सत्यवतीमा राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबार बाट सुरु प्रतियोगिता उत्साहा जनक बन्दै

चुरामणि तिमिल्सिना  पुस २४  रिडी

आत्मनिर्भर सर्वाङ्गीण उन्नति, सुखी र समृद्ध सत्यवती” को मुल नारा सहित विद्यार्थीको सर्वाङ्गीण बिकासका लागि स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुदको नारा सहित नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वाधावन तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व,सत्यवती गाउँपालिकाको आयोजनामा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हिजो देखि सुरु भएको  छ

। १४ बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा विभिन्न खेलहरु खेलाइएको छ। कार्यक्रमलाई उत्घाटन गर्न उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, लुम्विनी प्रदेशसरकारका माननीय मन्त्री सिता शर्मा चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।मन्त्री चौधरीले कार्यक्रम उत्घाटन गदै सत्यवती क्षेत्र विभिन्न दृष्टिकोणले अगाडि रहेकोले पर्यटन पुर्वधार सिचाइ शिक्षा स्वास्थ्य खेलबाट अगाडी बढन आग्रह गर्दै प्रदेश सरकाले सबै प्रकारको सहयोग गर्ने बताउनु भयो।उहाँले अब हरेक महिलाहरु सक्षम भएर देश हाक्न र हरेक कार्यक्षेत्रमा जान आवस्यक रहेकाले सबैलाई विभिन्न क्षेत्रमा लाग्न आग्रह समेत गर्नु भयो।
समारोहमा पुर्व गाउँपालिका अध्यक्ष पारिस्वर ढकाल, गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको विशेष उपस्थिती रहेको थियो ।उत्घाटन सत्रमा आफना भनाइ राख्दै अधिकारी गौतमले पर्यटनबाट यो गाउँपालिका समृद्धि सुखी र आर्यआर्जनमा वृद्धि हुनेमा कुनै सन्देह नभएको बताउनु भयो।

उत्घाटन सत्रको कार्यक्रममा जनता मा.वि. का NCC को समूहले मार्चपास परेड र एरोविक्स (Song) तथा सत्यवती मा.वि. को स्काउट ग्रुपले म्यूजीकल पिटि प्रदर्शन जो.र.प्र.ला. मा.वि. को स्वागत गित र नृत्य तथा सरस्वती मा.वि. लिम्घाको देशभक्त्तिपूर्ण नृत्य प्रदर्शन गर्नुभएको थियो ।

रनिङ्ग शिल्ड प्रतियोगिता पुस २५ गते सम्म चल्नेछ । कार्यक्रममा उपाध्यक्ष निरमाया तरामुले स्वागत मन्तव्य राख्नु भएको थियो। यस्तै कार्यक्रमको सहजीकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले गर्नु भएको थियो  थियो कार्यक्रमको  अध्यक्षता गाउँपालिकाका अध्यक्ष  टिकाराम पाण्डेले गर्नु भएको  थियो ।कार्यक्रमको सन्चालन बिष्णुप्रसाद ज्ञवालीले गर्नु भएको थियो।

 

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 952

Leave a Reply

Your email address will not be published. Required fields are marked *