स्थानीय गाइ संरक्षणमा कालीगण्डकी गाउँपालिका स्याङ्जाको चासो
पुस १६ रुरु धाम
स्थानीय गाइ संरक्षणको लागी सामुदायिक ब्यवस्थापनमा रुरु क्षेत्रमा पालन गरीएका गाइ हरुमा विशेष गरि छाला सम्बन्धि लुतो खुइरो र किर्ना साथै जुका माटे बाट ग्रसित भएका गाइ हरुमा समस्या देखापरे पछि समितिका अध्यक्ष राजु मल्ल राणा ले कालीगण्डकी गाउँपालिका स्याङ्जा संग सहयोगको अपेक्षा गर्नुभएको थियो ।
यसै सन्दर्भमा यस समस्या लाइ निराकरण गर्नका निम्ती कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायको टोलि यस तर्फ आएको थियो,,यसैक्रममा पशु सेवा शाखाका प्रमुख राजेश पाण्डेको विशेषज्ञ टोलीले गाइको उपचारमा खटिएको थियो,यसै क्रममा लुतो खुइरोबाट ग्रसित भएका १० वटा गाइलाइ इन्जेक्सन मार्फत उपचार गरीएको हो ,भने १०० वटा गाइ लाइ पुग्ने जुका माटेको औषधि र थप ३० वटा गाइ लाइ पुग्ने लुतो खुइरोको खुवाउने औषधि साथै घाउ खटिरा र घाउमा किरा पर्दा लगाउने मलहम,स्प्रे ,कटन रोल आदि औषधि टिमका नेतृत्व कर्ता प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय ले हस्तान्तरण गर्नु भएको थियो।
कालीगण्डकी गाउँपालिका बाट कृषि अधिकृत अनुप पौडेल ,स्वास्थ शाखा संयोजक एक ब थापा र शिक्षा शाखा प्रमुख अनिल ढुंगाना आदि ब्यक्तित्वहरु उपस्थित रहेको थियो।
कार्यक्रममा पशु सेवा शाखाका प्राविधिक राजेश पाण्डेले,,गाइमा लाग्ने विभिन्न रोग बारे जानकारी गराउंदै ,रोग बाट बचाउने तरीका ,र औषधि खुवाउने तरिकाबारे जानकारी गराउनु भएको थियकार्यक्रममा
गौ सेवा आश्रमका अध्यक्ष राजु राणा मल्ल र शंकर गिरी लगायतले कालीगण्डकी गाउँपालिकाको टिमलाइ आभार संगै धन्यवाद व्यक्त गर्नु भएको थियो।