Category: समाचार

  • गुल्मीको भार्सेमा सात दिवसीय  होमइस्टे तालिमको शुभारम्भ

    गुल्मीको भार्सेमा सात दिवसीय होमइस्टे तालिमको शुभारम्भ

    चुरामणि तिमिल्सिना  माघ  १४ रिडी

    गुल्मीको सत्यवती गाउँपालिका वडा न ८ रानिबन होमस्टे भार्सेमा आइतबार देखी सात दिने होम स्टे तालिमको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार उधोग, पर्यटन तथा यातायात मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा कार्यक्रम गरिएको हो। उत्घाटन सत्रमा सत्यवती गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल प्रमुख अतिथि रहनु भएको थियो। उत्घाटन सत्रमा डिभिजन कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख नेत्र प्रसाद भुसालको अध्यक्षता रहेको थियो। यस्तै वडा न ८ का वडा अध्यक्ष होम बहादुर राना मगरको विशिष्ट आतिथ्यता रहेको थियो।

    सात दिन सम्म संचालन हुने तालिममा २१ जनाको सहभागीता रहेको छ। उत्घाटन सत्रलाइ सम्बोधन गर्दै अधिकृत भुसालले यो क्षेत्रमा धेरै मात्रमा पर्यटक लाई बासबसाउन सके मात्र पनि यहाँका दिदिबैनि ,समुह र समुदाय को जिवन स्तरमा सकारात्मक प्रभाव पर्नु का साथै आयआर्जन्मा ठुलो टेवा पुग्नेमा कुनै सन्देह नभएको बताउनु भयो। उहाँले हिजो आज सहरीय खाना भन्दा पर्यटकले ग्रामीण भेगका अर्गानिक खाना रुचाउने फरक शैलि र फरक भेषभुसा रुचाउने हुने हुदा यस कार्यक्रम लाई अगाडी बढाउन पालिकाले बजेट नै बिनियोजन गरिरहेको र थप सहयोग समेत गर्ने प्रतिबद्धता जायर गर्नु भयो। तालिममा सुरज बास्तोला, रमणि डुम्रे ,मनिषा श्रेष्ठले अतिथि सत्कार, खाना ब्यवस्थापन, मनोरञ्जन ,सरसफाइ पर्यटनलाई आकर्षण गर्ने तरिका, अर्गानिक खाना बनाउने शैलि, जस्ता विषयबस्तुहरु लाई सहजीकरण गराउने कार्यक्रम केन्द्र बिन्दु रहने छ । कार्यक्रम उत्घाटन समापन सत्रमा आफ्ना भनाइ राख्दै भुसालले तालिम महत्त्वपूर्ण भएकोले आनन्द पुर्वक सहभागी भएर प्रयोगात्मक रुपमा अभ्यास गरी अगाडी बढ्न आग्रह गदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो। तालिम १९ गते सम्म संचालन हुने छ ।

  • रुरु क्षेत्र धाम रिडीमा माघे संक्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा

    रुरु क्षेत्र धाम रिडीमा माघे संक्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा

    चुरामणि तिमिल्सिना  रिडी पुस  २९

    पाल्पा गुल्मी र स्याङ्जाको सङ्गम स्थल विश्वकै धार्मिक , पौराणिक , एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्य एक धाम रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको तयारी पुरा भएको छ ।
    तिन जिल्लालाई केन्द्र बिन्दु बनाइ यो मेला लाग्ने गर्दछ ।यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिन्छ । प्रत्येक वर्ष लाग्ने यो मेला तिन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ। पाल्पा जिल्ला तर्फ धार्मिक कार्यक्रम भजन कृतन ,पुजा पाठ ,भण्डारा , दान पुन्य , जस्ता कार्यक्रम बढि मात्रामा गरिन्छ।

    यस्तै गुल्मी तर्फ उधोग बाणिज्य रुरु फ्रेन्डस कलब र फ्रेन्डस क्लब तथा स्थानीय आधा दर्जन भन्दा बढि संघ सस्थाको सहयोग र वडा र पालिका संग समन्वय गरी बृहत सास्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी समेत गरिएको रुरु फ्रेन्डस क्लबका अध्यक्ष सोभित थापाले जानकारी दिनु भयो। यस्तै स्याङ्जा तर्फ यस वर्ष पनि युवाहरुको साथ सहयोगमा तेस्रो पटक वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी पुरा भएको वडा अध्यक्ष कृष्ण बहादुर लामिछानेले बताउनु भयो।

    यो मेला पौराणिक मेला भएकोले कुनै पनि मेलाको आयोजना गर्न नपरेता पनि ब्यवस्थापन संरक्षण सुरक्षाका कारणले मेला लाई रौनकताका साथ आयोजना समेत गरिदै आइयको रुरु क्षेत्र गाउँ पालिका वडा न १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो । अध्यक्ष नवराजले मेला लाई ब्यवस्थापन र पुर्ण रुपमा सुरक्षाको प्रत्याभुति भक्तजनलाइ दिलाउन्को निम्ति वडा मार्फत पालिका जिल्ला प्रशासन जिल्लाका सुरक्षा निकाय सित सहकार्य गरेर अगाडी बढेको बताउनु भयो।

    मेलामा पाल्पा , गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, रुकुम, रोल्पा, काठमाडौ, दाङ , परासि , झापा , र इटहरी बाट समेत भक्तजन भगवानको दर्शनको निम्ति आउने पौराणिक महत्त्व यो क्षेत्र तिन जिल्लाको संगम भएकोले कालीगण्डकी नदिमा स्नान गरि भगवान ह्षीकेशको दर्शन गर्ने दान पुन्य गर्ने जप तर्पण मार्जन गर्नाले देव ऋण पितृ ऋण र ऋषि ऋण बाट मुक्त हुने कुरा बराहा पुराणमा उल्लेख भए अनुसार यहाँ तीर्थ यात्रीहरु आउने गर्दछन। प्राय :गरि यसै दिन आफ्नो ग्रह शान्ति ग्रह दान , जोगिलाई दान गर्नको लागि यहाँ आउने पनि गर्दछन ।यसरि यहाँको यस दिन्को महत्त्व झलकाउन सकिन्छ ।

    यहाँ रुकुम बाट रुकुमेलिहरु भेडाका उन बाट बनेका चार पाटे काम्ला, लम्बरि काम्ला जुम्लाका अग्रजहरुहरुले जुम्लेलि सुइटर , टोपि, उनका सुइटर , राडि पाखि , उन्का आस्कोट, बिक्री गर्न आउने गर्दछन।

    यस्तै बाग्लुङको जलजला तथा पाल्पाको रैना देवि,अर्घाखाँचीको निहालि पटौति , गुल्मीको लुम्पेक , सत्यवती खैरेनि बाट डाला , सुपा , नाम्ला , चाल्ना हरु ब्यापार गर्न तथा हस्त सामग्रीको प्रदसनी गर्न रिडी मेलामा आउने गर्दछन । मेलामा रुकुम र रोल्पा बाट आउने हाजि , ओखर यहाँ किन बेच पनि हुने गर्दछ। यस्तै मेलामा पाल्पाको रिब्दीकोट ख्याहा बाट ख्यालि बन्चरो , हसिया उदाउने उधिन ढुंङगो , लघुवेलि तावा, हसिया सेल रोटि निकाल्ने झिर लगायतका सामाग्रीहरु यहाँ बिक्री स्थलमा राख्ने गरिनछ ।

    यहाँ धेरै जसो बुटवल लगायतअन्य स्थानबाट विभिन्न प्रकारका ताता कपडा लता कपडाहरु भान्सामा प्रयोग हुने सामग्रीहरु, गलैचा, तथा घरेलु ढाका तथा ढाका बाट बनेका अन्य सामग्रीहरु बाट ब्यापारीहरुले लाखौको आम्दानी गर्ने गर्दछन ।यति मात्र हैन यहाँ यस क्षेत्रकै पाहुरको रुपमा पठाइने गुल्मेलि गुड खुदो गुल्मेलि कफि लेकको टिमुर , बन्पाखाको बाको पैचोको उत्पादन सिन्कि अचार ग्रामीण भेगमा पाइने महत्त्वपूर्ण तथा आर्युर्बेदिक औसधि , पनि यहाँ ठुलो मात्रमा किन बेच हुने गर्दछ।

    यस वर्ष स्थानीय ब्यापारीहरु झविलाल ढकाल , कृष्ण ज्ञवाली बिष्णु सापकोटा र खिम प्रसाद गौतमले करिव २५ लाख भन्दा माथिको गुड तथा खुदोको ब्यापार हुने बताउनु भयो ।गाउँ घरबाट आउने सुन्तलाको मात्र करिव २५ लाखको सेरोफेरोमा ब्यापार हुने सन्केत देखिएको छ। मेला लाई आकर्षक बनाउन गुल्मी बाट आयोजना हुन गैइरहेको बृहत सास्कृतिक कार्यक्रमा राष्टिय कलाकार बाट बेजोड प्रस्तुती स्थानिय कला सस्कृति मौलिक परम्परा चर्के पिङ बचाका लागि रेल तथा जादु घर समेत तयारी गरिरहेको आयोजकका तर्फबाट प्रयास कसजुले बताउनु भयो । मेला लाई लक्षित गर्दै नेपाल प्रहरीले शान्ति सुरक्षाको ब्यबस्थापनको निम्ति आफनो कार्यालय लाई आएको जिम्मेवारी पुरा गर्ने र ढुक्क सित मेला भर्न आउने भक्तजनलाई सुरक्षामा कमि हुन नदिने ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । यस्तै मेलामा बढि मात्रमा ठुला देखि साना सवारी साधनहरुको अध्याधिक चाप हुने हुँदा ब्य्वस्थापन्को कार्यहरु समेत पुरा भएको ट्राफिक प्रहरी शाखा बाट उल्लेख गर्नु भएको छ । यस्तै
    खालि स्थानमा पार्किङ को ब्यबस्थापन गरिने सडकका दाया बाया सवारी साधन लाई मिलाइ राख्ने आउने भक्तजनलाई कुनै पनि किसिमको झन्झट बेहोर्न नपर्ने बताउनु भयो। मेलामा गाउँमै कुदियका गिठिका ठेका टुनिका ठेका ठेकि यस्तै गिठिकै आरि बास्बाट बनेका बासका काइया मुडा , ढकिया , स्थानिय महिला समुहले बनायका अगबति विभिन्न परकारका अचार गुल्मी पाल्पा र स्याङ्जाको प्रसिद्ध आलु बाट बनेको चुकौनि बटुक फापरका परिकारहरु यस्तै सखर खन्ड पनि यहाँ किन बेच राम्रो भएको देखिन्छ । यता तीर्थ यात्री लाई मन्दिरमा दर्शनको निम्तो लाइनको प्रबन्ध मिलाइने मन्दिर क्षेत्रमा सिसि केमराको ब्यबस्थापन गरिएको सोधखोज तथा परामर्श सेवा दिने तयारी पनि पुरा गरेको मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराईले जानकारी दिनु भयो

  • राष्ट्रिय न्यूजका संचालक पाण्डे शिक्षा पत्रकारिताबाट पुरस्कृत

    राष्ट्रिय न्यूजका संचालक पाण्डे शिक्षा पत्रकारिताबाट पुरस्कृत

    राष्ट्रिय न्यूजका संचालक पाण्डे शिक्षा पत्रकारिताबाट पुरस्कृत
    सुमन कार्की पुस  २७ पाल्पा

    काविल पाल्पाली मल्टिमिडियाका अध्यक्ष तथा राष्ट्रिय न्यूजका संचालक खेम राज पाण्डे पुरस्कृत भएका छन् । शुक्रबार प्रेस चौतारी पाल्पाले पुरस्कार वितरण,बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका थियो । सोही कार्याक्रममा प्रेस चौतारी नेपाल पाल्पा शाखामा स्थापित शेष कुमारी लोकप्रसाद स्मृर्ति शिक्षा पत्रकारिता पुरस्कार २०८१ बाट पाण्डे पुरस्कृत भएका हुन् ।
    प्रेस चौतारी नेपालका कार्य समिति सदस्य तथा सचिवालय सदस्य समेत रहेका पाण्डे विगत १३ वर्ष देखि पत्रकारिता पेशमा आवद्ध रहेका छन् ।
    पाण्डेको मिडिया विगत ः
    पाण्डेले २०६७ सालमा रेडियो पश्चिमाञ्चल एफ।एमबाट पत्रकारिता सुरुवात गरेका थिए । बोल्ने लेख्ने भन्दा बढी भिडियो तथा फोटोमा रुची भएका पाण्डे रेडियो पत्रकारिता छोटो समयमा नै बिट मारेका थिए ।
    पाण्डेको रुची अनुसार पाल्पामा दोस्रो टेलिभिजनको रुपमा संचालन भएको सुर्यादय टेलिभिजनमा भिडियो तथा फोटोको काम गर्दै आफ्नो पत्रकारितालाई अगाडी बढाएका थिए । त्यो टेलिभिजनमा केही वर्ष काम गरेपछि पाल्पामा संचालनमा आएका श्रीनगर टेलिभिजन,पाल्पा टेलिभिजन र करुवा टेलिभिजनमा काम गरेका थिए ।
    टेलिभिजनको पत्रकारितालाई छाडेर पाण्डे अहिले आफ्नै मिडिया कम्पनी संचालन गर्दै आएका छन् । २०७१ सालमा कम्पनी दर्ता गरेका पाण्डेले तानसेनमा कार्यक्रय संचालन गरि काम गर्दै आएका हुन् । पाण्डेको कम्पनीमा विज्ञापन उत्पादन तथा वितरण,भिडियो निर्माण,टेलिभिजन कार्यक्रम उत्पादन लगायतका काम गदै आएका छन् । साथै २ वर्ष देखि अनलाइन पोटल राष्ट्रिय न्यूज डट कम पनि संचालन गर्दै आएका छन् । पाण्डे प्रेस चौतारी नेपाल पाल्पा शाखामा २०७५ साल देखि आवद्ध छन् ।
    भारतमा पनि भिडियोको काम ः
    रोजगारीको शिलसिलामा पाण्डे २०६१ सालमा भारता गएका थिए । भारतमा पनि संयोगले आफ्नो रुची अनुसार कै काम पाएको बताएका छन् । उनले भारतको मुम्बाईमा बसेर फोकस टेलिभिजनमा करिब ४ वर्ष कार्यक्रम छायांकनको काम गरेको बताएका हुन् ।

  • सत्यवतीमा सञ्चालित राष्ट्रपति रनिङ प्रतियोगिताको उपाधि धर्मपुर माविलाई

    सत्यवतीमा सञ्चालित राष्ट्रपति रनिङ प्रतियोगिताको उपाधि धर्मपुर माविलाई

    चुरामणि  तिमिल्सिना  पुस  २६  रिडी

    सत्यवती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय द्वारा आयोजित सत्यवती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

    प्रतियोगितामा धर्मपुर माद्यामिक बिद्यालय ठुलोलुम्पेकले प्रथम स्थान हासिल ल गरेको हो। द्वितीय हुनेमा सरस्वती माध्यमिक बिद्यालय . जोहाङ्ग र सरस्वती माध्यमिक बिद्यालय लिम्घा तृतीय हुन सफल भएको हो। पौष २३ गतेदेखि सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण बहादुर खत्री रहनुभएको थियो।

    कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष खत्रीले जिल्ला स्तरमा यस सत्यवती गाउँपालिका शिक्षा पर्यटन खेलकुद हराबरा र संस्कृतिका हिसाबले पनि नितान्त अगाडि रहेकाले यसलाई संरक्षण गर्न र वृद्धि गर्नका निम्ति यस गाउँपालिकाले निरन्तर अभ्यास गर्नुपर्ने र जोगाई राख्नका लागि समन्वय समितिबाट हरेक पहल र प्रयास हुने प्रतिबद्धता जनाउँदै खेलबाडै यस क्षेत्रको नामाकरण लाई अगाडि बढाउन शुभकामना व्यक्त गर्नुभयो।

    कार्यक्रममा विजेता खेलाडीहरूलाई प्रमाणपत्र यस्तै ट्रफी मेडल र सिल्ड प्रदान गरिएको थियो। समापन सत्रमा गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षता रहेको थियो। यस्तै उपाध्यक्ष निरमाया तरामु , वडा अध्यक्षरु कार्यपालिका सदस्यहरु वडा सदस्यहरुको आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखा का तर्फबाट विष्णु प्रसाद ज्ञवालीले गर्नुभएको थियो। भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले गर्नुभएको थियो।

  • सत्यवतीमा  राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता  मंगलबार बाट सुरु  प्रतियोगिता  उत्साहा जनक बन्दै

    सत्यवतीमा राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबार बाट सुरु प्रतियोगिता उत्साहा जनक बन्दै

    चुरामणि तिमिल्सिना  पुस २४  रिडी

    आत्मनिर्भर सर्वाङ्गीण उन्नति, सुखी र समृद्ध सत्यवती” को मुल नारा सहित विद्यार्थीको सर्वाङ्गीण बिकासका लागि स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुदको नारा सहित नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वाधावन तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व,सत्यवती गाउँपालिकाको आयोजनामा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हिजो देखि सुरु भएको  छ

    । १४ बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा विभिन्न खेलहरु खेलाइएको छ। कार्यक्रमलाई उत्घाटन गर्न उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, लुम्विनी प्रदेशसरकारका माननीय मन्त्री सिता शर्मा चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।मन्त्री चौधरीले कार्यक्रम उत्घाटन गदै सत्यवती क्षेत्र विभिन्न दृष्टिकोणले अगाडि रहेकोले पर्यटन पुर्वधार सिचाइ शिक्षा स्वास्थ्य खेलबाट अगाडी बढन आग्रह गर्दै प्रदेश सरकाले सबै प्रकारको सहयोग गर्ने बताउनु भयो।उहाँले अब हरेक महिलाहरु सक्षम भएर देश हाक्न र हरेक कार्यक्षेत्रमा जान आवस्यक रहेकाले सबैलाई विभिन्न क्षेत्रमा लाग्न आग्रह समेत गर्नु भयो।
    समारोहमा पुर्व गाउँपालिका अध्यक्ष पारिस्वर ढकाल, गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको विशेष उपस्थिती रहेको थियो ।उत्घाटन सत्रमा आफना भनाइ राख्दै अधिकारी गौतमले पर्यटनबाट यो गाउँपालिका समृद्धि सुखी र आर्यआर्जनमा वृद्धि हुनेमा कुनै सन्देह नभएको बताउनु भयो।

    उत्घाटन सत्रको कार्यक्रममा जनता मा.वि. का NCC को समूहले मार्चपास परेड र एरोविक्स (Song) तथा सत्यवती मा.वि. को स्काउट ग्रुपले म्यूजीकल पिटि प्रदर्शन जो.र.प्र.ला. मा.वि. को स्वागत गित र नृत्य तथा सरस्वती मा.वि. लिम्घाको देशभक्त्तिपूर्ण नृत्य प्रदर्शन गर्नुभएको थियो ।

    रनिङ्ग शिल्ड प्रतियोगिता पुस २५ गते सम्म चल्नेछ । कार्यक्रममा उपाध्यक्ष निरमाया तरामुले स्वागत मन्तव्य राख्नु भएको थियो। यस्तै कार्यक्रमको सहजीकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले गर्नु भएको थियो  थियो कार्यक्रमको  अध्यक्षता गाउँपालिकाका अध्यक्ष  टिकाराम पाण्डेले गर्नु भएको  थियो ।कार्यक्रमको सन्चालन बिष्णुप्रसाद ज्ञवालीले गर्नु भएको थियो।

     

  • जनता माद्यामिक बिद्यालय  अस्लेवा गुल्मीले मनायो  ५८ औं   जन्मउत्सव  समारोह

    जनता माद्यामिक बिद्यालय अस्लेवा गुल्मीले मनायो ५८ औं जन्मउत्सव समारोह

    चुरामणि तिमिल्सिना  पुस २३  रिडी

    जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीले आफ्नो स्थापना कालको ५८औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह तीन दिने कार्यक्रमका साथ सोमबार सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद पाण्डे ज्यूको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे को प्रमुखआतिथ्यता रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पाण्डेले बर्तमान समयमा प्राबिधिक धारका कार्यक्रमहरु पनि आवस्यक रहेको प्रबिधि मुलक ब्य्वसायिक मुलक शिक्षालाई जोड्दै अगाडी बढन सकेमा थप बिद्यालय अगाडी बढ्ने बताउदै पालिकाबाट सबै सहयोग हुने बताउनु भयो।

    समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल पालिकाका पूर्व अध्यक्ष पारिस्वर ढकाल , वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजे , पुर्व वडा अध्यक्ष भिमलाल पाण्डे को विशिष्ट आतिथ्यता रहेको थियो।

    विद्यालयका शिक्षक लिलाधर ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयलाई माया गर्नु गर्नुहुने जनप्रतिनिधि , अभिभावक , विभिन्न विद्यालयका प्रधानाध्यापक ,राजनीतिक दल ,बौद्धिक व्यक्तित्व ,अक्षयकोष तथा चन्ददाता पूर्व विद्यार्थी तथा शिक्षकप्रेमी महानुभावहरुले विद्यालयको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा समेत विद्यालयले नयाँ रचनात्मक कार्यक्रम तथा प्राविधिक धार तर्फको कक्षा सन्चालन गर्नपर्नेमा जोड दिनुभएको थियो। विद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले आर्थिक वर्षभरि भएका आर्थिक गतिविधि प्रस्तुत गर्नु भएको थियो।

    कार्यक्रममा बीचबीचमा विद्यार्थीहरूले आफूले प्राप्त गरेको तालिमको अभिनय नाटक नैतिक शिक्षा अभिभावकलाई विद्यालयप्रतिको चासो स्वास्थ्य जेष्ठ नागरिक तथा सेवामूलक विषयलाई समेट्दै नाटक मञ्चनसमेत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद पाण्डे र शिक्षक कृष्ण पाण्डेले गर्नु भएको थियो।

  • स्थानीय गाइ संरक्षणमा कालीगण्डकी गाउँपालिका स्याङ्जाको चासो

    स्थानीय गाइ संरक्षणमा कालीगण्डकी गाउँपालिका स्याङ्जाको चासो

    स्थानीय गाइ संरक्षणमा कालीगण्डकी गाउँपालिका स्याङ्जाको चासो

    पुस  १६  रुरु धाम

    स्थानीय गाइ संरक्षणको लागी सामुदायिक ब्यवस्थापनमा रुरु क्षेत्रमा पालन गरीएका गाइ हरुमा विशेष गरि छाला सम्बन्धि लुतो खुइरो र किर्ना साथै जुका माटे बाट ग्रसित भएका गाइ हरुमा समस्या देखापरे पछि समितिका अध्यक्ष राजु मल्ल राणा ले कालीगण्डकी गाउँपालिका स्याङ्जा संग सहयोगको अपेक्षा गर्नुभएको थियो ।

    यसै सन्दर्भमा यस समस्या लाइ निराकरण गर्नका निम्ती कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायको टोलि यस तर्फ आएको थियो,,यसैक्रममा पशु सेवा शाखाका प्रमुख राजेश पाण्डेको विशेषज्ञ टोलीले गाइको उपचारमा खटिएको थियो,यसै क्रममा लुतो खुइरोबाट ग्रसित भएका १० वटा गाइलाइ इन्जेक्सन मार्फत उपचार गरीएको हो ,भने १०० वटा गाइ लाइ पुग्ने जुका माटेको औषधि र थप ३० वटा गाइ लाइ पुग्ने लुतो खुइरोको खुवाउने औषधि साथै घाउ खटिरा र घाउमा किरा पर्दा लगाउने मलहम,स्प्रे ,कटन रोल आदि औषधि टिमका नेतृत्व कर्ता प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय ले हस्तान्तरण गर्नु भएको थियो।

    कालीगण्डकी गाउँपालिका बाट कृषि अधिकृत अनुप पौडेल ,स्वास्थ शाखा संयोजक एक ब थापा र शिक्षा शाखा प्रमुख अनिल ढुंगाना आदि ब्यक्तित्वहरु उपस्थित रहेको थियो।
    कार्यक्रममा पशु सेवा शाखाका प्राविधिक राजेश पाण्डेले,,गाइमा लाग्ने विभिन्न रोग बारे जानकारी गराउंदै ,रोग बाट बचाउने तरीका ,र औषधि खुवाउने तरिकाबारे जानकारी गराउनु भएको थियकार्यक्रममा
    गौ सेवा आश्रमका अध्यक्ष राजु राणा मल्ल र शंकर गिरी लगायतले कालीगण्डकी गाउँपालिकाको टिमलाइ आभार संगै धन्यवाद व्यक्त गर्नु भएको थियो।

  • लायन्स  क्लब  अफ गण्डकी बाट रुरु धाममा आइपुगो न्यानो कपडा

    लायन्स क्लब अफ गण्डकी बाट रुरु धाममा आइपुगो न्यानो कपडा

    चुरामणि तिमिल्सिना पुस  १४ रुरु धाम

    रुरु क्षेत्र धाम रिडीमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ पोखरा गण्डकी र लायन्स क्लब अफ पोखरा गण्डकी युथ क्लबको आयोजनामा कार्यक्रम गरिएको हो। गुरुकुलका ३० जना बटुक तथा गुरुहरू तथा मन्दिर परिसरमा रहनु हुने वृद्धवृद्धा साधुसन्त तथा दुःखी असहायलाई बलाङकेट , टोपी र हाइनेक वितरण गरिएको हो।

    लायन्स क्लब अफ पोखरा गण्डकीकी अध्यक्ष जुना पन्तको अध्यक्षतामा कार्यक्रम गरिएको हो। जसमा पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक सीता पाण्डे पूर्व अध्यक्ष इन्दिरा बराल त्यस्तै पूर्व अध्यक्ष तुमला श्रेष्ठ पूर्व अध्यक्ष शारदा पराजुली पूर्व अध्यक्ष हिरा भट्टराई कार्यालय सहयोगी श्याम साखी र राधिका साखिको आतिथ्यता रहेको थियो।

    जाडोको महिनामा वृद्धवृद्धा हरू तथा गुरुकुलका बटुकहरू लाई सानो भएपनि मायाको चिनोको रूपमा यी कपडाहरू वितरण गरिएको र आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमका साथ यस मन्दिर परिसरमा आएर विभिन्न सामग्री हस्तान्तरण गर्ने योजना पनि रहेको र कार्यक्रम देख्दा खुशी र गर्व लागेको कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष सिता पाण्डेले बताउनुभयो। कार्यक्रममा कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्य प्रकाशलाल श्रेष्ठ पुजारी बद्रीप्रसाद भट्टराई ओमप्रकाश भट्टराई यस्तै गुरुकुलका अध्यापक मेघराज रिजालको पनि आतिथ्यता रहेको थियो।

    धार्मिक पौराणिक र ऐतिहासिक एवं पर्यटकीय पवित्र तीर्थस्थल रुरु क्षेत्रधाम रिडीमा यो कार्यक्रम गर्न पाउँदा संस्थालाई अत्यन्त आनन्द भएको छ। आउँदा दिनमा पनि यस क्लबले यस्तै वृद्धवृद्धा गुरुकुलका बटुकहरु लाई साथ तथा सहयोग गर्ने सम्मान गर्ने र चिसोबाट बचाउन न्यानो कपडा वितरण गर्ने बताउनुभयो। कार्यक्रमको सहजीकरण शारदा पराजुलीले गर्नु भएको थियो।

  • साना किसान रिब्दीकोट  ३ खस्यौली पाल्पाले मनायो २२ औं  साधारण सभा तथा ८ औं  अधिवेशन

    साना किसान रिब्दीकोट ३ खस्यौली पाल्पाले मनायो २२ औं साधारण सभा तथा ८ औं अधिवेशन

    चुरामणि तिमिल्सिना  रिडी  पुस  १४

    साना किसान कृषि सहकारी संस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा नम्बर ३खस्यौलि पाल्पाको २२ साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ।
    संस्थाका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षता रहेको कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायणबहादुर केसीको प्रमुख आतित्यता रहेको थियो। संस्थाकी सदस्य देवी मल्लले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो। सभामा प्रबन्धक विनिता गेवालीले वर्षभरि भए गरेका आर्थिक गतिविधि प्रस्तुत गर्दै यस वर्ष १५%का दरले लाभंश वितरण गर्ने बताउँदै आगामी दिनमा पनि यस संस्थाले थप लाभंश वितरण गर्ने र साना किसानहरुलाई माथि उकासन्न वडा र पालिकासँग समन्वय गरी विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो।

    यस्तै धुर्व प्रसाद नेपालले वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समारोहमा जनप्रतिनिधि सेयर सदस्यहरू यस्तै सहकारी अभियन्ताहरू सामाजिक अभियन्ताहरू र सम्मानित व्यक्तित्वहरूले संस्थाको प्रगतिको लागि प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाले सात जना व्यक्तित्वहरुलाई विभिन्न क्षेत्रबाट समेत कार्यक्रममा सम्मान गरेको थियो।

    समारोहका प्रमुख अतिथि अध्यक्ष केसीले सहकारी सञ्चालन गर्नका निम्ति कृषकसँग नजिकका कार्यक्रमहरू सञ्चालन गर्ने कृषकलाई सस्तो मूल्यमा ऋण उपलब्ध गराउने काम गरे नगरेको निरीक्षण गर्ने हरेक किसानलाई अगाडि बढाउन किसानका कुराहरुलाई सुनवाई गर्ने आवश्यक रहेको बताउनुभयो। उहाँले यहाँ फलफुल तरकारी बाट मात्रै यस सहकारीका सदस्यहरूको जीवनस्तर उकास्न सकिने भएकोले यसतर्फ सहकारीका सदस्यहरूको ध्यान केन्द्रित हुनुपर्ने आवश्यक रहेको बताउनुभयो

    । यस्तै हिजै नयाँ कार्यसमितिको समेत गठन भएको छ। जसको अध्यक्षमा विष्णुप्रसाद आचार्य उपाध्यक्ष कमला खनाल सदस्यहरू नारायण बहाधुर भाट हरिमान केसी जीवन श्रेष्ठ देवी मल्ल कृष्णप्रसाद अधिकारी हरिप्रसाद खनाल राधादेवी नेपाल र सीता खड्का रहनुभएको छ। कार्यक्रमको सहजीकरण कृष्णप्रसाद अधिकारी विनीता गौतम सुनिता खनाल र विष्णु गोदारले गर्नुभएको थियो।

  • साना किसान रिब्दीकोट  ३ खसौली पाल्पाले मनायो २२ औं  साधारण सभा तथा ८ औं  अधिवेशन

    साना किसान रिब्दीकोट ३ खसौली पाल्पाले मनायो २२ औं साधारण सभा तथा ८ औं अधिवेशन

    चुरामणि तिमिल्सिना  पुस  १४  रिडी

    किसान कृषि सहकारी संस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा नम्बर ३खस्यौलि पाल्पाको २२ साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ।
    संस्थाका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षता रहेको कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायणबहादुर केसीको प्रमुख आतित्यता रहेको थियो। संस्थाकी सदस्य देवी मल्लले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो। सभामा प्रबन्धक विनिता गेवालीले वर्षभरि भए गरेका आर्थिक गतिविधि प्रस्तुत गर्दै यस वर्ष १५%का दरले लाभंश वितरण गर्ने बताउँदै आगामी दिनमा पनि यस संस्थाले थप लाभंश वितरण गर्ने र साना किसानहरुलाई माथि उकासन्न वडा र पालिकासँग समन्वय गरी विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो।

    यस्तै धुर्व प्रसाद नेपालले वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समारोहमा जनप्रतिनिधि सेयर सदस्यहरू यस्तै सहकारी अभियन्ताहरू सामाजिक अभियन्ताहरू र सम्मानित व्यक्तित्वहरूले संस्थाको प्रगतिको लागि प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    संस्थाले सात जना व्यक्तित्वहरुलाई विभिन्न क्षेत्रबाट समेत कार्यक्रममा सम्मान गरेको थियो। समारोहका प्रमुख अतिथि अध्यक्ष केसीले सहकारी सञ्चालन गर्नका निम्ति कृषकसँग नजिकका कार्यक्रमहरू सञ्चालन गर्ने कृषकलाई सस्तो मूल्यमा ऋण उपलब्ध गराउने काम गरे नगरेको निरीक्षण गर्ने हरेक किसानलाई अगाडि बढाउन किसानका कुराहरुलाई सुनवाई गर्ने आवश्यक रहेको बताउनुभयो।उहाँले यहाँ फलफुल तरकारी बाट मात्रै यस सहकारीका सदस्यहरूको जीवनस्तर उकास्न सकिने भएकोले यसतर्फ सहकारीका सदस्यहरूको ध्यान केन्द्रित हुनुपर्ने आवश्यक रहेको बताउनुभयो। यस्तै हिजै नयाँ कार्यसमितिको समेत गठन भएको छ। जसको अध्यक्षमा विष्णुप्रसाद आचार्य उपाध्यक्ष कमला खनाल सदस्यहरू नारायण बहाधुर भाट हरिमान केसी जीवन श्रेष्ठ देवी मल्ल कृष्णप्रसाद अधिकारी हरिप्रसाद खनाल राधादेवी नेपाल र सीता खड्का रहनुभएको छ। कार्यक्रमको सहजीकरण कृष्णप्रसाद अधिकारी विनीता गौतम सुनिता खनाल र विष्णु गोदारले गर्नुभएको थियो।