चुरामणि तिमिल्सिना पुस २३ रिडी
जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीले आफ्नो स्थापना कालको ५८औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह तीन दिने कार्यक्रमका साथ सोमबार सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद पाण्डे ज्यूको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे को प्रमुखआतिथ्यता रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पाण्डेले बर्तमान समयमा प्राबिधिक धारका कार्यक्रमहरु पनि आवस्यक रहेको प्रबिधि मुलक ब्य्वसायिक मुलक शिक्षालाई जोड्दै अगाडी बढन सकेमा थप बिद्यालय अगाडी बढ्ने बताउदै पालिकाबाट सबै सहयोग हुने बताउनु भयो।
समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल पालिकाका पूर्व अध्यक्ष पारिस्वर ढकाल , वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजे , पुर्व वडा अध्यक्ष भिमलाल पाण्डे को विशिष्ट आतिथ्यता रहेको थियो।
विद्यालयका शिक्षक लिलाधर ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयलाई माया गर्नु गर्नुहुने जनप्रतिनिधि , अभिभावक , विभिन्न विद्यालयका प्रधानाध्यापक ,राजनीतिक दल ,बौद्धिक व्यक्तित्व ,अक्षयकोष तथा चन्ददाता पूर्व विद्यार्थी तथा शिक्षकप्रेमी महानुभावहरुले विद्यालयको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा समेत विद्यालयले नयाँ रचनात्मक कार्यक्रम तथा प्राविधिक धार तर्फको कक्षा सन्चालन गर्नपर्नेमा जोड दिनुभएको थियो। विद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले आर्थिक वर्षभरि भएका आर्थिक गतिविधि प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा बीचबीचमा विद्यार्थीहरूले आफूले प्राप्त गरेको
तालिमको अभिनय नाटक नैतिक शिक्षा अभिभावकलाई विद्यालयप्रतिको चासो स्वास्थ्य जेष्ठ नागरिक तथा सेवामूलक विषयलाई समेट्दै नाटक मञ्चनसमेत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद पाण्डे र शिक्षक कृष्ण पाण्डेले गर्नु भएको थियो।

Leave a Reply