मिर्मीमा पुनः चोरी व्यवसायीको पसलबाट ७ तोला सुन र नगद ८ हजार लुटियो,स्थानीय त्रसित

मिर्मीमा पुनः चोरी व्यवसायीको पसलबाट ७ तोला सुन र नगद ८ हजार लुटियो,स्थानीय त्रसित

हेलो  बिर्घा   — स्याङ्जा जिल्लाको मिर्मी फाँटस्थित बलबहादुर सुनारको “अंकित अन्जित फेन्सी पसल” र घरमा गए राति करिब २:३० बजे अज्ञात समूहले चोरी गरेका छन्। चोरहरूले पसलबाट करिब ७ तोला सुनका गहना र नगद ८ हजार रुपैयाँ चोरी गरेका छन्। चोरीपछि चोरहरू फरार भएका छन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी विर्घाको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनास्थलको निरीक्षण गर्दै आवश्यक प्रमाण संकलन गरिरहेको छ।

यो घटना वैशाख १ गते राति भएको चोरीपछि मिर्मी क्षेत्रमा पुनः दोहोरिएको चोरी हो। त्यसपछि, वैशाख ३ गते राति गल्याङ नगरपालिका–५ जोगीमारामा पूर्व वडा अध्यक्ष स्व. विष्णु क्षेत्रीको घरमा पनि तोडफोड र लुटपाटको प्रयास भएको थियो।

लगातार यस्ता घटनाहरूले स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ। स्थानीय व्यवसायीहरू र बासिन्दाहरूले रातिको समयमा सुरक्षा गस्ती बढाउन माग गरेका छन्। यस घटनाले स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्थाप्रति चिन्ता बढाएको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 973

Leave a Reply

Your email address will not be published. Required fields are marked *