नेकपा माओवादी केन्द्रले कालीगण्डकी करिडोरमा योगदान दिने ब्याक्तित्व लाई धन्यवाद दिदै सम्मान गर्यो

चुरामणि तिमिल्सिना

बैशाख   १९ रिडी

गुल्मीको रिडीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कालीगण्डकी कोरिडोर राजमार्गनिर्माणर्थ महत्त्वपूर्ण पहल गर्ने अग्रजहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो। नेकपा माओवादी केन्द्र को आयोजना मा कार्यक्रम गरिएको हो। रिडीवरल्ला ,गुल्मी खण्डमा योग्दान दिनुहुने रुरु , सत्यवती र कालीगण्डकी गाउँपालिका गुल्मीका अग्रजहरुलाइ सम्मान कार्यक्रम गरिएको हो। रुरुमा

भएको सम्मान कार्यक्रममा योजना आयोगका पुर्व सदस्य सचिव युवराज भुसाल ,उपभोक्ता समितिका अध्यक्ष ओम प्रसाद न्यौपाने , पुर्व सामाजिक बिकास मन्त्री सुदर्शन बराल लगायत लाई सम्मान गरिएको थियो। नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य तथा रुरु गाउँपालिका गुल्मी अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको थियो। यस्तै प्रमुख अतिथि सम्मानित ब्यक्तित्व युवराज भुसाल रहनु भएको थियो । यस्तै विशिष्ट अतिथिमा जिल्ला समन्वय समिती गुल्मीका उपप्रमुख तेजिन्द्र सलामी , कालीगण्डकी गाउँपालिका गुल्मीकी उपाध्यक्ष मन्जु कुमारी दर्लामी , प्रदेश कमिटि सदस्य तथा पालिका इन्चार्ज, रामलाल बिक यस्तै असोक श्रेष्ठ पाटि प्रेमीहरुको आतिथ्यता रहेको थियो।

कार्यक्रममा आफ्ना भनाइ राख्दै सदस्य सचिव भुसालले धार्मिक पर्यटन को इतिहास बिकास पहल भैइरहेका कार्यहरु भौतिक सम्रचना सडक उन्नति तथा आफु कार्यालयमा रहदा भएका कार्यहरुको चर्चा गर्दै आगामी दिन्हरुमा पनि सडक तथा पुर्वधार निर्माण गर्न केन्द्र तथा योजना आयोगमा निरन्तर धाइराख्ने प्रतिबद्धता जायर गर्दै बाकि कालीगण्डकी करिडोरको कार्य तीब्र रुपमा सन्चान गर्न आयोगको ध्यानाकर्षण गराउने प्रतिबद्धता जायर गर्नु भयो ।
यस्तै मन्त्री बरालले हरेक गतिविधि गर्दा पाटिगत रुपमा नगरी समाजलाई प्रत्यक्ष फाइदा पुग्ने गरि आफुहरुले गरिएको र यसरी गरिरहदा पनि अन्य पाटिहरुले भने बाहिर कुरा काट्ने प्रबृत्ति बढिरहेको बताउनु भयो। उहाँ थप्दै भनु भयो यो धार्मिक क्षेत्रमा अध्याधिक मात्रामा पर्यटको संख्यामा वृद्धि भएकोले विभिन्न सेवा र सुबिधा पनि थप गर्न राज्य स्थानीय तह तथा केन्द्र सरकार निरन्तर लाग्न आग्रह गर्दै रुरुलाइ अगाडी बढाउन आफ्नो पहुचले भेटाए सम्म योग्दान गर्ने बताउनु भयो।


समापन सत्रमा आफ्ना भनाइ राख्दै अध्यक्ष ज्ञवाली ले बिकास गतिशील रुपमा अगाडी बढिरहेकोले केहि हद सम्म भएपनि ग्रामीण भेग बाट बसाइ सराइमा कमि भएको , धार्मिक पर्यटन कृषि मा राज्य र स्थानीय सरकार ले काम गरेको अनुभुती दियको सडक , बिकासका पुर्वधार, स्वास्थ , शिक्षा लगयतले चम्किलो पन प्राप्त गरिरहेको बताउनु भयो। कार्यक्रम गुल्मीका विभिन्न स्थानमा सम्पन्न भएका छन कार्यक्रममा विभिन्न  पालिकाका पाटिका सदस्यहरुको उपस्थिति  रहेको थियो ।कार्यक्रम को सहजीकरण  जितु तरामुले गर्नु भएको  थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1006

Leave a Reply

Your email address will not be published. Required fields are marked *