चुरामणि तिमिल्सिना चैत्र २८
गुल्मीको सत्यवती गाउँपालिका वडा न १ अस्लेवा चौर जनता माध्यमिक बिद्यालयको सभाहलमा स्थानीय व्यावसायिकहरूलाई योजना तयारी ऋण प्राप्ति सम्बन्धि एक दिने प्रशिक्षण तथा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।
घरेलुु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना सत्यवती गाउँपालिका गुल्मी र कुमारी बैंक शाखा कार्यालय रिडी गुल्मीको समन्वय मा कार्यक्रम गरिएको हो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख राजिव अर्यालको अध्यक्षता रहेको कार्यक्रममा सत्यवती गाउँपालिका गुल्मीका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यतामा रहेको थियो। यस्तै कार्यक्रममा उपाध्यक्ष निरमाया तरामु मगर ,प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल , यस्तै वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा कुमारी बैंक रिडी शाखा गुल्मीका शाखा प्रबन्धक भिष्म ज्ञवाली र घरेलुुका सहजकर्ता त्रिबिक्रम ज्ञवालीले फरक फरक बिषयमा सहजीकरण गर्नु भएको थियो ।
कुमारीका प्रबन्धक ज्ञवालीले ऋण प्राप्त गर्ने तौर तरिका यस्का फाइदा बेफाइदा बैंकको ब्याज दर बिमाका विषयबस्तु ढिला सावा ब्याज ,भुक्तानीका फाइदा बेफाइदाका विषयहरुमा प्रशिक्षण गर्नु भएको थियो । यस्तै सहजकर्ता ज्ञवालीले उद्यमीहरुलाई ब्यवसायिक बनाउने तरिका घरेलुमा दर्ताका विषयवस्तु उद्यमीलाई घरेलुको सहयोग जस्ता महत्त्वपूर्ण बिषयहरुमा प्रकाश पार्नुभएको थियो।
यस्तै कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पाण्डेले कृषकहरुलाई सटर उपलब्ध गराएको , कृषकलाई हरेक क्षेत्रमा बित्तिय सेवा सुबिधा उपलब्ध गराएको बताउन भयो । कार्यक्रममा सहभागीहरुले आफ्नाआफ्ना धारणा व्यक्त गर्नुभएको थियो।