राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विजेता बनेपछि विद्यालयले गर्यो खेलाडीलाई सम्मान

चुरामणि  तिमिल्सिना पुस  १०रिडी

जनबोध माध्यमिक विद्यालय रानीबास गुल्मीमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को विजेता बनेपछि विद्यालय देखि बलेट्क्सार गाउँपालिका हुँदै पुन पन्चेबाजा सहित र्याली बजार परिक्रमा गरिएको थियो

। विद्यार्थी शिक्षक अभिभावक शिक्षाप्रेमी महानुभावहरू र स्थानीय महानुभावहरूको र्यालीमा सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्नका निम्ति कार्यक्रमका प्रमुख अतिथि रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली हुनुहुन्थ्यो। उहाँले शिक्षा र खेलकुद विद्यार्थीका गहना हुन्। यसलाई अनुशासन तरिकाले बचाउन सके लगनशील तरिकाले अध्यापन गराउन सके विद्यार्थीमा ऊर्जा बन्ने विद्यालय अगाडि बढ्ने र हरेक क्षेत्रबाट विज्ञान प्रविधिबाट एवं विद्यार्थीको सहजीकरण हुन सके विद्यालय अगाडि बढ्ने कुरामा कुनै सन्देह नभएको र शिक्षक विद्यार्थी र अभिभावकलाई शिक्षण सिकाइमा निकै खट्न आग्रह गर्नुभयो। पालिकाले शिक्षा क्षेत्रमा कुनै पनि कमजोरी तरिकाले लगानी नगर्ने आवश्यक परे भौतिक संरचनामा समेत कुनै प्रकारको समस्यामा विद्यालयलाई जुन नपर्ने बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे रहनुभएको थियो। उहाँले बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा विद्यार्थीहरूले खेलकुदमा देखाएको प्रतिभालाई कदर गर्दै र अनुशासन तरिकाले प्रदर्शन गरेको देखेर धन्यवाद दिँदै हरेक क्षेत्रबाट विद्यार्थीको उर्जाहा विद्यालयले बढाएको र अनुशासनका पाठहरू समेत सिकाएको यहाँ उत्पादन भएका विद्यार्थीहरू राष्ट्रसेवक कर्मचारी मात्र नभई हरेक तहमा छरिएर रहेको आफूले अनुभव गरेको बताउनुभयो। उहाँले यस विद्यालयलाई कुनै पनि प्रकारको प्रशासनिक कार्यमा समस्या भएमा तथा शिक्षा क्षेत्रमा कुनै पनि प्रकारको समस्या भएमा सम्बन्धित निकायमा आएर खबर गर्न समेत आग्रह गर्नुभयो।

यस्तै कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख तेजबहादुर कुमाल विशिष्ट अतिथिता रहेको थियो। उहाँले विद्यार्थी अनुशासन भएकै कारणले विद्यार्थीहरुले मेडल र प्रमाणपत्र जित्न सफल भएर यो उत्सव बनाउन सफल भएको हो ,यसै कारणले विद्यालयलाई हार्दिक बधाई छ। आगामी दिनमा पनि यो कार्यक्रम मा विद्यालयले सफलता प्राप्त गर्ने कुरामा अगाडि बढ्नेछ भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रमका अध्यक्ष रुरुक्षेत्र गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीज्यू रहनुभएको थियो।

समापन सत्रमा आफ्ना भनाई व्यक्त गर्दै पाँचौं पटकसम्म लगातार यस विद्यालयले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड आफ्नो पक्षमा पार्दै आएको छ। आगामी वर्ष पनि शिक्षक विद्यार्थी अभिभावकले मेहनत गरे पक्कै पनि आफ्नो पक्षमा हुने र दुईवटा रनिङ शिल्ड विद्यालयमा सजावटको रुपमा राख्न सकिने बताउँदै विद्यालयमा शिक्षा र खेलकुद लाई अगाडि बढाउन आफू र आफ्नो तह र तप्काबाट समबन्धित स्थानमा पुर्‍याउन अभिभावकसँग मिलेर आफू लाग्ने बताउँदै विद्यालयलाई कुनै पनि प्रकारले खस्किन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक देविराम कुवर गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102