नयाँ वर्ष २०८२ सालको रुरु धार्मिक सेवा संचार प्रा लि को भित्ते पात्रो बिमोचन

चुरामणि तिमिल्सिना  बैशाख  ७  रिडी

धार्मिक स्थलहरूलाई संरक्षण गरौं पर्यटन आगमनमा वृद्धि गरौं भन्ने मूल नाराका साथ रुरु क्षेत्र धाम रिडीमा २०७१ साल वैशाख महिनाको २६ गते स्थापना भएको रुरु धार्मिक सेवा संञ्चार प्राइभेट लिमिटेड रुरु धाम रिडीले विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ।

२०८२सालको पावन अवसर पारेर रुरु धार्मिक भित्तेपात्रो विमोचन कार्यक्रम हृषिकेश मन्दिरमा सम्पन्न गरेको छ। मन्दिर परिसर निवासी जेष्ठ नागरिक मन्दिरका पुजारी सुरक्षा निकाय सम्पादक टिमहरू लगायतको कर-कमलबाट २०८२ सालको धार्मिक सेवा भित्तेपात्रो विमोचन कार्य सम्पन्न गरिएको हो। स्थापना कालदेखि नै रुरु धार्मिक सेवा सञ्चार प्राइभेट लिमिटेड रिडीले नियमित रुपमा पात्रो विमोचन गर्दै आइरहेको छ। पात्रोमा विभिन्न सूचना समाचार विज्ञापन तथा आपत्कालीन टेलिफोन नम्बर समेत राखिएको छ। गाउँ टोल छरछिमेकमा आपतकालीन समयमा भने सम्पर्क नम्बर खोज्दा नपाइने हुँदा यही पात्रोलाई प्रयोग गरेर धेरै भक्तहरुले सम्पर्कमा आएको स्थानीयहरु समेत बताउने गर्नुहुन्छ। यस क्षेत्रमा विभिन्न रचनात्मक गरेको यस संस्थाले छोटो समयमै क्षेत्रको पहिचान मा समेत टेवा पुर्‍याइरहेको छ।

समारोहमा बहालवाला पूजारी बद्रीप्रसाद भट्टराईले यस पात्र विमोचन गर्दै यस्ता रचनात्मक कार्य गरेको यस प्राइभेट लिमिटेडलाई शुभकामना तथा धन्यवाद व्यक्त गर्नुभयो। यस्तै सम्पादक टिमका खुमप्रसाद मरासिनीले यस क्षेत्रको पहिचान र पर्यटन प्रवर्धनका निम्ति यस संस्थाले पुर्याएको योगदानको समेत कदर गर्दै आगामी दिनमा समेत यस्ता रचनात्मक कार्यक्रम गर्न सल्लाह र सुझाव प्रदान गर्नुभयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 973

Leave a Reply

Your email address will not be published. Required fields are marked *