चुरामणि तिमिल्सिना
रिडी असार ७
कमल शर्मा फाउन्डेसनद्वारा सरस्वती माविलाई ८ लाख सहयोग, २३५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
गुल्मी, सत्यवती। गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–६, जोहाङस्थित सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक वातावरण सुधारका लागि कमल शर्मा फाउन्डेसनले रु. ८ लाख आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनकी सञ्चालक सरिता शर्मा आचार्यले विद्यालयलाई रु. ८ लाखको चेक हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै आचार्यले आफूले यसै विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गरेको स्मरण गर्दै पछिल्ला पुस्ताका विद्यार्थीहरूले अझ व्यवस्थित र सुविधासम्पन्न भवनमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो।
उहाँले समाजमा जन्म लिएपछि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिक्षा, स्वास्थ्य, धार्मिक तथा अन्य सामाजिक क्षेत्रमा सहयोग गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो। यस्ता रचनात्मक कार्यमा जोडिन पाउँदा आफूलाई गर्व लागेको समेत उहाँले बताउनुभयो।
आचार्यले आफ्ना स्वर्गीय श्रीमान्ले जीवनभर सामाजिक सेवामा पुर्याउनुभएको योगदानलाई निरन्तरता ,उहाँकै सपना पुरा गर्नका लागि फाउन्डेसनमार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिनुभयो। विद्यालयमा आवश्यक पूर्वाधार तथा अन्य संरचनाको अभाव रहेमा आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक छविलालभण्डारी का अनुसार केही वर्षअघि सरिता शर्मा आचार्यको परिवारले स्वर्गीय बुबा हेमलाल आचार्यको स्मृतिमा विद्यालयमा रु. १ लाखको अक्षयकोष स्थापना गरेको थियो।
यसै अवसरमा 1 Step Foundation को सहयोगमा विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका २३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो। फाउन्डेसनले शिक्षा लगायत विभिन्न सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो।
समारोहका प्रमुख अतिथि तथा सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले विदेशमा रहेका नेपाली दिदीबहिनीहरूले शिक्षा क्षेत्रको विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। पालिकाको सीमित स्रोतसाधनका बीच विद्यालयको भौतिक विकासमा यस्ता सहयोगले ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो। कार्यक्रम शिक्षा प्रेमि , अभिभावक विशिष्ट ब्याक्तित्व पुर्व बिद्यार्थी तथा स्थानीयको सहभागीता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविलाल भण्डारी ले सहजीकरण गर्नुभएको थियो भने मनिराम गौतमको स्वागत मन्तव्य रहेको समारोह विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता तथा शिक्षक श्रीधर गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रमकै अवसरमा विद्यालयको विकास तथा शैक्षिक उन्नयनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई विद्यालयले सम्मान समेत गरेको थियो।





















बुटवल उपमहानगरपालिकाले विद्यार्थीमैत्री र रोजगारमुखी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। स्थानीय तहबाट विद्यार्थीलाई अध्ययनसँगै अनुभव र आम्दानीको अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमलाई नवीन तथा उदाहरणीय पहलका रूपमा हेरिएको छ।




कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको सडक नाटकमार्फत महिनावारीसँग जोडिएका अन्धविश्वास, विभेद र सामाजिक गलत धारणाविरुद्ध सशक्त सन्देश प्रवाह गरिएको थियो। नाटकले महिनावारी प्राकृतिक र सम्मानजनक जैविक प्रक्रिया भएको तथा यसलाई लाज वा हेपाइको विषय नभई स्वास्थ्य र सचेतनासँग जोडेर हेर्नुपर्ने सन्देश दिएको थियो।




प्रशिक्षण कार्यक्रममा स्थानीय पाका पुस्ताको उल्लेखनीय सहभागिता रहेको छ। सहभागीका तर्फबाट धारणा राख्दै रामु ढकाल ले लामो समयदेखि सिक्न चाहेको विषय आज व्यवहारमा प्राप्त हुँदा अत्यन्त खुसी लागेको बताउनुभयो। उहाँले आसपासका दिदीबहिनी, दाजुभाइ तथा युवायुवतीहरूलाई कार्यक्रममा सहभागी भएर प्रशिक्षण लिन हार्दिक अपिल समेत गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख प्रशिक्षक राष्ट्रिय भजन गायक बिपिन तिवारी ले पछिल्लो समय भजन क्षेत्रमा बढ्दो आकर्षणका कारण आफूलाई समय व्यवस्थापन गर्न समेत कठिन भएको अनुभव सुनाउनुभयो। उहाँले प्रशिक्षणमार्फत गाउँघरमा लुकेर रहेका भजनका लयहरूलाई हार्मोनियममा बजाउन सक्ने क्षमता विकास गराउने, भजन–चुड्कालाई सही लयमा गाउन सिकाउने तथा यहाँ प्रशिक्षण लिने विद्यार्थीहरूलाई भविष्यमा अन्यत्र पनि प्रशिक्षकको भूमिकामा काम गर्न सक्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, कार्यक्रम आयोजना गर्ने धार्मिक संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै चुरामणि तिमल्सिना ले रिडी तथा आसपासका क्षेत्रमा यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताउनुभयो। उहाँले आगामी दिनमा स्थानीय सरकार, वडा कार्यालय तथा विद्यालयहरूसँग सहकार्य गर्दै अन्य स्थानमा समेत कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो।




की प्रधानाध्यापक बसन्ती न्यौपानेले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण यज्ञमूर्ति भण्डारी र अनिता भण्डारीले गर्नुभएको थियो।


