचार र विभिन्न स्थानहरूमा पुगेर तयारी कार्य अघि बढाइएको रुरु अनलाइन सञ्चार प्रालिका प्रधान सम्पादक विष्णु प्रसाद पाण्डेले बताए। उनका अनुसार महोत्सवमा सहभागी भक्तजनका लागि भण्डाराको व्यवस्था समेत गरिएको छ।

    कार्यक्रमका क्रममा सम्पूर्ण पितृहरूको सम्झना गर्दै पुराण पाठ पारायण, चौरासी पुजा, वेदपाठ, चण्डीपाठ, शिवपुजा र ग्रहशान्ति जस्ता धार्मिक क्रियाकलापहरू गरिनेछन्। साथै एक हजार रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दातालाई सम्मान गरिनेछ।

    रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा हुने यो कार्यक्रम धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण हुने आयोजक समितिका सहयोगी खेमराज ज्ञवालीले जानकारी दिए।

  • रुरुक्षेत्र गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

    रुरुक्षेत्र गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

    चुरामणि तिमिल्सिना  रिडी असोज    ३०

    रुरुक्षेत्र गाउँपालिकामा आयोजना गरिएको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ बुधबार गाउँपालिकाको घिउबेंसी खेलमैदानमा भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको हो।

    गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन सत्रका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्व सांसद कमलराज श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख थानेस्वर गौतम , नेपाल सरकारका पूर्व सहसचिव थानेश्वर ज्ञवाली विशिष्ट अतिथि रहनुभएको थियो।

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुद मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक भएको उल्लेख गर्दै खेलले शरीरका हरेक अङ्गको कसरत गराउने र विश्वस्तरमा पहिचान दिलाउने माध्यम भएको बताउनुभयो। उहाँले गाउँपालिकाले समयमै प्रतियोगिता सञ्चालन गरेर विद्यार्थीलाई अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा नयाँ–नयाँ खेल रचनात्मक रूपमा आयोजना गर्न आग्रह गर्नुभयो।

    त्यसैगरी, विशिष्ट अतिथि गौतमले रुरुक्षेत्र गाउँपालिकाले उपयुक्त समयमा प्रतियोगिता सञ्चालन गरेर विद्यार्थीको नियमित अध्ययनमा असर नपर्ने गरी तालिका निर्माण गरेको प्रशंसा गर्नुभयो। उहाँले अन्य स्थानीय तहहरूले पनि यस्तो उदाहरणबाट सिक्न सक्ने बताउनुभयो।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्वागत मन्तव्य राख्दै प्रतियोगिताको उद्देश्य र महत्वबारे जानकारी दिनुभयो।

    सो अवसरमा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आफ्नो मन्तव्यमा पालिकाको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै पालिकाभित्र भइरहेको स्मार्ट बोर्डसम्बन्धी विवादका विषयमा जनतालाई भ्रममा नपर्न आग्रह गर्नुभयो। उहाँले छलफल र सहमतिको माध्यमबाट समस्या समाधान गर्न सकिने बताउँदै आगामी बजेटमा जनअपेक्षा अनुरूपका कार्यक्रमहरू समावेश गरिने जानकारी दिनुभयो।

    कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, पत्रकार, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। बुधबार सम्पन्न खेलअन्तर्गत जनबोध माध्यमिक विद्यालय, रानीबासले उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ।

    कार्यक्रमको सहजीकरण जनबोध माध्यमिक विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवाली र शिक्षा शाखाका तेजबहादुर कुमालले गर्नुभएको थियो।

  • दशैं–तिहारलाई लक्षित गरी रिडी बजारमा अनुगमन, व्यापारीलाई सचेत गराइयो

    दशैं–तिहारलाई लक्षित गरी रिडी बजारमा अनुगमन, व्यापारीलाई सचेत गराइयो

    चुरामणि  तिमिल्सिना रिडी  असोज  ९

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजार क्षेत्रमा दशैं–तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष मिनादेवी गौतमको संयोजकतामा गरिएको अनुगमनमा लामोचौपारी, पुल क्याम्प, ठाडो खोला आसपासका साना–ठूला व्यापारीका पसलहरू निरीक्षण गरिएको थियो।

    अनुगमन क्रममा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ, प्याकिङ र लेबलिङ नभएका सामग्री, दैनिक प्रयोगका अखाद्य वस्तुहरू जफत गरी झन्डै २३ हजार रुपैयाँ बराबरका सामान इलाका प्रहरी कार्यालय रिडीको प्राङ्गणमा नष्ट गरिएको हो।

    टोलिले होटलहरूमा सरसफाइ अभाव, किराना पसलमा खाद्य वस्तु छुट्याएर नराखिएको, मूल्यसूची टाँस नगरेको तथा केही सामग्रीमा मनोमानी मूल्य लिएको जस्ता अनियमितता भेटिएको जनाएको छ। सचेतना अभिवृद्धि हुने क्रममा व्यापारीहरूले अब म्याद र गुणस्तर जाँच गरेर मात्र सामान बिक्री गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

  • विश्वकै पहिलो :गुल्मीको रुपाकोटमा १लाख ध्वजा अर्पण हुँदै

    विश्वकै पहिलो :गुल्मीको रुपाकोटमा १लाख ध्वजा अर्पण हुँदै

    चुरामणि तिमिल्सिना रिडी असोज  १

    गुल्मी चन्द्रकोट गाउँपालिका–७ रुपाकोटस्थित ऐतिहासिक महालक्ष्मी देवी देउराली मन्दिरमा यस वर्षको बडा दशैंलाई लक्षित गरी १ लाख ध्वजा अर्पण गर्ने तयारी तीव्र रूपमा भइरहेको छ।

    स्थानीयवासीका अनुसार देवी देउराली मातालाई भक्तिका साथ ध्वजा अर्पण गरेपछि मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ। सम्भवत विश्वकै इतिहासमा पहिलोपटक आयोजना हुन लागेको यो धार्मिक कार्यक्रम  लाई  सघाउन र प्रचारप्रसार गर्न   व्यवस्थापन समितिका अध्यक्ष राजकुमार न्यौपानेले आग्रह गर्नु भयो।

    कार्यक्रमअनुसार रुद्रावती गंगाको तटबाट ध्वजा स्नान गराई बाजागाजा, कलश यात्रा भजन–कीर्तन र झाँकीसहितको पदयात्रा गरी मन्दिरमा पुगी शंख, घण्टी र ध्वनिसहित देवीको परिक्रमा गरी एकैसाथ ध्वजा अर्पण गरिनेछ। पहिलो दिनमै हजारौं ध्वजा अर्पण गरिने भए पनि समय अभाव भए अन्य दिन पनि अर्पण गर्न सकिनेछ।

    यस अवसरमा श्रीमद् देवी भागवत महापुराण कथा प्रवचन, संगीतमय लीला, भजन–कीर्तन, हवनलगायत विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुने कोषाध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिनुभयो। विशेषगरी महाष्टमीको दिन भगवती माताको विशेष पूजा अर्चना, अष्टमी विशेष भजन–कीर्तन पनि हुनेछ।

    ध्वजालाई विजय उत्सव, श्रृङ्गार तथा भगवानलाई वस्त्र अर्पण गर्ने प्रतीकका रूपमा ग्रहण गरिने धार्मिक विश्वास रहेको धार्मिक व्यक्तित्व त्रैलोक्य न्यौपानेले बताउनुभयो। अहिलेसम्म ८५ हजार ध्वजा सङ्कलन भइसकेको र अझै आउने क्रम जारी रहेको आयोजकले जनाएका छन्।

    कार्यक्रमलाई सफल बनाउन सोर्णिम साथीभाइ युवा क्लब संयोजनमा रहेको छ भने गुल्मीबासी सबैलाई जोड्ने उद्देश्यले रामु भण्डारीलाई संयोजक तोकिएको छ। ऐतिहासिक कार्यक्रम आगामी असोज ६ गते घटस्थापनादेखि सुरु हुनेछ। यता कार्यक्रमका सहयोगि कमल सुनारले कार्यक्रमलाई सफल पार्नको लागि बुटवल लगायत विभिन्न स्थानमा संचार को प्रयोग गरि सहयोग गर्न आग्रह गर्दै सबैलाई एक पटक मन्दिरको पुन्य कार्यमा जानका लागि आग्रह समेत गर्नु भएको छ।

  • गुल्मीको चन्द्रकोटमा इतिहासकै पहिलो धजा महोत्सव, १ लाख धजा अर्पण गर्ने तयारी

    गुल्मीको चन्द्रकोटमा इतिहासकै पहिलो धजा महोत्सव, १ लाख धजा अर्पण गर्ने तयारी

     

    चुरामणि तिमिल्सिना रिडी भदौ २८

    गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटमा बडा दशैंको अवसर पारेर सम्बत इतिहासमै पहिलोपटक धजा महोत्सव आयोजना हुने भएको छ। धार्मिक तथा पौराणिक दृष्टिले महत्त्वपूर्ण महालक्ष्मी देवी देउराली मन्दिर परिसरमा १ लाख धजा अर्पण गर्ने विशेष कार्यक्रमको तयारी तीव्र पारिएको छ।

    ‘एक धजा आस्था , एक लाख धजा एकता’ भन्ने मूल नाराका साथ आयोजना हुन गै इरहेको महोत्सवलाई सफल बनाउन सामाजिक सञ्जालमार्फत सहयोग र बधाई सन्देश सङ्कलनको क्रम जारी छ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार न्यौपानेका अनुसार, यस अभियानले समाजमा शान्ति–सद्भाव फैलाउने उद्देश्य लिएको छ। प्रतिपदादेखि दशैंको टिकासम्म भक्तजनले धजा अर्पण गर्नसक्ने व्यवस्था गरिएको समितिका सचिव यज्ञमूर्ति भण्डारीले जानकारी दिनुभयो।धजा महोत्सवसँगै श्रीमद् देवीभागवत महापुराण पारायण, कथा–प्रवचन, यज्ञ, भजन–कीर्तन लगायतका धार्मिक कार्यक्रमहरू पनि आयोजना हुने छन्। हालसम्म झण्डै ६० हजारभन्दा बढी धजा सङ्कलन भइसकेको समितिले जनाएको छ।

    इतिहासमै पहिलोपटक आयोजना हुन लागेको यो विशेष कार्यक्रमप्रति स्थानीयवासी उत्साहित छन्। महोत्सवलाई सफल बनाउन देश–विदेशमा रहेका सम्पूर्ण भक्तजनलाई आयोजकले सहयोग र सहभागिताका लागि अपिल गरेको छ।

  • अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनता माध्यमिक विद्यालय अस्लेवा प्रथम

    अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनता माध्यमिक विद्यालय अस्लेवा प्रथम

     

    चुरामणि तिमिल्सिना भदौ २३ रिडी गुल्मी,

    सत्यवती गाउँपालिका–१ अस्लेवा स्थित जनता माध्यमिक विद्यालयमा गुल्मी सत्यवती समाज जापानको आयोजनामा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।१२ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा जनता माध्यमिक विद्यालय अस्लेवा प्रथम स्थान हासिल गर्न सफल भएको छ। यस्तै सत्यवती माध्यमिक विद्यालय हँसरा दोस्रो, सरस्वती माध्यमिक विद्यालय लिम्घा तेस्रो तथा राम माध्यमिक विद्यालय अस्लेवा सान्त्वना स्थानमा परेका छन्।

    विजेता तथा उपविजेतालाई नगद धनराशि र प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले वैदेशिक रोजगारीमा रहेका दाजुभाइ–दिदीबहिनीले शिक्षामा पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सत्यवती समाजले धर्म, पर्यटन, शिक्षा, स्वास्थ्य र वृद्धाश्रमजस्ता क्षेत्रमा अघि सारेका योजनामा गाउँपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा विभिन्न वडाध्यक्ष, वडा सदस्य, विद्यालयका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै यस्ता रचनात्मक कार्यक्रम घुम्तीका रूपमा सञ्चालन गर्न सके विद्यार्थीमा उत्साह, ज्ञान र भ्रमणको अवसर बढ्ने सुझाव दिएका थिए।

    जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। सहायक प्रधानाध्यापक कृष्णप्रसाद पाण्डे र शिक्षक टिकाराम सुवेदीले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो।

  • रुरु क्षेत्रमा कर्मचारी युनियन गुल्मीको ३६औं स्थापना दिवसमा सेवा कार्य

    रुरु क्षेत्रमा कर्मचारी युनियन गुल्मीको ३६औं स्थापना दिवसमा सेवा कार्य

    चुरामणि तिमिल्सिना रिडी १९

    पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल तथा पवित्र तीर्थस्थल रुरु क्षेत्र रिडी ऋषिकेश मन्दिर परिसरमा खाद्यान्न , लताकपडा फलफुल र एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

    नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कल्पवासी आमाबुबा तथा जेष्ठ नागरिकलाई खाद्यान्न, लत्ता कपडा, औषधि र फलफूल वितरण गरिएको थियो।कार्यक्रमका अध्यक्ष जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे रहनु भएको थियो।
    उहाँले जेष्ठ नागरिक र कल्पवासीको सेवामा यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय सधैं सहयोग गर्न तत्पर रहने प्रतिबद्धता जनाए।

    कार्यक्रममा उपाध्यक्ष खिमराज पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो। भने सचिव डी.बी. थापाले सहजीकरण गर्नु भएको थियो। । सो अवसरमा बिरामीलाई निःशुल्क औषधि वितरण र स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो। जेष्ठ नागरिक सरस्वती देवी चालिसीले संस्थाले घरदैलोमै सेवा पुर्‍याएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता कार्य निरन्तर हुने विश्वास व्यक्त गर्नु भयो। त्यस्तै, मन्दिर व्यवस्थापन समितिका सदस्य प्रकाशलाल श्रेष्ठले कार्यक्रमप्रति शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्दै धन्यवाद दिनु भयो।