चुरामणि तिमिल्सिना रिडी
सत्यवती गाउँपालिका, गुल्मीको गाउँसभाको १८औँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ। बैठक गाउँसभाका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो।
पहिलो बैठकमा विभिन्न विषयगत समितिका संयोजकहरूले आ–आफ्ना कार्यक्षेत्रअन्तर्गत गरेका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा कृषि क्षेत्रमा फड्को मारेका भौतिक संरचना निर्माण, सडकतर्फका अधुरा योजनाहरू सम्पन्न गर्दै सडकलाई स्तरीय बनाउने कार्य, सडकबत्ती विस्तार, पूर्वाधार निर्माण, क्षमता विकास कार्यक्रम, स्वास्थ्य सेवामा पहुँच, सरसफाइ तथा आयआर्जनमूलक कार्यक्रमलगायतका विषय समेटिएका थिए।

बैठकमा गाउँपालिका उपाध्यक्ष निर्माया तरामुले बजेट रकमान्तरसम्बन्धी विषयमा स्पष्ट पार्दै न्यायिक क्षेत्रमा पालिकाले गरेका गतिविधिहरूको विवरण प्रस्तुत गर्नुभयो।
सभाको सहजीकरण गर्दै गाउँसभाका अध्यक्ष पाण्डेले बैठकका क्रममा सदस्यहरूले उठाएका जिज्ञासाहरूको उत्तर दिँदै पालिकाको पहिलो प्राथमिकता बेरुजु शून्यमा झार्ने उपाय अवलम्बन गर्नु, कृषकलाई प्रोत्साहन गर्दै उद्यमी निर्माण गर्नु, शैक्षिक सुधार, पूर्वाधारलाई व्यवस्थित बनाउनु तथा कृषि क्षेत्रबाट मनग्य आम्दानी गर्ने वातावरण सिर्जना गर्नु रहेको बताउनुभयो।
बैठकको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले गर्नुभएको थियो।









































१२ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा जनता माध्यमिक विद्यालय अस्लेवा प्रथम स्थान हासिल गर्न सफल भएको छ। यस्तै सत्यवती माध्यमिक विद्यालय हँसरा दोस्रो, सरस्वती माध्यमिक विद्यालय लिम्घा तेस्रो तथा राम माध्यमिक विद्यालय अस्लेवा सान्त्वना स्थानमा परेका छन्।





कार्यक्रमका अध्यक्ष जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे रहनु भएको थियो।
जेष्ठ नागरिक सरस्वती देवी चालिसीले संस्थाले घरदैलोमै सेवा पुर्याएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता कार्य निरन्तर हुने विश्वास व्यक्त गर्नु भयो। त्यस्तै, मन्दिर व्यवस्थापन समितिका सदस्य प्रकाशलाल श्रेष्ठले कार्यक्रमप्रति शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्दै धन्यवाद दिनु भयो।