साना किसान रिब्दीकोट ३ खस्यौली पाल्पाले मनायो २२ औं साधारण सभा तथा ८ औं अधिवेशन

चुरामणि तिमिल्सिना  रिडी  पुस  १४

साना किसान कृषि सहकारी संस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा नम्बर ३खस्यौलि पाल्पाको २२ साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षता रहेको कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायणबहादुर केसीको प्रमुख आतित्यता रहेको थियो। संस्थाकी सदस्य देवी मल्लले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो। सभामा प्रबन्धक विनिता गेवालीले वर्षभरि भए गरेका आर्थिक गतिविधि प्रस्तुत गर्दै यस वर्ष १५%का दरले लाभंश वितरण गर्ने बताउँदै आगामी दिनमा पनि यस संस्थाले थप लाभंश वितरण गर्ने र साना किसानहरुलाई माथि उकासन्न वडा र पालिकासँग समन्वय गरी विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो।

यस्तै धुर्व प्रसाद नेपालले वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समारोहमा जनप्रतिनिधि सेयर सदस्यहरू यस्तै सहकारी अभियन्ताहरू सामाजिक अभियन्ताहरू र सम्मानित व्यक्तित्वहरूले संस्थाको प्रगतिको लागि प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाले सात जना व्यक्तित्वहरुलाई विभिन्न क्षेत्रबाट समेत कार्यक्रममा सम्मान गरेको थियो।

समारोहका प्रमुख अतिथि अध्यक्ष केसीले सहकारी सञ्चालन गर्नका निम्ति कृषकसँग नजिकका कार्यक्रमहरू सञ्चालन गर्ने कृषकलाई सस्तो मूल्यमा ऋण उपलब्ध गराउने काम गरे नगरेको निरीक्षण गर्ने हरेक किसानलाई अगाडि बढाउन किसानका कुराहरुलाई सुनवाई गर्ने आवश्यक रहेको बताउनुभयो। उहाँले यहाँ फलफुल तरकारी बाट मात्रै यस सहकारीका सदस्यहरूको जीवनस्तर उकास्न सकिने भएकोले यसतर्फ सहकारीका सदस्यहरूको ध्यान केन्द्रित हुनुपर्ने आवश्यक रहेको बताउनुभयो

। यस्तै हिजै नयाँ कार्यसमितिको समेत गठन भएको छ। जसको अध्यक्षमा विष्णुप्रसाद आचार्य उपाध्यक्ष कमला खनाल सदस्यहरू नारायण बहाधुर भाट हरिमान केसी जीवन श्रेष्ठ देवी मल्ल कृष्णप्रसाद अधिकारी हरिप्रसाद खनाल राधादेवी नेपाल र सीता खड्का रहनुभएको छ। कार्यक्रमको सहजीकरण कृष्णप्रसाद अधिकारी विनीता गौतम सुनिता खनाल र विष्णु गोदारले गर्नुभएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 969

Leave a Reply

Your email address will not be published. Required fields are marked *