यम सोमै स्याङ्जा जेष्ठ १४
न्यु होराइजन स्पोर्ट्स क्लबद्वारा कालीगण्डकीस्याङ्जाका ५ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण
न्यु होराईजन स्पोर्ट्स क्लब बुटवलद्वारा कालीगण्डकी स्याङ्जाका ५ वटा विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। न्यु होराईजन स्पोर्ट्स क्लवको अग्रसरतामा प्रदान गरिएको शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण कार्यक्रमलाई न्यु होराइजन बोर्डिङ स्कुल बुटवलले सहजीकरण जनाइएको छ। कालीगण्डकि गा.पा. वडा नम्बर २ मा अवस्थित श्री आदर्श मा.वि., वडा नम्बर १ मा अवस्थित श्री जनहित मा.वि. श्री कोटकोट आ. वि. , पिउघा मा.वि. र शिव आधारभूत विद्यालयम शैक्षिक तथा खेलकुदका कार्यक्रम वितरण गरिएको न्यु होइराजन स्पोर्ट्सक्लब शैक्षिक तथा खेलकुदका सामग्री वितरण कार्यक्रमका संयोजक नवीन थापाले जानकारी दिनु भयो।
खेल र शिक्षालाई संगै लैजाने प्रयत्न स्वरुप यो कार्यक्रमको आयोजना गरिएको समेत संयोजक थापाले जानकारी दिनु भयो। शैक्षिक सामग्री वितरणकै क्रममा न्यु होराइजन बोर्डिङ स्कुलका प्राचार्य श्री बासुदेव आचार्यले श्री आदर्श मा. वि.लाई अक्षयकोष स्थापनार्थ नगद रु १ लाख ५१ हजार प्रदान गर्नु भएको संयोजक नवीन थापाले जानकारी दिनु भयो।



