अर्गली स्वास्थ्य चौकीमा प्रतिमा अनावरण, स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक सम्मान

भुवन भुसाल, पाल्पा । पाल्पाको अर्गली स्वास्थ्य चौकीमा स्वर्गिय पुस्करनाथ भट्राई, स्वर्गिय हरिकला र स्वर्गिय भिमकला भट्राईको स्मृतिमा निर्मित प्रतिमा अनावरण गरिएको छ । सोहि अवसरमा बिशेषज्ञ डाक्टरहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण र ज्येष्ठ नागरिक सम्मान समेत गरिएको छ ।

 

अर्गली स्वास्थ्य चौकि निर्माणका लागी जग्गा दान गर्नुभएका भट्टराई परिवारले आफ्ना दिवंगत हुनुभएका मातापिताको शालिक निर्माण गरि शुक्रबार अनावरण गरिएको हो । शालिक अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथी १००८ स्वामी विबेकानन्द सरस्वती जि महाराजले जिवनपर्यन्त समेत जिवित रहनका निम्ती समाजका निम्ती केहि गर्नुपर्छ भन्ने उदाहरण भट्टराई परिवारले प्रस्तुत गरेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले गृहस्थ जिवन बाँचेका मानिसमा ३ स अनिवार्य हुने र त्यो सन्तान, सम्पत्ती र संस्कार भएको भन्दै केहि समय जिवन उपयोगी सत्संग समेत गराउनुभएको थियो ।

प्रतिनिधी सभा सदस्य ठाकुर गैरेले अर्गलीको महत्वपुर्ण स्थानको जग्गा स्वास्थ्य चौकीलाई दिएर भट्टराई परिवारले सुसन्देश छरेको भन्दै मुक्त कण्ठले प्रसंसा गर्नुभएको थियो । कार्यक्रममा स्यांग्जा कालिगण्डकी गाउँपालिका उपाध्यक्ष साबित्रा कोईराला, गुल्मी छत्रकोट गाउँपालिकाका सस्थापक अध्यक्ष मधुकृष्ण पन्थ, तानसेन नगरपालिका वडा नं १४ का वडा अध्यक्ष शोभाखर भट्टराई, स्थानिय समाजसेवी दुर्गादत्त रेग्मी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै परशुराम भट्टराईले आफुहरुले आफ्ना माता पिताहरुले देखाएको मार्गमा हिड्न र समाजलाई संदेश दिनका लागी समेत जग्गा दान गरेको बताउनुभयो । समारोहका अध्यक्ष रुक्मांगत भट्टराईले कार्यक्रमलाई सफल बनाउन उपस्थित सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

 

१९७२ साल बैशाख ५ गते जन्मनुभएका पुस्करनाथ भट्टराईको ९२ वर्षको उमेरमा निधन भएको थियो । उहाँ अध्यात्मिक चिन्तनका साथै सामाजिक काममा रुचि राख्ने व्यक्ति भएको कार्यक्रमका वक्ताहरुले बताउनुभएको थियो । स्वास्थ्य चौकी भवनका लागी उहाँको नाममा २ रोपनी भन्दा बढि जग्गा दान गरिएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 973

Leave a Reply

Your email address will not be published. Required fields are marked *