छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनबोध माविलाई

पुस  ९ रिडी

रुरुक्षेत्र गाउँपालिका गुल्मीमा छैठौ पालीकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पौष ७ गते देखी रुरु क्षेत्र रिडी खेल मैदानमा सन्चालन भएको प्रतियोगितामा जनबोध माध्यमिक बिद्यालय रानिबास गुल्मीले १२ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गरेको छ । ग्वादी माध्यमिक बिद्यालय ग्वादीले ६ स्वर्ण पदक सहित दुत्तिय स्थान हासिल गरेको हो यस्तै प्रतियोगितामा जनज्योती माध्यमिक बिद्यालय रिमुवाले ४ स्वर्ण पदक सहित तृतीय हासिल गरेको हो।यस्तै शैक्षिक सामाग्री प्रदशनी तर्फ जनबोध माबिले गणित र सामाजिक तर्फ प्रथम र बिज्ञान तथा प्रबिधि तर्फ दुत्तिय स्थान हासिल गरेको हो , भने मार्च पास तर्फ ९ बिद्यालयलाई उछिनन्दै प्रथम स्थान हासिल गरेको हो। यस्तै रिडी माध्यमिक बिद्यालयले गणित र सामाजिक तर्फ दुत्तिय स्थान हासिल गरेको हो ।यस्तै प्रतियोगितामा गणित र बिज्ञान तर्फ जन्ज्वति माबिले तृतीय स्थान हासिल गरेको हो। भने बिज्ञान तर्फ ज्ञवाबलेट्क्सार माबिले प्रथम स्थान हासिलगरेको हो।

समापन सत्रमा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली अध्यक्षता उपाध्यक्ष मिना देवि गौतमको विशिष्ट आतिथित्यता रहेको थियो। कार्यक्रममा वडाका अध्यक्षहरु , जन्प्रतिनिध सुरक्षा निकाय पत्रकार , लगायतको आतिथ्यता थियो।

कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत् लक्षमण पाण्डेले गाउँपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधि, सामाजिक र गणित विषयमा आफूले प्राप्त गरेको ज्ञान र प्रतिभालाई प्रस्फुटन गराउनको लागि शैक्षिक सामाग्री प्रदसन तथा खेल क्षेत्र बाट बिद्यार्थीहरु लाई अनुशासन , प्रतिभा प्रस्तुत स्वस्थ रहन र निरोगी राख्न मद्दत गर्ने भएकोले यस्ता कार्यक्रम आवस्यक रहेको बताउनु भयो। कार्यक्रममा बिजेता उपबिजेता विभिन्न खेलका पुरस्कार प्रमाणपत्र नगद समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण शाखा प्रमुख तेज बहादुर कुमाल , र पत्रकार भुवन भुसालले गर्नु भएको थियो।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *