लायन्स क्लब अफ गण्डकी बाट रुरु धाममा आइपुगो न्यानो कपडा

चुरामणि तिमिल्सिना पुस  १४ रुरु धाम

रुरु क्षेत्र धाम रिडीमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ पोखरा गण्डकी र लायन्स क्लब अफ पोखरा गण्डकी युथ क्लबको आयोजनामा कार्यक्रम गरिएको हो। गुरुकुलका ३० जना बटुक तथा गुरुहरू तथा मन्दिर परिसरमा रहनु हुने वृद्धवृद्धा साधुसन्त तथा दुःखी असहायलाई बलाङकेट , टोपी र हाइनेक वितरण गरिएको हो।

लायन्स क्लब अफ पोखरा गण्डकीकी अध्यक्ष जुना पन्तको अध्यक्षतामा कार्यक्रम गरिएको हो। जसमा पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक सीता पाण्डे पूर्व अध्यक्ष इन्दिरा बराल त्यस्तै पूर्व अध्यक्ष तुमला श्रेष्ठ पूर्व अध्यक्ष शारदा पराजुली पूर्व अध्यक्ष हिरा भट्टराई कार्यालय सहयोगी श्याम साखी र राधिका साखिको आतिथ्यता रहेको थियो।

जाडोको महिनामा वृद्धवृद्धा हरू तथा गुरुकुलका बटुकहरू लाई सानो भएपनि मायाको चिनोको रूपमा यी कपडाहरू वितरण गरिएको र आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमका साथ यस मन्दिर परिसरमा आएर विभिन्न सामग्री हस्तान्तरण गर्ने योजना पनि रहेको र कार्यक्रम देख्दा खुशी र गर्व लागेको कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष सिता पाण्डेले बताउनुभयो। कार्यक्रममा कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्य प्रकाशलाल श्रेष्ठ पुजारी बद्रीप्रसाद भट्टराई ओमप्रकाश भट्टराई यस्तै गुरुकुलका अध्यापक मेघराज रिजालको पनि आतिथ्यता रहेको थियो।

धार्मिक पौराणिक र ऐतिहासिक एवं पर्यटकीय पवित्र तीर्थस्थल रुरु क्षेत्रधाम रिडीमा यो कार्यक्रम गर्न पाउँदा संस्थालाई अत्यन्त आनन्द भएको छ। आउँदा दिनमा पनि यस क्लबले यस्तै वृद्धवृद्धा गुरुकुलका बटुकहरु लाई साथ तथा सहयोग गर्ने सम्मान गर्ने र चिसोबाट बचाउन न्यानो कपडा वितरण गर्ने बताउनुभयो। कार्यक्रमको सहजीकरण शारदा पराजुलीले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 957

Leave a Reply

Your email address will not be published. Required fields are marked *