रेन्वो इङलिस बोर्डिङ स्कूल रुरुक्षेत्र ४ ले मनायो ३२ औं जन्म उत्सव समारोह

चुरामणि तिमिल्सिना चैत्र३०   इङलिस बोर्डिङ स्कूल रुरुक्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सार गुल्मीले आफ्नो स्थापना कालको ३२ औं जन्मजयन्ती तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ ।बोर्डिङ स्कूलले अभिभावक दिवस समारोहको अवसर पारेर नतिजा प्रकाशन, पुरस्कार वितरण, अभिभावक सम्मान, पुरस्कार वितरण, शैक्षिक क्यालेन्डर समेत बिमोचन गरेको हो

।शिक्षा विकास समन्वय ईकाइ गुल्मीका इकाई प्रमुख ठानेस्वर घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका गुल्मीकी कार्यपालिका सदस्य राजकुमारी शाही, समन्वय इकाई प्राविधिक राम प्रसाद पन्थि , समाजसेवी चक्रपाणि गौतम , प्याब्सन गुल्मीका अध्यक्ष ओम टन्डनको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरुले स्वागत मन्तव्य समेत राख्दै कार्यक्रममाथि प्रकाश पारेका थिए

। समारोहमा विद्यालयका प्रधानाध्यापक योजन के.सीले विद्यालय स्थापना कालदेखि हाल सम्मका विद्यार्थीको उत्पादन यसले गरेका उपलब्धी भावि योजनाका विषयमा समेत प्रस्ट पार्नुभएको थियो। यस्तै वर्ष दिनभरी विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा बिजेता बनेका बिद्यार्थीहरुलाई पुरस्कार मेडल प्रमाणपत्र तथा नगद समेत प्रदान गरेको हो। कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रमुख अतिथि इकाई प्रमुख घिमिरेले निजी क्षेत्रको शिक्षा क्षेत्रले जिल्लामा राम्रो नतिजा ल्याइ हरेक बिधामा अब्बल रहदा जिल्लाकै नाम राखेर अगाडी बढेको देख्दा खुसी ब्यक्त गर्दै बिधालय लाई धन्यवाद दिदै आउँदा दिनहरुमा पनि थप सफलताको शुभकामना व्यक्त गर्नुभयो।
विद्यालयले हरेक वर्ष प्रदान गर्ने अभिभावक पुरस्कार यस वर्ष खिम क्षेत्री र मुना बराल लाई प्रदान प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षकहरुहरुले नतिजा सार्वजनिक समेत गर्नुभएको थियो। कार्यक्रममा बिचबिचमा बिद्यार्थी लाई पुरस्कार बितरण साथै बिद्यार्थीले विभिन्न पतिभाहरु प्रस्तुत समेत गरेका थिए। कार्यक्रमको अध्यक्ष  यम बहादुर केसीको रहेको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 973

Leave a Reply

Your email address will not be published. Required fields are marked *