Category: समाचार

  • सत्यवती गाउँपालिका अस्लेवामा उद्‍घोषण तालिम सुर

    सत्यवती गाउँपालिका अस्लेवामा उद्‍घोषण तालिम सुर

    सत्यवती गाउँपालिका अस्लेवामा उद्‍घोषण तालिम सुर

    गुल्मी  बैशाख   २१

    सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवामा ५ दिने उद्‍घोषण तथा सीप विकास तालिम सुरु भएको छ । महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तालिम आयोजना गरिएको हो ।

    तालिमको समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका सत्यवती गाउँपालिका वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजेले वडा भित्रका महिला दिदीबहिनीहरूलाई सामाजिक रुपमा सकृय गराउँदै वडा भित्रका कार्यक्रमहरू सञ्चालन गर्न सक्ने र नेतृत्वको रुपमा स्थापित गर्नका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियो । अध्यक्ष कनौजेले तालिमको पूर्ण सदुपयोग गर्दै व्यवहारमा उतार्नु अनिवार्य रहेको बताउनुभयो ।

    महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष माया थापाले सिकाइ केन्द्रले सीप विकास र क्षमता विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा महिला दिदीबहिनीहरूलाई सक्षम बनाई अगाडि बढाउनका लागि उद्‍घोषण तथा सीप विकास तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले वडा भित्रका सबै टोलबाट प्रतिनिधिमूलक रुपमा ३० जना सक्रिय महिलाहरूलाई सहभागि गराइएको बताउनुभयो
    । उहाँले अहिलेको समयमा आवाज बुलन्द गर्नेहरुनै अगाडि बढ्दै विशिष्ट पहिचान राख्न सफल भएको उहाँको भनाई रहेको थियो ।

    तालिममा न्यूज कुरा डट कम का प्रबन्ध निर्देशक नारायण भण्डारीले सहजीकरण गर्नुहुने छ । उद्‌घाटन कार्यक्रमको सञ्चालन सिकाइ केन्द्रकी सदस्य सचिव गोमा थापाले गर्नुभएको थियो । सिकाई केन्द्रले आइतबार देखिनै हारमुनियम तथा मादल वादन तालिम समेत सुरु गरेको छ तालिममा सङ्गीतकार जङ्गबहादुर कुमालले सहजीकरण गरिरहनुभएको छ ।

  • गुल्मीमा धनधान्याचल एवम् श्रीमदभागवत बिराट ज्ञान महायज्ञ हुँदै, राष्ट्रपती पौडेललाई उद्घाटनको निम्ता

    गुल्मीमा धनधान्याचल एवम् श्रीमदभागवत बिराट ज्ञान महायज्ञ हुँदै, राष्ट्रपती पौडेललाई उद्घाटनको निम्ता

    भुवन भुसाल, गुल्मी । गुल्मीमा धनधान्याचल एवम् श्रीमदभागवत बिराट ज्ञान महायज्ञ हुने भएको छ । सत्यवती गाउँपालिका वडा नं ६ परमानन्दनगरमा आयोजना हुने उक्त महायज्ञको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिएको पुर्व वाणिज्य राज्यमन्त्री एवम् परमानन्द स्मृति प्रतिष्ठानकी अध्यक्ष शुवर्ण ज्वारचनले बताउनुभयो । “सित्तल निवासमा पुगेर निमन्त्रणा गरिएको हो राष्ट्रपति ज्युले आउँछु भन्नुभएको छ, कार्यालयले आधिकारिक जानकारी पठाएको छैन्, छिट्टै जानकारी आउँछ” ज्वारचनले भन्नुभयो ।

    जेठ ३ गते देखि १० गते सम्म संचालन हुने उक्त यज्ञको परमानन्द स्मृति प्रतिष्ठान शान्ती आश्रमले आयोजना गरेको हो । महायज्ञमा १००८ स्वामी ज्ञानानन्द सरस्वती जि महाराज र १००८ स्वामी विबेकानन्द सरस्वती जि महाराजको सत्संग रहने छ भने उपप्राध्यापक मनोज भण्डारीले संगितमय कथा वाचन गर्नुहुने यज्ञ संचालन समितीका महासचिव एवं चन्द्रकोट गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    महायज्ञ संचालन गरि त्यहाँ रहेको मुक्तेश्वर महादेव मन्दिरमा नित्य पुजाका लागी अक्षयकोष स्थापना, गौ आश्रम निर्माण, आर्युवेद औषधालय स्थापना, बालसस्कार केन्द्रको निर्माण, मन्दिरलाई ध्यान र ज्ञान केन्द्रको रुपमा संचालन गर्ने उद्धेस्य राखिएको छ ।

    शनिवार यज्ञस्थलमा आयोजना गरिएको एक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानकी अध्यक्ष ज्वारचनले यज्ञ सफल बनाउन सबै क्षेत्रको साथ आवस्यक पर्ने भएकाले सबैले सफलता पुर्वक सम्पन्न गर्नका लागी मेहनत गर्न आग्रह गर्नुभयो । सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले सनातन धर्ममाथी सबै तिरबाट प्रहार भईरहेको यस समयमा यज्ञ संचालन हुँदा धर्मको रक्षा र सस्कारको बिकासमा उल्लेख्य भुमिका खेल्ने बताउनुभयो । उहाँले कार्यपालिकामा छलफल गरेर गाउँपालिकाको तर्फबाट समेत केहि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    गाउँपालिका उपाध्यक्ष निरमायाँ तरामुले धर्म, सस्कार, सस्कृति र अनुशासनको खडेरी परेको यो समयमा आयोजना गरिएको सत्संग सहितको महायज्ञले समाजलाई सहि दिशातर्फ अगाडी बढाउन भुमिका खेल्ने दावी गर्नुभयो । सत्यवती गाउँपालिकाका सस्थापक अध्यक्ष पारिस्वर ढकालले धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्ने शास्त्रमै उल्लेख भएकाले शान्तीको स्थायित्व, सकारात्मक सोंचको बिकासका लागी यो यज्ञ कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो । ढकालले यस्तो पवित्र उद्धेस्य राखेर गर्न लागिएको यज्ञ सफल बनाउनु हामी सबैको साझा दायित्व हुने समेत बताउनुभयो ।

    कार्यक्रममा छत्रकोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष घनस्याम न्यौपाने, चन्द्रकोट गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष अनन्तराम भण्डारी, सत्यवती गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारीले यो ३ पालिकाको संगममा आयोजना हुने महायज्ञ भएकाले ३ वटै स्थानिय सरकारको साझा साथले मात्र यज्ञ सफल हुने भएकाले आफुहरु त्यसमा कृयाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा स्थानिय समाजसेवीहरु युवराज न्यौपाने, छविलाल भट्टराई, परशुराम भण्डारी, बिभिन्न बिध्यालयका शिक्षक, आमासमुह, स्थानिय क्लब, संघसस्थाका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।

  • नेकपा माओवादी केन्द्रले कालीगण्डकी करिडोरमा योगदान दिने ब्याक्तित्व लाई धन्यवाद  दिदै  सम्मान गर्यो

    नेकपा माओवादी केन्द्रले कालीगण्डकी करिडोरमा योगदान दिने ब्याक्तित्व लाई धन्यवाद दिदै सम्मान गर्यो

    चुरामणि तिमिल्सिना

    बैशाख   १९ रिडी

    गुल्मीको रिडीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कालीगण्डकी कोरिडोर राजमार्गनिर्माणर्थ महत्त्वपूर्ण पहल गर्ने अग्रजहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो। नेकपा माओवादी केन्द्र को आयोजना मा कार्यक्रम गरिएको हो। रिडीवरल्ला ,गुल्मी खण्डमा योग्दान दिनुहुने रुरु , सत्यवती र कालीगण्डकी गाउँपालिका गुल्मीका अग्रजहरुलाइ सम्मान कार्यक्रम गरिएको हो। रुरुमा

    भएको सम्मान कार्यक्रममा योजना आयोगका पुर्व सदस्य सचिव युवराज भुसाल ,उपभोक्ता समितिका अध्यक्ष ओम प्रसाद न्यौपाने , पुर्व सामाजिक बिकास मन्त्री सुदर्शन बराल लगायत लाई सम्मान गरिएको थियो। नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य तथा रुरु गाउँपालिका गुल्मी अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको थियो। यस्तै प्रमुख अतिथि सम्मानित ब्यक्तित्व युवराज भुसाल रहनु भएको थियो । यस्तै विशिष्ट अतिथिमा जिल्ला समन्वय समिती गुल्मीका उपप्रमुख तेजिन्द्र सलामी , कालीगण्डकी गाउँपालिका गुल्मीकी उपाध्यक्ष मन्जु कुमारी दर्लामी , प्रदेश कमिटि सदस्य तथा पालिका इन्चार्ज, रामलाल बिक यस्तै असोक श्रेष्ठ पाटि प्रेमीहरुको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा आफ्ना भनाइ राख्दै सदस्य सचिव भुसालले धार्मिक पर्यटन को इतिहास बिकास पहल भैइरहेका कार्यहरु भौतिक सम्रचना सडक उन्नति तथा आफु कार्यालयमा रहदा भएका कार्यहरुको चर्चा गर्दै आगामी दिन्हरुमा पनि सडक तथा पुर्वधार निर्माण गर्न केन्द्र तथा योजना आयोगमा निरन्तर धाइराख्ने प्रतिबद्धता जायर गर्दै बाकि कालीगण्डकी करिडोरको कार्य तीब्र रुपमा सन्चान गर्न आयोगको ध्यानाकर्षण गराउने प्रतिबद्धता जायर गर्नु भयो ।
    यस्तै मन्त्री बरालले हरेक गतिविधि गर्दा पाटिगत रुपमा नगरी समाजलाई प्रत्यक्ष फाइदा पुग्ने गरि आफुहरुले गरिएको र यसरी गरिरहदा पनि अन्य पाटिहरुले भने बाहिर कुरा काट्ने प्रबृत्ति बढिरहेको बताउनु भयो। उहाँ थप्दै भनु भयो यो धार्मिक क्षेत्रमा अध्याधिक मात्रामा पर्यटको संख्यामा वृद्धि भएकोले विभिन्न सेवा र सुबिधा पनि थप गर्न राज्य स्थानीय तह तथा केन्द्र सरकार निरन्तर लाग्न आग्रह गर्दै रुरुलाइ अगाडी बढाउन आफ्नो पहुचले भेटाए सम्म योग्दान गर्ने बताउनु भयो।


    समापन सत्रमा आफ्ना भनाइ राख्दै अध्यक्ष ज्ञवाली ले बिकास गतिशील रुपमा अगाडी बढिरहेकोले केहि हद सम्म भएपनि ग्रामीण भेग बाट बसाइ सराइमा कमि भएको , धार्मिक पर्यटन कृषि मा राज्य र स्थानीय सरकार ले काम गरेको अनुभुती दियको सडक , बिकासका पुर्वधार, स्वास्थ , शिक्षा लगयतले चम्किलो पन प्राप्त गरिरहेको बताउनु भयो। कार्यक्रम गुल्मीका विभिन्न स्थानमा सम्पन्न भएका छन कार्यक्रममा विभिन्न  पालिकाका पाटिका सदस्यहरुको उपस्थिति  रहेको थियो ।कार्यक्रम को सहजीकरण  जितु तरामुले गर्नु भएको  थियो।

  • नयाँ  वर्ष २०८२ सालको रुरु धार्मिक  सेवा संचार   प्रा लि को भित्ते पात्रो बिमोचन

    नयाँ वर्ष २०८२ सालको रुरु धार्मिक सेवा संचार प्रा लि को भित्ते पात्रो बिमोचन

    चुरामणि तिमिल्सिना  बैशाख  ७  रिडी

    धार्मिक स्थलहरूलाई संरक्षण गरौं पर्यटन आगमनमा वृद्धि गरौं भन्ने मूल नाराका साथ रुरु क्षेत्र धाम रिडीमा २०७१ साल वैशाख महिनाको २६ गते स्थापना भएको रुरु धार्मिक सेवा संञ्चार प्राइभेट लिमिटेड रुरु धाम रिडीले विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ।

    २०८२सालको पावन अवसर पारेर रुरु धार्मिक भित्तेपात्रो विमोचन कार्यक्रम हृषिकेश मन्दिरमा सम्पन्न गरेको छ। मन्दिर परिसर निवासी जेष्ठ नागरिक मन्दिरका पुजारी सुरक्षा निकाय सम्पादक टिमहरू लगायतको कर-कमलबाट २०८२ सालको धार्मिक सेवा भित्तेपात्रो विमोचन कार्य सम्पन्न गरिएको हो। स्थापना कालदेखि नै रुरु धार्मिक सेवा सञ्चार प्राइभेट लिमिटेड रिडीले नियमित रुपमा पात्रो विमोचन गर्दै आइरहेको छ। पात्रोमा विभिन्न सूचना समाचार विज्ञापन तथा आपत्कालीन टेलिफोन नम्बर समेत राखिएको छ। गाउँ टोल छरछिमेकमा आपतकालीन समयमा भने सम्पर्क नम्बर खोज्दा नपाइने हुँदा यही पात्रोलाई प्रयोग गरेर धेरै भक्तहरुले सम्पर्कमा आएको स्थानीयहरु समेत बताउने गर्नुहुन्छ। यस क्षेत्रमा विभिन्न रचनात्मक गरेको यस संस्थाले छोटो समयमै क्षेत्रको पहिचान मा समेत टेवा पुर्‍याइरहेको छ।

    समारोहमा बहालवाला पूजारी बद्रीप्रसाद भट्टराईले यस पात्र विमोचन गर्दै यस्ता रचनात्मक कार्य गरेको यस प्राइभेट लिमिटेडलाई शुभकामना तथा धन्यवाद व्यक्त गर्नुभयो। यस्तै सम्पादक टिमका खुमप्रसाद मरासिनीले यस क्षेत्रको पहिचान र पर्यटन प्रवर्धनका निम्ति यस संस्थाले पुर्याएको योगदानको समेत कदर गर्दै आगामी दिनमा समेत यस्ता रचनात्मक कार्यक्रम गर्न सल्लाह र सुझाव प्रदान गर्नुभयो।

  • अर्गली स्वास्थ्य चौकीमा प्रतिमा अनावरण, स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक सम्मान

    अर्गली स्वास्थ्य चौकीमा प्रतिमा अनावरण, स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक सम्मान

    भुवन भुसाल, पाल्पा । पाल्पाको अर्गली स्वास्थ्य चौकीमा स्वर्गिय पुस्करनाथ भट्राई, स्वर्गिय हरिकला र स्वर्गिय भिमकला भट्राईको स्मृतिमा निर्मित प्रतिमा अनावरण गरिएको छ । सोहि अवसरमा बिशेषज्ञ डाक्टरहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण र ज्येष्ठ नागरिक सम्मान समेत गरिएको छ ।

     

    अर्गली स्वास्थ्य चौकि निर्माणका लागी जग्गा दान गर्नुभएका भट्टराई परिवारले आफ्ना दिवंगत हुनुभएका मातापिताको शालिक निर्माण गरि शुक्रबार अनावरण गरिएको हो । शालिक अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथी १००८ स्वामी विबेकानन्द सरस्वती जि महाराजले जिवनपर्यन्त समेत जिवित रहनका निम्ती समाजका निम्ती केहि गर्नुपर्छ भन्ने उदाहरण भट्टराई परिवारले प्रस्तुत गरेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले गृहस्थ जिवन बाँचेका मानिसमा ३ स अनिवार्य हुने र त्यो सन्तान, सम्पत्ती र संस्कार भएको भन्दै केहि समय जिवन उपयोगी सत्संग समेत गराउनुभएको थियो ।

    प्रतिनिधी सभा सदस्य ठाकुर गैरेले अर्गलीको महत्वपुर्ण स्थानको जग्गा स्वास्थ्य चौकीलाई दिएर भट्टराई परिवारले सुसन्देश छरेको भन्दै मुक्त कण्ठले प्रसंसा गर्नुभएको थियो । कार्यक्रममा स्यांग्जा कालिगण्डकी गाउँपालिका उपाध्यक्ष साबित्रा कोईराला, गुल्मी छत्रकोट गाउँपालिकाका सस्थापक अध्यक्ष मधुकृष्ण पन्थ, तानसेन नगरपालिका वडा नं १४ का वडा अध्यक्ष शोभाखर भट्टराई, स्थानिय समाजसेवी दुर्गादत्त रेग्मी लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै परशुराम भट्टराईले आफुहरुले आफ्ना माता पिताहरुले देखाएको मार्गमा हिड्न र समाजलाई संदेश दिनका लागी समेत जग्गा दान गरेको बताउनुभयो । समारोहका अध्यक्ष रुक्मांगत भट्टराईले कार्यक्रमलाई सफल बनाउन उपस्थित सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

     

    १९७२ साल बैशाख ५ गते जन्मनुभएका पुस्करनाथ भट्टराईको ९२ वर्षको उमेरमा निधन भएको थियो । उहाँ अध्यात्मिक चिन्तनका साथै सामाजिक काममा रुचि राख्ने व्यक्ति भएको कार्यक्रमका वक्ताहरुले बताउनुभएको थियो । स्वास्थ्य चौकी भवनका लागी उहाँको नाममा २ रोपनी भन्दा बढि जग्गा दान गरिएको छ ।

  • मिर्मीमा पुनः चोरी व्यवसायीको पसलबाट ७ तोला सुन र नगद ८ हजार लुटियो,स्थानीय त्रसित

    मिर्मीमा पुनः चोरी व्यवसायीको पसलबाट ७ तोला सुन र नगद ८ हजार लुटियो,स्थानीय त्रसित

    मिर्मीमा पुनः चोरी व्यवसायीको पसलबाट ७ तोला सुन र नगद ८ हजार लुटियो,स्थानीय त्रसित

    हेलो  बिर्घा   — स्याङ्जा जिल्लाको मिर्मी फाँटस्थित बलबहादुर सुनारको “अंकित अन्जित फेन्सी पसल” र घरमा गए राति करिब २:३० बजे अज्ञात समूहले चोरी गरेका छन्। चोरहरूले पसलबाट करिब ७ तोला सुनका गहना र नगद ८ हजार रुपैयाँ चोरी गरेका छन्। चोरीपछि चोरहरू फरार भएका छन्।

    घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी विर्घाको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनास्थलको निरीक्षण गर्दै आवश्यक प्रमाण संकलन गरिरहेको छ।

    यो घटना वैशाख १ गते राति भएको चोरीपछि मिर्मी क्षेत्रमा पुनः दोहोरिएको चोरी हो। त्यसपछि, वैशाख ३ गते राति गल्याङ नगरपालिका–५ जोगीमारामा पूर्व वडा अध्यक्ष स्व. विष्णु क्षेत्रीको घरमा पनि तोडफोड र लुटपाटको प्रयास भएको थियो।

    लगातार यस्ता घटनाहरूले स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ। स्थानीय व्यवसायीहरू र बासिन्दाहरूले रातिको समयमा सुरक्षा गस्ती बढाउन माग गरेका छन्। यस घटनाले स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्थाप्रति चिन्ता बढाएको छ।

  • रेन्वो इङलिस बोर्डिङ स्कूल रुरुक्षेत्र ४ ले मनायो ३२ औं  जन्म  उत्सव समारोह

    रेन्वो इङलिस बोर्डिङ स्कूल रुरुक्षेत्र ४ ले मनायो ३२ औं जन्म उत्सव समारोह

    चुरामणि तिमिल्सिना चैत्र३०   इङलिस बोर्डिङ स्कूल रुरुक्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सार गुल्मीले आफ्नो स्थापना कालको ३२ औं जन्मजयन्ती तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ ।बोर्डिङ स्कूलले अभिभावक दिवस समारोहको अवसर पारेर नतिजा प्रकाशन, पुरस्कार वितरण, अभिभावक सम्मान, पुरस्कार वितरण, शैक्षिक क्यालेन्डर समेत बिमोचन गरेको हो

    ।शिक्षा विकास समन्वय ईकाइ गुल्मीका इकाई प्रमुख ठानेस्वर घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका गुल्मीकी कार्यपालिका सदस्य राजकुमारी शाही, समन्वय इकाई प्राविधिक राम प्रसाद पन्थि , समाजसेवी चक्रपाणि गौतम , प्याब्सन गुल्मीका अध्यक्ष ओम टन्डनको विशिष्ट आतिथ्यता रहेको थियो।
    कार्यक्रममा विद्यार्थीहरुले स्वागत मन्तव्य समेत राख्दै कार्यक्रममाथि प्रकाश पारेका थिए

    । समारोहमा विद्यालयका प्रधानाध्यापक योजन के.सीले विद्यालय स्थापना कालदेखि हाल सम्मका विद्यार्थीको उत्पादन यसले गरेका उपलब्धी भावि योजनाका विषयमा समेत प्रस्ट पार्नुभएको थियो। यस्तै वर्ष दिनभरी विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा बिजेता बनेका बिद्यार्थीहरुलाई पुरस्कार मेडल प्रमाणपत्र तथा नगद समेत प्रदान गरेको हो। कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रमुख अतिथि इकाई प्रमुख घिमिरेले निजी क्षेत्रको शिक्षा क्षेत्रले जिल्लामा राम्रो नतिजा ल्याइ हरेक बिधामा अब्बल रहदा जिल्लाकै नाम राखेर अगाडी बढेको देख्दा खुसी ब्यक्त गर्दै बिधालय लाई धन्यवाद दिदै आउँदा दिनहरुमा पनि थप सफलताको शुभकामना व्यक्त गर्नुभयो।
    विद्यालयले हरेक वर्ष प्रदान गर्ने अभिभावक पुरस्कार यस वर्ष खिम क्षेत्री र मुना बराल लाई प्रदान प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षकहरुहरुले नतिजा सार्वजनिक समेत गर्नुभएको थियो। कार्यक्रममा बिचबिचमा बिद्यार्थी लाई पुरस्कार बितरण साथै बिद्यार्थीले विभिन्न पतिभाहरु प्रस्तुत समेत गरेका थिए। कार्यक्रमको अध्यक्ष  यम बहादुर केसीको रहेको थियो।

  • गुल्मीको  सत्यवती गाउँपालिका  जनता  मा .वि  मा व्यावसायिक योजना  सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

    गुल्मीको सत्यवती गाउँपालिका जनता मा .वि मा व्यावसायिक योजना सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

    चुरामणि  तिमिल्सिना    चैत्र   २८

    गुल्मीको सत्यवती गाउँपालिका वडा न १ अस्लेवा चौर जनता माध्यमिक बिद्यालयको सभाहलमा स्थानीय व्यावसायिकहरूलाई योजना तयारी ऋण प्राप्ति सम्बन्धि एक दिने प्रशिक्षण तथा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।
    घरेलुु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना सत्यवती गाउँपालिका गुल्मी र कुमारी बैंक शाखा कार्यालय रिडी गुल्मीको समन्वय मा कार्यक्रम गरिएको हो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख राजिव अर्यालको अध्यक्षता रहेको कार्यक्रममा सत्यवती गाउँपालिका गुल्मीका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यतामा रहेको थियो। यस्तै कार्यक्रममा उपाध्यक्ष निरमाया तरामु मगर ,प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल , यस्तै वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा कुमारी बैंक रिडी शाखा गुल्मीका शाखा प्रबन्धक भिष्म ज्ञवाली र घरेलुुका सहजकर्ता त्रिबिक्रम ज्ञवालीले फरक फरक बिषयमा सहजीकरण गर्नु भएको थियो ।
    कुमारीका प्रबन्धक ज्ञवालीले ऋण प्राप्त गर्ने तौर तरिका यस्का फाइदा बेफाइदा बैंकको ब्याज दर बिमाका विषयबस्तु ढिला सावा ब्याज ,भुक्तानीका फाइदा बेफाइदाका विषयहरुमा प्रशिक्षण गर्नु भएको थियो । यस्तै सहजकर्ता ज्ञवालीले उद्यमीहरुलाई ब्यवसायिक बनाउने तरिका घरेलुमा दर्ताका विषयवस्तु उद्यमीलाई घरेलुको सहयोग जस्ता महत्त्वपूर्ण बिषयहरुमा प्रकाश पार्नुभएको थियो।
    यस्तै कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पाण्डेले कृषकहरुलाई सटर उपलब्ध गराएको , कृषकलाई हरेक क्षेत्रमा बित्तिय सेवा सुबिधा उपलब्ध गराएको बताउन भयो । कार्यक्रममा सहभागीहरुले आफ्नाआफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

  • नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै, पाल्पामा यही वैशाख २ गतेबाट सुरु हुने

    नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै, पाल्पामा यही वैशाख २ गतेबाट सुरु हुने

    नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै, पाल्पामा यही वैशाख २ गतेबाट सुरु हुने
    चुरामणि  तिमिल्सिना  पाल्पा, चैत्र २६ ।

    नेपाली सेनाले तेस्रो ऐतिहासिक ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ ।
    नेपाली सेना, स्थानीय तह र नागरिकको समन्वयमा यही चैत्र २८ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको दि फेमस महेन्द्र दल गणले जनाएको छ । गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै पाल्पाको रामपुर यही वैशाख २ गते आइ पुग्ने र पाल्पाको टोलीले रुपन्देहीलाई हस्तान्त्रण गरेपछि जितगढी पुगेर समापन हुने गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङ्गले जानकारी दिनुभयो । यात्राले गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वद्र्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा सुरु गरेको थियो । श्री २२ नंम्बर बाहिनी अड्डा बुटवलका बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले लुम्बिनी प्रदेशका पाल्पा र रुपन्देही जिल्लामा तैनाथ नेपाली सेनाका युनिटहरुले तेस्रो ऐतिहासिक गोरखा जितगढी पदयात्रा तथा रुपन्देहीको बुटवल स्थित जितगढीमा हुने बिजय उत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न स्थानिय सरकारका साथै सरोकारवाला निकायहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । बाहिनीपति सहायक रथी खड्काले यस अघि दुई पटक भइसेको पदयात्राले सैनिक नागरिक सम्बन्धलाई सुमधुर र बलियो बनाउन सहयोग पुगेको देखिएकोले यस पटक पनि हुने पदायात्राले नयाँ पुस्तालाई नेपाली सेनाको ऐतिहासिकता र सेनासँग जोडिएका महत्वपुर्ण सम्पदाको बारे थाहा पाउन सहयोग पुग्ने बताउनुभयो ।
    यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका ५३ जनाको टोली सहभागी हुनेछन्। । गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पदयात्राका संयोजक सेनानी जित बहादुर कार्कीले जानकारी दिनुभयो । नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन वैशाख ७ गते लाई विजय उत्सवको रूपमा मनाउँदै आइएको छ ।
    नेपाल अङ्ग्रेज युद्धको क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइमा विजय प्राप्त गरेको दिनलाई वर्तमान समयमा स्मरणीय बनाउन नेपाल सेना र बुटवल उपमहानरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाउँदै आएको छ ।

    पदयात्रमा नेपाली सेन, स्थानि, सम्बन्धीत पालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा पञ्चेबाजा, नेपाली सेनाको ब्यान्डमा नाच्दै गाउँदै भव्य रुपमा उत्सव गरि मनाउँदै आईएको छ । जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अङ्ग्रेज सेना फिर्ता भएका इतिहासका जानकार बताउँछन । नेपाली सेनाले सैनिक नागरिक सम्बन्धको सुमधुर सम्बन्धलाई कायम गरि थप विस्तार गर्न पदयात्राले सहयोग पुग्ने भएकोले पायक पर्ने ठाउँहरुमा सेनासँगै पदयात्रा कार्यक्रममा सहभागी हुन,स्थानिय नागरिक, समुदाय, टोलक विकास संस्था, विद्यालय अन्य संघसंस्थालाई आग्रह समेत गरेको छ । तत्काली समयमा राज्य एकिकरणको क्रमम प्रयोग भएका सम्पादहरु गण, किल्ला, मार्ग देखि नेपाल–अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्ता माझ पुर्नताजगी गराउन पदयात्राले सहयोग पुग्ने अपेक्षा सरोकारवालले गरेका छन । आजको अन्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, जिल्ला स्थित नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि एवं प्रतिनिधि, जिल्ला स्थित चार वटै सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीको सहभागिता रहेको थियो । ०००।

  • अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

    अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

    अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

    अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

    जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।